विप्लव समूह वार्तामा आउनेमा हामी विश्वस्त छौं
सोमप्रसाद पाण्डे, संयोजक, उच्चस्तरीय राजनीतिक वार्ता टोली० सरकारले विभिन्न समूहसँग वार्ता गर्न तपाईंको नेतृत्वमा बनाएको वार्ता समिति बनाएको छ, के काम भइरहेको छ ?
– भदौ ८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट एक अधिकार सम्पन्न उच्चस्तरीय राजनीतिक वार्ता टोली २०७५ नाम दिएर गठन गरिएको छ । त्यसको संयोजक मलाई तोकेपश्चात् पाँचजनाको कमिटीले तीव्रताका साथ काम गरिरहेको अवस्था छ । हामीले पत्र बुझिसकेपछि भदौ १४ गतेबाट काम सुरु ग¥यौं । हामीलाई कार्यादेशको रूपमा विगतम वार्ता समितिहरूले गरेका सहमति, समझदारी तथा कार्यान्वयन हुन बाँकी रहेका कतिपय विषयवस्तु तथा द्वन्द्वरत समूहसँग बसेर छलफल गरी कार्यान्वयनका निम्ति प्रतिवेदन तयार गर्ने र सहमतिका लागि पहल गर्ने भन्ने छ । त्यसैगरी, त्यतिबेला वार्ता हुन नसकेर छुटेका सम्पूर्ण द्वन्द्वरत पक्ष र सशस्त्र तथा निःशस्त्र सबै समूहसँग वार्ता गर्ने भनिएको छ ।
० वार्ताहरू सुरु गर्नुभयो त ?
– सुरुमा त हामीले विगतमा भएका सहमतिहरू, फाइलहरू अध्ययन ग¥यौं । त्यसपछि भदौ २५ गते नै सबै द्वन्द्वरत समूहहरूलाई र हिजो वार्तामा केही सहमति भएका र कार्यान्वयन हुन बाँकी रहेका सबै समूहलाई प्रेस वक्तव्य जारी गरेर खुला रूपमा पत्रकार सम्मेलन गरेर आह्वान ग¥यौं । त्यसपछि सातवटा समूहले वार्ता गर्न इच्छा देखायो । उनीहरूले निवेदनमा हामी सरकारसँग वार्ता गर्न तयार छौं र हाम्रो समूहलाई भंग गर्न पनि तयार छौं भनेर निवेदन दिइसकेपछि वार्ता सुरु भएको छ ।
० यो बीचमा त्यस्ता समूह सातवटा मात्र सम्पर्कमा आए त ?
– हामीले पहिचान गरेका समूह २१ वटा थिए । आनन्द ढुंगानाका बेलासम्म गरिएका कतिपय ती छलफल, सहमति र समझदारी भएका समूह रहेछन् । करिब २२ वटाचाहिँ अरू थप सानाठूला समूह रहेको हामीले जानकारी पायौं । द्वन्द्वरत समूह, असन्तुष्ट समूह त्यसभित्र अयोग्य लडाकुहरू, बर्हिगमित जनयुद्धका सेना पनि भनिएको छ, त्यस्ता खालका समूहसँग पनि हामीले पहिचान गरेर सबै गरेर करिब ४२ वटा लिस्टिङ गरेका छौं ।
० ती ४२ वटामा कस्ता–कस्ता समूह भेटिए त ?
– कतिपय ससाना समूह नाम मात्रैको छ । कतिपय हिजोका दिनमा ठूलै आकारमा आएका र तिनमा आबद्ध कतिपय मान्छेहरू जेलमा परेका समूहहरू पनि रहेछन् । कुनै समूहको त सयभन्दा बढी मान्छे जेलमै रहेछन् अहिले पनि । यसरी हिजो वार्ता गरेका धेरै समूह अहिले समस्यामा छन् । उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको छ । घटनाका क्रमहरूमा कतिपय ठाउँमा आगजनी छ भने कतिपय ठाउँमा बम विस्फोटको आरोप छ । कतिपय ठाउँमा अपहरण छ भने कतिपय ठाउँमा ज्यान केस छ । सँगसँगै कतिपय स्थानमा लागूपदार्थसमेत ओसारपसारको मुद्दा चलिरहेको अवस्था छ । २२ मध्ये १९ वटा समूहको त कम्तीमा ६ जना र बढीमा १ सय ८ जनासम्म जेलमा भएको अवस्था छ । यसमा सानाठूला गरेर नेपाल कम्युनिस्ट पार्टी विप्लवसमेत पर्छ । यसमा अहिले हामीले सीके राउतलाई चाहिँ राखेका छैनौं । विप्लव समूहलाई अलिअलि अतिवाद देखिए पनि हामीले राजनीतिक समूहमा नै राखेका छौं ।
० त्यसयता अरू के गतिविधि छ ?
– अहिले फेरि बैठक बसेर ३२ वटा समूहलाई वार्ताका निम्ति चिठी पठाएका छौं । तिनीहरूको फोनहरू पत्ता लगाएर कहाँ कस्तो अवस्थामा छ भन्ने यकिन गरीकन चिठी पुगेको अवस्था छ । जस्तो पूर्वमा रहेको जातीय मुक्ति मोर्चाको कुरा छ । त्यसैगरी, लिम्बूहरूको लिम्बुवान् राज्यका निम्ति खडा गरिएका समूहहरू छन् । ती सबैसँग हामीले वार्ता तयारी गरेर पत्र पठाइसकेका छौं । अहिले आठ समूहसँग हाम्रो वार्ता भइसकेको छ । तर, त्यो समूहको नाम सार्वजनिक गर्दैनौं । किनकि, वार्ता अवधिभर उहाँहरूको नाम गोप्य राख्न उहाँहरूको पनि आग्रह छ । हिजो मात्र तीनवटा समूहसँग वार्ता ग¥यौं भने आज फेरि तीनवटा समूहसँग गर्दै छौं । यसरी हामीले वार्ताका क्रमलाई निरन्तरता दिँदै सबै समूहसँग वार्ताबाट उनीहरूको समूहको विघटन भएको घोषणा गराउने गरी कोसिस गरिरहेका छौं ।
० अहिलेसम्मको कामको अनुभवका आधारमा हामी सबै समस्याको समाधान हुन्छ भन्न सक्छौं ?
– बिल्कुल हामी आशावादी छौं । एउटा कुरा सरकारले बोल्ड ढंगले राजनीतिक निर्णय गर्नुपर्ने आवश्यकता छ । कतिपय मुद्दा जघन्यभित्र पर्ने र फिर्ता गर्न गाह्रो हुने अनि अभियोग लागेका मान्छेहरू जेलमा छन् । त्यसका निम्ति नेपाल सरकारले विशेष निर्णय गर्नुपर्ने र द्वन्द्वरत समूहले पनि आफूलाई विघटन गरेको घोषणा गरे नेपालको संविधानको दायराभित्र आएर मूलधारमा सम्मिलित हुँदै देशनिर्माणमा लाग्ने भन्ने संकल्प गरिसकेका र त्यो खालको प्रतिबद्धता देखाएको हुँदा हामी विश्वस्त छौं ।
० विप्लव समूहसँग चाहिँ कुराकानी भएको छ कि छैन ? उनीहरू आउलान् वार्तामा ?
– हामीले अहिले विप्लप समूहसँग एकदम प्रारम्भिक र अनौपचारिक छलफल मात्र गरेका छौं । हामीले पत्र पठाइसकेको अवस्था भने होइन । हामी वार्ताको वातावरण तयार गर्ने गरी उहाँहरूका कतिपय कार्यकर्ताहरू, नेताहरू तथा स्थायी कमिटीकै सदस्यहरू पनि जेलमा हुनुहुन्छ । खड्गबहादुर विश्वकर्मा प्रकाण्ड जेलमा हुनुहुन्थ्यो । मुद्दा धेरै जिल्लामा रहेकाले उनलाई अदालतले बन्दी प्रत्यक्षीकरणमार्फत रिहा गर्न आदेश दिइरहे पनि पक्राउ गरिरह्यो । अहिले हामीले सरकारसँग छलफल चलायौं । वार्ता टोली गठन भइसकेपछि वार्ताको वातावरण बनाउन कतिपय कुरामा लचिलो बन्नुपर्छ भन्ने सुझावअनुसार नै उहाँहरूलाई छोड्ने काम गरिएको हो । यी सबै काम हामी वार्ताको वातावरण बनाउन गरिरहेका छौं । तर, वार्ताका निम्ति एउटै पक्ष मात्र लचिलो भएर पुग्दैन । दुवै पक्ष लचिलो हुनुप¥यो । प्रकाण्डलाई हामीले रिहा गरिसकेपछि विप्लव समूहले पनि थौरै ढंगले नयाँ सोच बनाएको छ । अहिले अनौपचारिक र प्रारम्भिक छलफलका आधारमा उहाँहरू वार्तामा आउने कुरामा हामी सकारात्मक पाएका छौं । उहााहरूका कतिपय लेख र अभिव्यक्तिहरू त्यसबाट हामी विश्वस्त छौं कि उहाँहरू वार्तामा आउनुहुन्छ ।
० उहाँहरूको मागको विश्लेषण गर्नुभएको छ ?
– उहाँहरूले राखेका माग खासै असम्भवजस्तो लाग्दैन । वर्तामान संविधानमा पनि हामी समाजवादसम्म पुग्ने लक्ष्य लिएका छौं । हाम्रो व्यवस्थाले त्यहाँ पु¥याउन काम गर्नेछ भन्ने कुरा राखिएकाले उहाँहरूले वैज्ञानिक समाजवादको कुरा गरिरहेका सन्दर्भमा मेल खान्छ । कतिपय कुरा मिल्दाजुल्दा भएकाले हामी वार्ताका निम्ति तत्पर छौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply