म पनि पार्टी सभापतिमा उठ्न सक्छु
अर्जुननरसिंह केसी, नेता, नेपाली कांग्रेस० पार्टी सभापतिविरुद्ध संस्थापन पक्षइतरका जिल्ला सभापतिहरूको भेला किन बोलाउनुभएको हो ?
हामीले पार्टी सभापति वा संस्थापन पक्षइतर भनेर बोलाएका होइनौं । सबै जिल्ला सभापतिहरूलाई पछिल्लो परिस्थितिबारे छलफल गर्न बोलाएका हौं । तर, ४३ जिल्लाका सभापतिहरू कार्यक्रममा सहभागी भएरै हस्ताक्षर गरिसक्नुभएको छ भने अन्य ५÷६ जिल्लाका सभापतिहरू सम्पर्कमा रहनुभएको छ । आँउदैछु भन्नुभएको छ । सबै सभापतिहरूले पछिल्लोपटक गरिएको एकपक्षीय निर्णय सच्याउनुपर्छ र पार्टी सभापतिजी सच्चिएर अघि बढ्नुपर्छ भन्ने माग राखिरहनुभएको छ । कांग्रेसका संस्थापनइतर समूहका जिल्ला सभापतिले पार्टी नेतृत्वले विधानविपरीत निर्णय गरेको भन्दै मान्य नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, म, प्रकाशमान सिंहसहितका नेतासँगको छलफलमा उनीहरूले बहुमतका आधारमा पार्टी नेतृत्वले गरेको महाधिवेशनलगायत निर्णय मान्य नहुने बताएका हुन् । पार्टी केन्द्रीय समितिले बहुमतले गरेको निर्णय जिल्ला सभापतिहरूले अस्वीकार गरेका छन् । विधानभन्दा माथि कोही होइन । तर, एकपक्षले विधान मिचेर निर्णय ग¥यो । संस्थापन पक्षले बहुमतका आधारमा गरेका निर्णय जिल्ला सभापतिहरूले नमान्ने सन्देश दिइसके । अब कसरी अघि बढ्ने भन्ने कुरा अब तय गर्छौ ।
० बहुमतले गरेको निर्णयविरुद्ध प्रजातान्त्रिक पार्टीभित्र यसरी भीड जम्मा गरेर दखल दिन मिल्छ त ?
महाधिवेशनको मिति तोक्नेजस्तो महŒवपूर्ण र संवेदनशील विषयमा कांग्रेसको इतिहासमा कहिल्यै यसरी एकपक्षीय ढंगले तोकिएको थिएन । पुस ११ गते हाम्रो पक्षको बहिष्कारका बाबजुद, अहिले बैठक स्थगित गर्नुस् र अलि छलफल गरेर मात्रै निर्णयमा पुग्नुस् भनेर गरिएको आग्रह लत्याएर कांग्रेसको केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको मिति तोक्ने र विभाग गठन गर्ने निर्णय गरेको थियो । त्यो गम्भीर आपत्तिजनक छ । उक्त निर्णय अमान्य हुन्छ । कुनै पक्षको पर्याप्त बहुमत पुगेको संसद्मा त कुनै धारा तथा नियमहरू निलम्बन गर्न प्रतिपक्षको समेत सहमति लिनुपर्छ भने कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो गर्नु सुहाउने कुरा होइन । कांग्रेसको विधानमा केन्द्रीय समितिभन्दा ठूलो तथा सुझाव सल्लाह दिने निकाय जिल्ला सभापतिहरूको भेला नै हो ।
० गल्ती कहाँनेर कसले गरेको त ?
अहिलेको सन्दर्भमा संस्थापनकै गल्ती छ । नेपाली कांग्रेस जस्तो लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टी जहिले पनि विविधताका बीचमा एकताका साथ चल्नुपर्छ । त्यो उसको सबैभन्दा महŒवपूर्ण आधार हो । त्यहाँभित्र विचारमा विविधता हुन्छन् । त्यसको प्रक्रिया हुन्छ । त्यो निरन्तर रहन्छ पनि । त्यस्तो वैचारिक मन्थनद्वारा परिमार्जित गर्दै एउटा सत्यता अथवा पूर्णताको बाटोमा अगाडि बढ्न सक्नुको नाम नै लोकतन्त्र हो । लोकतन्त्रमा विविधताका बीचमा एकता भएजस्तै अरू फासिस्ट पार्टी वा कम्युनिस्ट पार्टीहरूमा चाहिँ एकरूपताको कुरा हुन्छ । एकरूपता र एकता अत्यन्त धेरै फरक कुरा हो । एकरूपतामा एउटै स्वरूप हुन्छ भने एकतामा विभिन्नता हुन्छ । विभिन्नताका बीचमा अभिन्नता र विविधताका बीचको एकता लोकतन्त्रमा हुन्छ । त्यसकारण, यहाँ सैद्धान्तिक विचार विनिमय गर्ने र विमर्श तथा आफ्ना दृष्टिकोणहरू प्रस्ट राख्ने कुरा कहीँ कुनै ढंगले पनि निषेध गर्नुहुन्न । किनभने, नेपाली कांग्रेसभित्रकै इतिहास हेर्नुभयो भने एउटै पार्टीमा फरकफरक धारण र दृष्टिकोण प्रस्ट देखिन्थ्यो । सुवर्ण शमशेर राजासँग मेलमिलापको लाइनमा हुनुहुन्थ्यो । बिपी कोइराला सशस्त्र संघर्षको लाइनमा हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई भने यी दुईवटै लाइन होइन, देशभित्रैबाट शान्तिपूर्ण आन्दोलनद्वारा नै प्रजातन्त्र स्थापित गर्नुपर्छ भन्नुहुन्थ्यो । यी तीनवटा विचारधारा समानान्तर रूपले गएका थिए । तर, पार्टीले समयसापेक्ष निर्णय ग¥यो र वास्तवमा भन्ने हो भने अहिंसात्मक लाइनले नै विजय प्राप्त ग¥यो । त्यतिमात्र होइन, एउटा बलियो पक्षले बहिष्कार गरेको बैठकबाट कहिल्यै महाधिवेशन मिति तय गरिएको इतिहास छैन यो । तुरुन्त सच्याउनुपर्छ ।
० आखिर तपाईंहरूले पनि छिटो महाधिवेशनको मिति तोक्न माग गर्दै आउनुभएकै हो, मिति तोकिसकियो, अब सबै मिलेर महाधिवेशनमै गए हुँदैन ?
हुन त हाम्रो माग पनि सक्दो छिटो महाधिवेशनको मिति तोकेर अघि बढौं भन्ने नै हो । ‘अर्ली’ महाधिवेशन हामीले पनि राख्दै आएको माग हो । तर अहिलेको सन्दर्भमा पहिले गरिएको निर्णयहरू सच्याउने तत्परता हुनुपर्छ । त्यसपछि मात्र अरू प्रक्रिया अघि बढ्न सक्छ । पार्टीभित्र एकपक्षीय ढंगले अघि बढ्ने कुरामा पुनर्विचार नगरिए त्यो महँगो पर्ने निश्चित छ ।
० देउवा पक्षले सर्वसत्तावाद नै लादेको हो त पार्टीभित्र ?
व्यक्तितर्फ केन्द्रितभन्दा पनि यो प्रवृत्तिको कुरा हो । हामीले लामो समयदेखि व्यक्ति केन्द्रित मनोमानीविरुद्ध लड्दै आएका छौं । आवाज उठाउँदै आएका छौं । कांग्रेसजस्तो पार्टी कुनै व्यक्तिको बपौती पनि होइन । यो ती तमाम संस्थापक नेताहरू, राणाशाहीदेखि पञ्चायतसँग लड्न तम्सने र प्राणको आहूति दिने महान् सहिदहरूको रगत–पसिना र मेहनतबाट सिर्जित र बलियो हुँदै आएको पार्टी हो । तसर्थ, यहाँ भएका सबै एक पक्षीय कार्यशैली र निर्णय अन्त्य हुनुपर्छ ।
० पार्टीभित्र त्यसो भए अधिनायकवादविरुद्धै पो लड्नुपरिरहेको छ ?
हो, हामी एकातिर मुलुकमा कम्युनिस्टहरूके एकदलीय सर्वसत्तावादको अभ्यास बेहोरिरहेका छौं । त्यसका विरुद्ध सिंगो पार्टी संयन्त्र एकजुट भएर अघि बढनुपर्ने, लड्नुपर्ने ठाउँमा पार्टीका निर्णय विरुद्ध नै लड्नुपरिराखेको छ । यो राम्रो भइराखेको छैन । प्रतिपक्षीय हिसाबमा गर्नुपर्ने भूमिकामा त कमी आएकै हो । आन्तरिक रूपमैै विषयवस्तुहरूलाई संयोजन गर्न नसक्नु कमजोरी हो । प्रभावकारी ढंगले आफ्ना सांसदहरूलाई परिचालन गर्न सकेको अवस्था पक्कै छैन ।
यसलाई नियन्त्रणमुखी बनाउनुहुँदैन । यो पार्टी लोकतान्त्रिक पार्टी हो । यो पार्टीमा वाद प्रतिवादको ढोका सधैं खुला रहनुपर्छ । कांग्रेस भनेको विभिन्नताको बीचमा अभिन्नता सिर्जना गर्दै अगाडि बढ्ने पार्टी हो । कांग्रेसमात्र होइन, लोककतन्त्रको आधारभूत सिद्धान्त र पद्धति पनि त्यही हो ।
० आगामी महाधिवेशनमा रामचन्द्र पौडेललाई नेता मानेर देउवाविरुद्ध फेरि मोर्चावन्दी गर्नुहुन्छ ?
अहिले त्यसबारे टुंगो भइसकेको छैन । हो, हामी देउवाजीको एकाधिकारविरुद्ध एकजुट भएर लडिरहेका छौं । यस मानेमा हामी एक ठाउँमा छौं । यसको अर्थ भोलि हाम्रो समूहबाट कसले नेतृत्व लिने भन्ने सवालमा भने छलफल गर्नै बाँकी छ । रामचन्द्रजी नै पनि हुन सक्छ । म नै अघि बढ्ने पनि हुन सक्छ । हामी सल्लाह गरेर अघि बढ्छौं ।
० उताबाट देउवा निर्विवाद उम्मेदवार तर तपाईंहरूमा एकले अर्कोको अस्तित्व नमान्ने समस्या छ भन्ने चर्चा छ नि ?
त्यो विषयमा कसले दह्रोसँग अघि बढ्ने आँट राख्छ, कसप्रति आमकार्यकर्ता तथा नेताहरूले भर गर्छन्, त्यही अघि बढ्ने हो । खैर जेहोस्, हामीमा सल्लाह भएर नै यो कुरा टुंगिन्छ । मूलतः हाम्रो काम भनेको पार्टीलाई विधिमा टेकाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्ने हो ।
० पछिल्लो समय चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे तपाईंको धारणा के हो ?
यो पहिलेदेखिकै विषय हो । पहिलेका मन्त्री, सरकारले प्रक्रियागत रूपमा यो बिन्दुमा ल्याइपु¥याएका हुन् । मुलत अहिलेको सन्दर्भमा नेपाल आफ्नो खुट्टामा उभिन नसक्ुन्जेल अर्काको सहयोग अस्विकार गरेर पनि हुँदैन । तर, सहयोग आदानप्रदान गर्दा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनताका साथै नेपालको पञ्चशीलको परराष्ट्र नीति र देशिय सम्बन्धहरूमा एउटाका कारण अर्कोसँग खलल पुग्नेगरी व्यवहार गर्नुहुँदैन । अहिलेका सर्तहरू त्यस्ता खालका छन् भने संशोधन पनि हुन सक्छ । यसमा नेपाल सरकार एउटा पक्ष हो । सरकारकै नेतृत्व गरेका पार्टीभित्र पहिले एकमत भए राम्रो । के कसो गर्ने भन्ने कुरा सार्वभौम दुई तिहाइको सरकारले जान्ने कुरा हो ।
० पछिल्लोपटक सरकारले ल्याएको सूचना प्रविधिसम्बन्धी विधेयकबारे के भन्नुहुन्छ ?
अहिलेको सूचना प्रविधिको युगमा यसलाई नियन्त्रण होइन, अत्यधिक उपयोग गरेर जनजीवन सहज, सरल र उपयोगी बनाउनुपर्छ । कस्ता–कस्ता प्रजातान्त्रिक देशहरूमा त सरकारको विरोध गर्न पाइन्छ । अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउस अगाडि त जुलुस गर्छन्, कार्टुन प्रदर्शन गर्छन् । विरोधका सांकेतिक कार्यक्रम गर्न छुट छ । यस्तो बेला हामीले ल्याएको गणतन्त्र अभिव्यक्ति स्वतन्त्रताका लागि नै हो । त्यसैको जगमा बनेको सरकारले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सामाजिक सञ्जालमा लेखेबापत १५ लाख जरिवाना र पाँच वर्ष कैद वा दुवै सजायको जुन व्यवस्था गरिएको छ, त्यो नितान्त खेदजन्य छ । यसमा सच्याउनुपर्छ । यो मात्र होइन, मिडिया काउन्सिल विधेयक, मुलुकी ऐन फौजदारी र देवानी संहितालगायत जति पनि कानुनमा मिडियालाई त्रासमा पार्नेगरी दफाहरू ल्याइएका छन्, कांग्रेस त्यसको विरोध गर्छ । सच्याउन माग गर्छ । र, यसमा आममिडियाकर्मीको आवाजमा साथ दिन्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply