हामीले बहिष्कार गरेकैले स्थायी कमिटीको बैठक बोलाईयो
झलनाथ खनाल, वरिष्ठ नेता,नेपाल कम्युनिष्ट पार्टी० दुई कम्युनिष्ट पार्टीबीच भएको एकता उत्साहपुर्ण तवरले तल तल सम्म जान नसक्नुको कारण के हो ?
यो एकता ऐतिहासिक थियो । दूरगामी महत्वको एकता थियो । र, सिङ्गो राष्ट्र र जनताको अनि कम्युनिष्ट कार्यकर्ता र नेताहरु सबैको इच्छाको प्रतिफल पनि थियो । तर यसलाई जसरी एकिकरणको प्रक्रियालाई अगाडि बढाउनुपर्ने थियो, त्यसरी नबढाएर केन्द्रलाई मात्र एकिकरण गर्ने अनि तलका सबै कमिटीहरु भंग गर्ने र वर्गीय संगठनहरु पनि भंग गर्ने खालको जुन निर्णय भयो, त्यो निर्णयको परिणाम स्वरुप अहिले तल तल ठुलो निराशा पैदा भएको छ । त्यो निराशालाई चिर्न चाँडो भन्दा चाँडो एकिकरणलाई सम्पन्न गर्नुको कुनै विकल्प छैन । हामीले माथि एकता गरिसकेपछि तल विगठनको घोषणा गर्नै पर्ने भन्ने पनि केही थिएन । त्यो विगठन नगरीकन पनि एकिकरण गर्न सकिन्थ्यो । तर विगठन गर्नै पर्ने आवश्यकता थियो भने एकिकरण कम्तिमा दुइ देखि तिन महिनाका बीचमा सम्पन्न गरिसक्नुपथ्र्यो । त्यो सम्पन्न गर्न नसक्नुको कारणले, एकतालाई अन्तिम रुप दिन नसक्नुको कारणले कतिपय ठाँउहरुमा खासगरी हाम्रो पंतिमा निराशा पैदा भएको छ । त्यो निराशालाई चाँडो भन्दा चाँडो चिर्नका निम्ति हामीले स्थायी कमिठी बैठक तत्काल राख्नुपर्छ भनेका थियौं । अब स्थायी कमिटीको बैठक बस्दैछ । त्यसपछि ति निराशाहरुलाई चिरेर जान सकिने संभावना मैले देखिरहेको छु ।
० केन्द्रमा एकता भएको यति लामो अवधी भयो, अध्यक्ष दुइजना हुनुहुन्छ, तपाँइहरु जस्तो वरिष्ठ नेताहरु हुनुहुन्छ, तैपनि हजारौं कार्यकता काम नपाएर बेरोजगार छन्, यसरी कमिटीहरु अन्यौल र अलपत्र हुनुको मुख्य दोषी कसलाई देख्नुहुन्छ ?
यसको मुख्य दोषी अरु कोही पनि होइन । यो दुबै पार्टी एकता गर्दा जो नेतृत्वमा हुनुहुन्थ्यो, नेतृत्वमा बसेका साथीहरु नै त्यसका जिम्मेवार हुनुहुन्छ । माथी एकता गरिसकेपछि तलसम्म एकताको प्रक्रिया कसरी गर्ने भन्ने सन्दर्भमा सामुहिक रुपमा राम्रोसंगले छलफल हुन सकेन । त्यो छलफल भएको भए विभिन्न खालका तरिका, प्रक्रिया, जुक्ति, वुद्धिहरु निस्कने थिए । त्यो नभइकन विगठनमात्र गरिदिने अनि एकता प्रक्रियालाई यथोचित तरिकाले अगाडि बढाउन नसक्ने कारणले गर्दा अहिले यो स्थिति उत्पन्न भएको हो । त्यसको निम्ति अरु कोही दोषी छैन, सम्पुर्ण कार्यकर्ताहरु कसैलाई पनि दोष दिन सकिँदैन । त्यसको लागि नेतृत्वले नै दोष लिनुपर्छ । जसले एकिकरण गरेको हो, एकिकरण गर्ने नेता साथीहरु अर्थात हाम्रो नेतृत्व पंति जो हो, त्यो नै दोषी छ ।
० पछिल्लो पटक पार्टीका ज्वलन्त सवालमा पनि गम्भीर ढंगले छलफल नहुने, बैठकहरु नै नडाकिने र एकपक्षीय ढंगले कामहरु हुन थालेको बताइन्छ, यसमा तपाँइको भनाई के छ ?
हाम्रो पार्टी एकिकृत भइसकेपछि विगतका सबै कमी कमजोरीहरुबाट मुक्त हुनुपर्छ । र, यो पार्टीलाई विधीसम्मत ढंगले , नीतिसम्मत ढंगले, सिद्धान्तनिष्ठ ढंगले अगाडि बढाउनुपर्छ । पार्टी केन्द्रीय कमिटी होस्, स्थायी समिति होस्, सचिवालय नै किन नहोस्, तिनीहरुका नियमित बैठक हुनुपर्दछ । तिनले यावत् एजेण्डाहरु अघि सारेर ति एजेण्डाहरुमा केन्द्रीत भएर बहश र छmफल गर्ने अनि निर्णय निरुपण गर्ने कामहरु गरिनुपर्दछ । त्यसरी मात्रै पार्टीलाई नियमित रुपमा अगाडि बढाउन सकिन्छ । त्यसको साथसाथै पार्टीलाई सामुहिक नेतृत्वको आधारमा र कमिटी प्रणालीको आधारमा अगाडि बढाउनुपर्ने हुन्छ । ति कुराहरुमा तलमाथी भयो भने पार्टीको व्यवस्था विग्रन्छ । पार्टीको सिस्टम बिग्रन्छ । सिस्टमलाई राम्रो ढंगले पालना गरेर त्यसलाई सुदृढ गर्ने हिसावले पार्टीलाई अगाडि बढाएपछि मात्रै देशव्यापी रुपमा पार्टीमा र सरकारमा पनि गत पैदा हुन्छ ।
० सचिवालयले प्रदेश कमिटीका इन्चार्ज तथा पदाधिकारीहरुको नाम निर्णय गरेर सार्वजकि गर्दा पहिले बनाएको मापदण्ड मिचेर दोहोरो जिम्मेवारी दिइएको बारेमा प्रश्न उठेको छ, नि ?
हामीले सचिवालयमा छलफल गर्दा प्रदेश कमिटी निर्माण गर्ने कुराहरु ग¥यौं । प्रदेश कमिटी निर्माण नभएर पनि एकिकरणको कुरा ढिलो भएको छ, त्यसो हुनाले प्रदेश कमिटी निर्माण गरौं भनेरहामीले छलफ ग¥यौं । र, त्यो प्रदेश कमिटीको बारेमा जुन ढंगले हामीले कार्यदलहरु समेत बनाएर सदस्यहरुको सुचि तयार पा¥यौं । त्यसलाई अन्तिम रुप स्थायी समितिले दिने भन्ने हाम्रो समझदारी थियो । त्यो समझदारी अहिले ठिक ढंगले लागु भइरहेको छैन । अब स्थायी समितिको बैठक हुँदैछ । त्यो बैठकले कतिपय कुराहरुलाई सच्याएर, सुधार गरेर, सबैलाई मान्य हुने बनाएर यि कमिटीहरुलाई स्थापित बनाएर लानु अनिवार्य छ ।
० पछिल्लो पटक पार्टीमा करिव दुई दर्जन केन्द्रीय सदस्यहरुले सिस्टमले पार्टी चलेन, मनोपोली भयो, बैठकहरु नियमित भएनन्, बैठक तत्काल बोलाउनुप¥यो भन्दै ध्यानाकर्षण गरेका छन्, यि मुद्दाहरुमा तपाँइको भनाई के छ ?
केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो कमिटीको बैठक बोलाउने माग गर्नु, विभन्न एजेण्डाहरुमाथी छलफल गर्ने माग गर्नु, स्थायी समितिका सदस्यहरुले त्यसो गर्नु, सचिवालयका सदस्यहरुले त्यसो गर्नु जायज कुरा हो । उहाँहरुको हकको कुरा हो । केन्द्रीय कमिटीका सदस्यहरुले जुन माग गर्नुभएको छ, त्यो माग पनि न्यायपुर्ण कुरा नै हो । यि कुराहरु कति ठिक छन्, कति बेठिक छन्, त्यसबारेमा सम्वन्धीत कमिटीको बैठहरु चाँडो भन्दा चाँडो राखेर छलफल गरेर, न्याय निरुपण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । पार्टीको नियमित बैठकहरु भए भने त्यस्ता प्रवृतीहरु कहिल्यै देखा पर्ने सक्दैनन् ।
० करिव दुई तिहाइको नजिक रहेको वामपन्थीहरुको सरकारले पनि आर्थिक समृद्धि लगायतकम अन्य जनताका अपेक्षाहरु यति लामो अवधीसम्म पुरा गर्ने लक्ष्यणको सुरुवात गर्न पनि सकेन भनेर व्यापक निराशा छ नी ?
यो सरकार भनेको एउटा ऐतिहासिक उपलव्धीको सरकार हो । हामीले विगत ७० वर्षदेखि कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने शिलशिलामा अहिले हामी ऐतिहासिक उपलव्धी हासिल गरेका छौं । हामीले संविधान निर्माण भइसकेपछि पहिलो निर्वाचनबाट केन्द्रमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेका छौं । ७ वटा प्रदेश मध्ये छ वटामा आफ्नै सरकार बनाएका छौं । दुई नम्बर प्रदेशमा पनि हामी सबैभन्दा ठुलो पार्टीका रुपमा छौं । हामी अहिले पनि सबैभन्दा ठुलो आकारमा छौं । गाँउपालिका र नगरपालिकामा हामीले ६० प्रतिशत भन्दा बढी ििजत हासिल गरेका छौं । यि अभुतपुर्व जितहरु हुन् । ति अभुतर्पुव तथा ऐतिहासिक उपलव्धीहरु हुन् । तर ति उपलव्धीहरुलाई सही ढंगले संरक्षण गर्दै अब मुलुकलाई समाजवादी लक्ष्यतर्फ लाने, देशलाई समृृद्ध र जनतालाई सुखी बनाउने दिशातर्फ अगाडि बढाउने अत्यन्त ठुलो र गुरुत्तर अविभारा अहिले हाम्रो काँधमा छ । त्यो अविभारालाई अगाडि बढाउने शिलशिलामा कुनै बाधाबिग्न छैन । यो सरकार दुई तिहाइको सरकार छ । यो संविधानले अगाडि बढ्नुका लागि सम्पुर्ण बाटाघाटाहरु खुला गरिदिएको छ । तर पनि जनताको अपेक्षा अनुरुप सरकार अझै अगाडि बढ्न सकिरहेको छैन । कतिपय राम्रा कामहरु गरे पनि लोकप्रिय कामहरु सरकारले गर्न सकिरहेको छैन । त्यो हुनाले हामी सबैले भनिरहेका छौं कि सरकारले गति राम्रो लिओस् । तिव्रता प्रदान गरोस् । प्रभावकारी ढंगले सञ्चालित होस् । देश, जतना र राष्ट्रलाई गोलबन्द गरेर तिव्र ढंगले विकास र निर्माणको प्रक्रियालाई अगाडि बढाउन सकियोस् । यो हामी सबैको माग हो ।
० पछिल्लो पटक यो सरकारले गरेका केही नियुक्तिहरु निक्कै विवादास्पद भए, समानुपातिक रुपमा अवसरको वितरण भएन, यसबारे पार्टीमा कुनै छलफल हुँदैन ?
अहिले सरकारले गरेका कतिपय नियुक्तिहरु नितान्त विवादास्पद बनेका छन् । पटक पटक दोहो¥याई दोहो¥याई तिनै मान्छेहरुलाई जुन ढंगले नियुक्ति गर्ने र सुविधाहरु दिने काम भएको छ, त्यसप्रति आम जनताले समेत कटाक्ष गरिरहेका छन् । यसमा मैले सबैको विरोध देख्छु । त्यसो हुनाले यस्ता कुराहरुबाट सरकारले सिक्न सक्नुपर्छ । र, नयाँ नयाँ मान्छे तथा नयाँ प्रतिभाहरुलाई योग्यताका आधारमा हामीले औसर दिनुपर्ने हुन्छ ।तयो ढंगले गोलबन्द गर्नुपर्ने हुन्छ । तव मात्रै हाम्रा काममा अग्रगति पनि आउन सक्छ । कतिपय मानिसहरु जसलाई दोहो¥याई दोहो¥याई ति संस्थाहरुमा नियुक्ति गरिएको छ, ति अत्यन्तै विवादास्पद छन् । उनीहरु विभिन्न ढंगले प्रश्न उठिरहेका मान्छेहरु समेत छन् । यसो हुनाले नियुक्ति गर्ने सम्पुर्ण कामहरुलाई पार्टीका सम्वन्धीत तहमा छलफल गरेर, पार्टीले पार्टीसंग परामर्श गरेर, पार्टीको शिफारीश प्राप्त गरेर मात्रै नियुक्ति गर्ने अभ्यासलाई हामीले स्थापित गर्नु जरुरी छ ।
० केही दिन अघि तपाँइहरु लगायत केही नेताहरुले बालुवाटारमा सचिवालय बैठक नै वहिश्कार गरेको कुराले बजार तातेको छ, यो बारेमा स्पष्ट पारिदिनुस् न ?
हामीले जहिलेसुकै पनि पार्टीलाई नियमवद्ध ढंगले, नितीवद्ध ढंगले, पद्धतीवद्ध ढंगले अगाडि बढाउनुपर्ने हुन्छ । तर कमिटीका बैठकहरु नियमित रुपले नहुने, समयमा पनि सुरु नहुने रोग लाग्दै गयो । कहिलेकाँही त बैठक दुइबजे बोलाउने तर पाँच बजेसम्म पनि सुरु नहुने, बैठक ३ बजे बोलाउने र पाँच बजेसम्म सुरु नहुने, बैठक चार बजे बोलााउने तर ६ बजेसम्म सुरु नहुने जस्ता घटनाक्रमहरु पनि घटे । त्यसले गर्दा हामीले एउटा नियम बनायौं कि अब १५ मिनेट भन्दा ढिला गर्न पाँइदैन भनेर । यो नियम बनिसकेको परिप्रेक्ष्यलाई समेत ध्यानमा राख्दा यसपटक पनि बैठक बोलाएको समयमा हामी पुग्यौं । तर समयमा बैठक सुरु हुन नसकेपछि हामी चार जनाले बैठक बहिश्कार ग¥यौं । वहिश्कार गर्नुको तात्पर्य के हो भने पार्टीलाई नियमवद्ध ढंगले, पद्धतीवद्ध ढंगले, नितीवद्ध ढंगले अगाडि बढाउनुपर्छ भन्ने हो । हामीले वहिश्कार गर्नुको परिणम स्वरुप अरु बहुमत पाँचजना बसेर पार्टीको स्थायी कमिटीको बैठक बोलाउने निर्णय भयो । हाम्रो वहिश्कार नभएका भए स्थायी समितिको बैठक अझैं कहिले हुन्थ्यो कहिले ? कमसे कम स्थायी समितिको बैठक बोलाइयो । र, हाम्रो वहिश्कारको त्यो सह उत्पादन हो भन्ने मलाई लाग्छ । त्यसो हुनाले हाम्रो वहिश्कारले पार्टीलाई ठिक ठाँउमा ल्याउनका निम्ति महत्वपुर्ण भूमिका खेलेको छ भन्ने मलाई लाग्छ ।
० तर यो वहिश्कारले पार्टीभित्र अर्को ध्रुवीकरणको संकेत समेत दिइरहेको छ भन्ने अर्थमा व्याख्या पनि गरिरहेका छन्, कुरा के हो ?
यसबारेमा हामी पार्टीलाई वैचारिक रुपले, राजनीतिक रुपले, सैद्धान्तिक रुपले र संगठनात्मक रुपले अझ समुन्नत बनाउन, रुपान्तरित गर्न र सुदृढ गर्न चाहन्छौं । हामीले दिन खोजेको सन्देश त्यो हो । र, पार्टीलाई त्यतीमात्र होइन नियम र विधीसंवत ढंगले पार्टीलाई सुसञ्चालन गर्नुपर्छ भन्ने पनि हामीले भन्न खोजेको कुरा हो । स्वभाविक रुपले हामीजस्ता मान्छेहरु अहिले नेकपामा हजारौं होइन लाखौं लाखको संख्यामा हुनुहुन्छ । ति सम्पुर्ण पार्टी सदस्यहरु कार्यकर्ताहरु, नेताहरुको भावनालाई हामीले प्रतिनिधीत्व गर्न खोजेको हो । र, सिङ्गो पार्टीलाई हामीले एकतावद्ध बनाउन खोजेको हो । त्यो कुरामा हामी प्रतिवद्ध भएर अगाडि बढ्ने कुरा करिव निश्चीत छ ।
० प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठकहरु बस्दा प्रभावित हुने खालको गतिविधी भयो, त्यसकारण पार्टी कार्यालयमा बैठक बस्नुपर्छ भन्ने कुरा पनि उठेको छ, यो बारेमा पनि असहमति हो तपाँइहरुको ?
हामीले त्यसलाई असहमति राख्ने भन्दा पनि पार्टीका बैठकहरु नियमित रुपले र पार्टी कार्यालयमा नै गराउन सकियो भने सबैभन्दा बेस कुरा हो । र, सकेसम्म पार्टीका कार्यालयमा पार्टीका बैठकहरु हुनु उपयुक्त हुन्छ । र, त्यस पक्षमा त म अहिलेमात्र होइन सधैं छु ।
० नेपालमा केही दिन अघि भएको एसिया प्यासिफिक सम्मेलनकाकारण सरकार पनि विवादमा आयो, यसबारे तपाँइको भनाई के छ ?
यो संसारका कुनै पनि मतावालम्वी, पन्थवालम्वीहरुले आफ्ना बैठकहरु, सम्मेलनहरु आफुले चाहेको ठाँउहरुमा गर्नलाई पाउनुपर्छ । मलाई त्यसमा आपत्ति लाग्दैन । तर जुन प्रकारको संस्थाको सह आयोजक नेपाल सरकार भयो, त्यसका निमनत्रण पत्रमा नेपाल सरकारको लोगो प्रयोग गरियो, नेपालको संसदको लागो प्रयोग गरियो, र, नेपालका तमाम गाँउपालिका र नगरपािलकाका प्रमुखहरुलाई ज्याकेट सम्म दिने प्रलोभन देखाएर तयो सम्मेलनमा बोलाउने काम गरियो, साथसाथै अन्य विभिन्न कुराहरुमा आपत्तिजनक कामहरु गरियो । यि कुराहरुप्रति नेपाली जनताको आपत्ति छ । हाम्रो आपत्ति छ । मेरो पनि आपत्ति छ । त्यतिमात्र होइन त्यो निमन्त्राणा गर्दाखेर हाम्रो पार्टीकै कतिपय नेता त्यो निमन्त्रण सम्वन्धी समितिका अध्यक्ष बनेको पनि देखियो । यस्ता कुराहरु शोभनीय होइनन् । हाम्रो संविधानले जे दृष्टिकाण र भावना अगाडि सारेको छ, ति कुराहरु त्यो अनुरुप पनि छैनन् । हाम्रो राष्ट्रको भावना अनुरुप पनि छैनन् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply