नौ जना बसेपछि जे गनि गर्न पाइन्छ ?
अष्टलक्ष्मी शाक्य स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी० उपनिर्वाचनको परिणामले त नेकपाको लोकप्रियता घटेको देखिन्छ, ३ नं प्रदेशको भक्तपुर पनि गुम्यो, यसलाई कसरी लिनुभएको छ ?
यो उपनिर्वाचनको समग्र परिणाम हेर्ने हो भने नेकपाको पहिलेको स्थितिबाट घटेको र सरकालाई खासै असर पारेको भन्ने होइन । किनकी हामी पहिले हारेको ठाँउमा पनि अहिले जितेका छौं । त्यसैले हामीले यसलाई समग्र रुपबाट हेर्नुपर्छ । हारेको ठाँउको मात्र मुल्याङ्कन गरेर हुँदैन । त्यसरी हेर्दा नेकपा आत्तिहाल्नु पर्दैन । सबै ठाँउमा जित्न पाएको भए त राम्रै हुन्थ्यो । त्यो संभव भएन ।
० तर ३ नं प्रदेशको भक्तपुर जुन पहिले जितेको स्थान पनि गुम्यो त ?
हामीले समग्र मुल्याङ्कन सहित छलफल गरिरहँदा भक्तपुर हामीले जित्छौं नै भन्ने आँकलन थियो । तर सुरुवाती दिनमा उमेद्वार छनौटमै सचिवालयले निर्णय गरिरहँदा केही असन्तुष्टीहरु व्यक्ति भयो । यसले केही नकारात्मक शन्देश गयो । दोस्रो कारण भनेको अन्तिम अवस्थामा आएर नेमकिपा , राप्रपा लगायत अन्य सबै शक्ति एक ठाँउमा हामी विरुद्ध आइदियो ।
० उमेद्वार चयनमा स्थानीयलाई प्राथमिकता नदिएर बाहिरकोलाई टिकट दिइयो भन्ने गुनासो रहेछ नी ?
भक्तपुरमा हामीले तलबाटै छानोट गर्न दिइएको हो । तलबाट ३ जनाको आएको थियो । हामीले प्रदेशका तर्फबाट महिला पनि चाहिने भएकाले एकजना महिलाको नाम थपेर ४ जनाको पठाइदिएका थियौं । माथील्ला नेताहरुलाई स्थिरिको बारे जानकारी दिइसकेका थियौं । पहिले तत्कालिन एमालेले जितिरहेको ठाँउ हो, अहिले त झनै नेकपा भइसकेपछि झनै जित्नुपर्छ भनेर भनेका थियौं । उहाँहरुले पनि शायद टिकट दिने कुरा छलफलै गरेर नै टुङ्ग्याउनुभएको होला । उमेद्वारकोे सवालमा त हारिसकेपछि यस्तो उस्तो भन्नु भन्दा पनि कम्तिमा पनि अलि फराकिलो र समग्र छलफल गरेर अगाडि बढेको भए अलि राम्रो हुन्थ्यो । तलतिर अलि गहन ढंगले सल्लाह गर्ने चलन पनि अचेल टुटेको छ । माथिबाट जे विश्लेषण गर्न मन लाग्यो त्यही गर्ने, तलका प्रदेश र स्थानीयलाई के हो त ? भने सोधपुछ नगर्ने गरियो । अलि सरसल्लाह गरेको भए परिणाम अर्को आउन पनि सक्थ्यो होला ।
० सरकारको घट्दो लोकप्रियता उपचुनावको परिणमले संकेत गरेको भन्छन् नी ?
मलाई त्यस्तो लाग्दैन । हामीले त्यसरी हेर्न पनि हुँदैन । तल तल सम्म पार्टी निर्माणको क्रममा एउटै पार्र्टी बनाउने सवालमा अझै प्रभावकारी ढंगले जान नसकेको भने पक्कै हो । बाँकी त कमिटी नै बनेको छैन । त्यो ढंगले तयारीहरु गर्न नसकेको, भावनाहरु जोड्न नसकेको भने केही सत्य हो । यदी पार्टी सुचारु रुपबाट व्यवस्थित ढंगले चलायमान बन्न सकेको भए बेग्लै परिणाम पनि आँउथ्यो होला । ३नं प्रदेशमा नै हेर्ने हो भने स्थानीय तहमा संगठन एकिकरणको काम अझै बाँकी छ ।
० भनेपछि लामो समय संगठन निस्क्रीयताको परिणाम ?
कमिटी निश्क्रीय पनि रह्यो । अर्को कुरा कमिटी निर्माणमा पनि हामी जान सकिरहेका थिएनौं । त्यसले गर्दा पार्टी पङंतिलाई जसरी परिचालित गर्नुपर्ने हो, जसरी कमिटी निर्माण गरेर योजनावद्ध ढंगले लानुपर्ने हो, त्यसरी काम हुन नसकेकै हो ।
० अब अध्यक्षद्धयको अलग अलग कार्यविभाजन भएको छ, काममा केही गति आउला त ?
गति नआइ त सुखै छैन । गति आउनै पर्छ । हामीले लामो समयदेखि नै भनिराखेको हो की दुइवटा अध्यक्ष भइसकेपछि सबैलाई चलायमान बनाउनका लागि कामको जिम्मेवारी महत्वपुर्ण हुन्छ । संगठनात्मक क्षेत्रमा, परिचालनको क्षेत्रमा काम विभाजन भन्ने कुरा अत्यन्तै महत्वपुर्ण हो । लामो समय हामी यो काममा चुक्यौं । पछि आएर बल्ल बल्ल एक व्यक्ति एक पदको कुरा आयो । अहिले पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएको अवस्थामा पनि हुनुहुन्छ । उहाँलाई नै यतिबेला सबै जिम्मेवारी दिएर गर्न सक्ने स्थिति पनि त छैन नि । यही कारणहरुले पार्टी निश्क्रीय बन्ने, नोक्सान हुने स्थिति अवश्य बन्छ । त्यही बुझेर सचिवालयले अर्को अध्यक्षलाई पार्टीको समग्र जिम्म र र्को अध्यक्षले सरकार हेर्ने भनेर ताकेको छ । त्यो सकारात्मक नै भएको छ । यही स्पिरिटमा पार्टी अब अगाडि बढ्नुपर्छ । सचिवालय खासमा कमिटी नै होइन । मुल कमिटी भनेको त स्थायी कमिटी, केन्द्रीय कमिटी हो । त्यसका बैठकहरु ठप्प भइरहखेको छ । चलायमान पटक्कै छैन । सम्पुर्ण शक्ति निश्क्रीय अवस्थामा पुगिसकेको जस्तो देखिनछ । यत्रो पार्टी छ, तर स्थायी समिती सदस्यले हाम्रो जिम्मेवारी के भनेर खोज्नुपर्ने ? केन्द्रीय कमिटी बैठक जम्मा एक चोटी भयो । सबै कुरा सचिवालयको तजविजमा गरिएको छ । ९ जना बसेपछि सवैथोक गर्न सकिन्छ जस्तो । सिस्टम त्यो होइन । सिङ्गो पार्टी परिचालनमा, निर्माणमा त्यस्तो तरिका हुँदै होइन, हुनु पनि हुन्न ।
० भनेपछि अब अध्यक्ष प्रचण्डले कमिटीका बैठकहरु डाकेर अब सबै रोकिएका काम अघि बढाउनु ठिक हुन्छ ?
मेरो त एकदम प्रश्ट कुरा के छ भने उहाँले अब सुरु गरिहाल्नुपर्छ । अस्ति उपनिर्वाचनका कारणले गर्दा उहाँ पनि विभिन्न सभामा ठाँउ ठाँउमा पुग्नुप¥योे । त्यो अब सकियो । अब उहाँको महत्वपुर्ण काम भनेको बैठक डाक्ने नै हो । स्थायी कमिटीको बैठक, केन्द्रीय कमिटीको बैठक डाकेर बाँकी एकिकरणका कामलाई पुर्णता दिने र चलायमान बनाउने उहाँको काम हो ।
० तर प्रधानमनत्री केपी ओलीले सिनियर अध्यक्ष मै हुँ, कार्यकारी आफैं नै हो भन्ने आशयले अन्तरवार्ता दिे पनि एक खालको तरंग ल्याएको छ नी ?
बाहिर आएका कुराहरुलाई म बाहिरी हल्लाका रुपमा मात्रै लिन्छु । अनेको टिका टिप्पणीहरु आउन सक्छ । तर हामीले दुबै जना अध्यक्षलाई आदर गरेका छौं । सहमतिका साथै संयुक्त रुपमा दुइजना अध्यक्ष भएकै हो । यत्रो पार्टी चलायमान बनाउनका लागि सबैको जिम्मेवारी अत्यन्तै प्रश्ट हुनुपर्छ । तव मात्र यत्रो ठुलो शक्तिलाई परिचालन गर्न सकिन्छ । त्यसमा लागि दुबै अध्यक्ष एउटा समझदारीका साथ चल्नुपर्छ । केपी कमरेड स्वास्थ्यका कारण पनि उपचारमा बढी केन्द्रीत हुनुपर्ने अवस्था छ, त्यसो भएकाले उहाँले आफ्नो सुझाव दिन सक्नुहुन्छ । सक्दा बैठकमा बस्नु भयो भने पनि राम्रो । उहाँले नै अध्यक्ष प्रभण्डलाई बैठक बोलाउनुस् भन्न सक्नुपर्छ । जसरी होस्, कामलाई अगाडि बढाउनु पर्छ । निस्क्रीय बनाउनु हुँदैन, रोक्नु हुँदैन ।
० पुर्व एमालेमा उपाध्यक्ष रहेका वामदेव गौतमलाई चिवालय बैठकले उपाध्यक्षको प्रस्ताव गर्दा तत्कालिन उपाध्यक्ष सबैलाई सचिवालयमा ल्याउनुपर्छ भन्ने कुरा उठेको थियो, पछि त्यत्तिकै सेलायो नी ?
त्यहाँ भित्र के के कुरा भयो, त्यो त हामीलाई पनि थाहा हुने कुरा भएन । तर एकत उपाध्यक्ष भन्ने पद विधानमा नै छैन । हामी वामदेव कमरेड लगायत, भिम रावल, युवराज ज्ञवाली र म चुनावबाटै जितेर आएका हौं । तर एकिकरणको दौरानमा त्याग गरेकै हो । त्यो ठुलो कुरा भएन । नेकपा बन्ने कुरा ठुलो हो, हाम्रो पद गौण हो भनेर हामीले ठुलो कम्युनिष्ट पार्टी बन्ने लालशामा आफ्नो पुरानो पद छोडेको हो । कतिपय कुरा त विधानमै नभएको काम पनि राजीतिक समझदारीमा भइरहेको पनि पाइन्छ । यही कुरा पनि सचिवालयले मात्र गर्नै सक्दैन । वामदेव कमरेड उपाध्यक्ष राखिनुपर्छ भनिरहँदा युवराज, अष्ट र भीम रावल किन नहुने भनेर नेता कार्यकर्ताले त प्रश्न उठाएका छन् नी । अर्को कुरा ९ जना पुरुष नै पुरुष भयो, यसले लैङिगक सन्तुलन भएन भनेर कुरा त उठिरहेकै छ नी । त्यसलाई आधार बनाएर केही महिला सदस्य बनाउन नसकिने होइन । त्यतातिर त उहाँहरुको सोच नै भएन ।
किन होला सोच नगएको ?
यति बेला पनि एउटा जेन्डर मात्र बस्नुपर्छ , एउटा पक्ष मात्र बसेर उनीहरुले सम्पुर्ण कुरा हाँक्न सक्छन् भनिरहँदा हाँसो पात्र बनिन्छ । एक तिहाइ महिला सबै निमायमा चाहिन्छ भनेर संविधानले नै भनिरहेको छ तर कार्यान्वयन हुँदैन । यसको मुल कारण पित्रृ सत्ता , सामन्तवादी सोच इत्यादी हो । महिला पार्टी निर्माण र पार्टी विकासको महत्वपुर्ण अंग हो, उहाहरुलाई समान ढंगले संगसैगैं लिएर जानुपर्छ भन्ने भन्ने धारणा विकास हुन सकेको छैन ।
० सरकारको काम कारवाहीको कस्तो समिक्षा गर्नुहुन्छ ?
सरकारले पनि आफ्नो कामको मुल्याङ्कन गर्ने बेला आएको छ । झण्डै दुइ वर्ष नाघिसक्यो । प्रभावकरी रह्यो की रहेन, जनअपेक्षा अनुसार काम गर्न सकियो कि सकिएन, समृद्धि र विकासको नारा लगाइरहँदा त्यो अनुसार काम गर्न सक्यौं की सकेनौं भनेर स्वय् सरकारले आफैं पनि समिक्षा गर्नुपर्छ । यो कुराको पार्टीको संस्थागत तहले पनि वस्तुनिष्ठ समिक्षा गर्नुपर्छ । धेरै आलोचना भएपछि उतिबेलै पार्टीको बैठक डाकेर सरकारको कामको छुट्टै समिक्षा गरिनुपर्छ भनेर माग राखिएकै हो । सत्तामा नबसेकाहरुको सरकारका बारेमा कुनै विचार र ध्यान अनि धारणा नै हुँदैन भन्ने त होइन । यो चिन्ता त पार्टीकै चिन्ता हो । बैठक नै नबसेपछि सबै कुरा सिद्धियो न । यो बेला पनि हामले अब सरकारको खुलेर छलफल गरौं, सरकार प्रभावकारी बनाउनै पर्छ भनेका थियौं ।
० पछिल्लो मन्त्रीमण्डल हेरफेरबारे के भन्नुहुन्छ ?
कार्यसम्पादन मुल्याङ्कन नै कस्तो बन्यो भनेर त्यहाबाट समिक्षाको थालन गरिनुपर्छ । आफ्नो अनुकुल कार्य सम्पादन मुल्ङ्याङ्कन गरियो कि साँँचै न्यायोचि भयो की के हो ? जनताले राम्रो ढंगले काम गरिरहेका भनेर स्वावासी दिएकाहरु हटेका छन् भने केही यथावतै रहेका छन् । सही आधारले कार्यसम्पादन मुल्याङ्कन भएन नी भन्ने ज्वलन्त प्रश्न उठेको छ । ज्स्तो गोकर्णजीको बारेमा के भएको भनेर धेरै मिडीयाहरुले सोध्यो हामीलाई । गरेकै छ, गर्न खोजेकै छ, के भएको भन्छन् आम कार्यकर्ताहरु, हामीले के जवाफ दिने ? हटाउने सुचिमा नपरेका कमरेडहरुको काय सम्पादन भएन भने बाहिरबाट कडा टिप्पणीहरु पनि उठेको छ । भन्नदा तितो लाग्ला तर म भन्छु हाम्रो दिमाग अब गुटबन्दीबाट ठ्याक्कै मुक्त हुनुपर्छ । अब पनि संकिर्ण विचारबाट, गुटवन्दीको सोचबाट,शैलीबाट चल्ने हो भने यत्रो पार्टीलाई सिङ्गो रुपबाट परिचालन हुन सक्दैन । तर अहिले पनि त्यो संङकीर्णताबाट मुक्त हुन सकेको पाँइदैन । विचार कमजोर भयो भनौं भने हाम्रो नेतृृत्वको विचार कसरी कमजोर भयो भनौं । तर शैलिहरु अझै गुटवन्दीपुर्ण व्यवहारहरुबाट निर्देशित छ ।
० थपिँदा महिला मन्त्रीहरु नथपिएकोबारे के धारणा छ ?
यो पनि पुरुषबादी सोचबाटै बढी आवी भयो भन्ने लाग्छ । संविधानले हामीलाई एक तिहाई महिला सबै ठाँउमा पु¥याउनुपर्छ भन्छ । यो सबै राजनीतिक दलहरुले संयुक्त प्रतिवद्धता सहित संविधानमै भनेको कुरा हो । यसलाई पनि आत्म सात गर्न नसक्ने भनेपछि त नेतृत्वको सा्ेचाइहरु कति कमजोर रहेछ त ? एक त त्यहाँ महिलाको कोटा पुगेकै थिएन, अर्को त्यहाँ एउटा महिलालाई विदा दिइरहँदा अर्को महिलालाई ल्याउनुपर्ने होइन र ? एकजना महिलालाई विदा दिएर अर्को दुइजना थपिदएका भए के बिग्रन्थ्यो र ?
० प्रदेश सरकार र पार्टीबीच कत्तिको समन्वय छ ?
प्रयासमा छौं । पार्टीको ३ नं प्रदेश कमिटी बनिकेपछि हामीले बेला बेलामा बैठक डाक्ने गरेका छौं । मुख्य मन्त्री, मन्त्रीहरु सहितको दलको बैठक नियमित जसो डाकिरहँदा सुझाव सल्लाह दिएकै छौं । निर्देशनहरु दिएकै छौं ।
० कत्तिको सुन्नुभको छ त ?
सुन्नु चाँही भएके छ तर कार्यान्वयनमा समस्या छन् फेरी पनि कमिकमजोरीहरु छन् । पार्टीलाई पहिलो प्राथकिता दिएर काम भएको छैन । नियुक्तिकै कुराहरुमा पार्टीसंग सल्लाह हुँदैन । मनोमानी हुन्छ । आ आफ्नो ढंगले चल्न खोजे त किन पार्टी चाहिन्थ्यो र ।
० ३ नं प्रदेशको राजधानी कहिले र कहाँ तोक्छ ?
यो बारेमा अध्ययन भइसक्यो ।,संभावित ठाँउबारे पहिचान भएको छ । हामीले छिटौं गरौं भनेका छौं । धेरै गाह्रो भएको छ ।
मुख्यमन्त्रीले त कुनै हालतमा हेटौंटाबाट सिर्दैन भन्नुहुन्छ ?
राजधानी भनेको मुख्यमन्त्री वा मन्त्रीको कुरा होइन । यो कहाँ राखेपछि सबैलाई पायक हुन्छ भन्ने हेर्नुपर्छ । यसको भौगोलिक अवस्थिति तथा सबै कुरा हेरेर प्रदेश सभाले तोक्छ । एकजना कसैलाई अनुकुल भयो भन्दैमा त्यही जिल्लामा लानुपर्छ भन्ने कुरा होइन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply