१८ जना सांसदलाई मन्त्रीको लोभ देखाइएको छ
दिलनाथ गिरी, सचेतक, राप्रपा
० एकिकरण भएको ६ महिना नपुग्दै तपाइहरुको पार्टी फुट्यो, यसरी किन पटक पटक तपाइहरु पार्टी फुटाइरहनुहुन्छ ?
–कुनै रहर र इच्छाले यो पार्टी फुटेको होइन । निश्चित अभिष्टहरुलाई केन्द्रविन्दुमा राखेर अगाडि हिँड्दाखेरी जुनसुकै पार्टी पनि स्वतन्त्र रुपले चल्न सक्दैन, टुटफुट भइ नै रहन्छ । राष्ट्र र जनतालाई केन्द्रविन्दुमा राखेर राष्ट्रिय स्वार्थ बोकेर हिँड्ने दलहरुको बीचमा अलि टुटफुट हुँदैन । हाम्रोमा त्यो संस्कृतिको विकास भएनछ भनेर बुझ्नुप¥यो ।
हाम्रो मात्र नभएर सबै दलहरुले टुटफुटको पिडा बोकिसकेका छन् । तर पनि हामीले अहिले जुन ढंगबाट पार्टी एकिकरण गरेका थियौं, एकिकरण भइसकेपछि मुलुकलाई एक खालले तरंगित पारेका थियौं । राष्ट्रवादी शक्ति बलियो ुहँदै जाओस् भन्ने हाम्रा सुभेच्छुकहरुको धारणा थियो । हिन्दु राष्ट्रको पहिचान बोकेर हिँडेका हुनाले जनताको सहानुभुती पनि थियो । यो सबै परिस्थितिहरु हेरेर हामीले उठाएका मुद्दा उपयुक्त र देशको लागि आवश्यक एजेण्डा हो । यो सबै परिस्थितिले देशी विदेशीहरुलाई भत्भती पोलेकै हो ।
० एकिकरण भएको छ महिनामै तिन टुक्रा हुनु त अलि सामान्य भएन नि हैन र ?
–पार्टी एकिकरण पछि मुलुक एक हिसावले तरंगित भयो । अब राप्रपा एउटा शक्तिको रुपमा स्थापित हुन्छ । भोली गएर ९४ प्रतिशत जनताको आस्थाको केन्द्रमा रहेको हिन्दु राष्ट्रको मान्यताको विषयलाई ऐक्यवद्धता गराउन सकियो भने यो पहिलो शक्ति पनि हुनसक्छ । नत्र भने एउटा राष्ट्रवादी शक्ति मुलुकमा बलियो हुन्छ भन्ने उद्देश्यबाट यो अगाडि बढ्यो । यो स्थितिले गर्दा यसलाई कमजोर नबनाइ नहुने, यसलाई समाप्त पार्ने उद्देश्यबाट यहाँ देशि विदेशी चलखेलहरु भएका छन् । त्यही चलखेल अनुरुप हामीलाई जनताको नजरमा कमजोर पार्नका लागि विभिन्न प्रयोगहरु भए । त्यो प्रयोगका क्रममा सबैभन्दा पहिला डा. लोहनी प्रयोग हुनुभयो । त्यसदेखि पछाडिको क्रममा उहाँले कमल थापाले धर्म बेच्यो, राजसंस्थाको एजेण्डा छोड्यो जस्ता विभिन्न आरोपहरु लगाउनुभयो । त्यस्तै किसिमबाट १० जना माननीयहरु पनि संशोधन प्रक्रियालाई लिएर विमती राख्दै बाहिरीनु भयो वा हराउनुभयो भन्ने ढंगले पनि विभिन्न प्रकारबाट म्यासेजहरु बाहिर गयो । यो सबै जनतामा जाँदा साँच्चै कमल थापाले गल्ति गरेको रहेछ की क्या हो भन्ने एउटा भ्रम सिर्जना भएको थियो ।
त्यो भ्रमलाई हामीले चिर्नै नपाइकन तुरुन्तै स्थानीय तहको निर्वाचन भयो । फलस्वप त्यसको परिणाम पनि हामीले सोचेको भन्दा प्रतिकुल आयो । त्यसपछाडि राप्रपा अब कमजोर भयो भन्ने जुन शक्तिले प्रयोग गरेका थिए त्यही शक्तिले फेरी प्रयोग ग¥यो । अब आँउदै गरेको केन्द्रीय र प्रदेश तहको निर्वाचनमा पनि राप्रपालाई समाप्त पार्नका लागि यो पार्टी नै विभाजन गरिदिने खेल भएको छ ।
० ए त्यसो भए पार्टी विभाजन हुनुमा विदेशी चलखेल छ ?
–विदेशी चलखेल पनि छ । तर विशेष गरेर धर्मसंग अट्याचमेन्ट राखेर विदेशीहरुले चलखेल गरेका छन् । त्यस्तै स्वदेश भित्र नेपाली काँग्रेसको पनि कुनै न कुनै रुपमा संलग्नता–सहभागिता रहेको छ ।
०प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रश्ताव पास गराउनका लागि यो डिजाइन गरेको भन्ने केहीको आरोप छ नी ?
–शेरबहादुर देउवाजीले यो संविधान संशोधनको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने, निर्णयक रुपमा छलफल गरेर लैजाने पक्षमा काँग्रेस छँदैछैन । उहाँहरु प्रकारान्तरले राप्रपा, एमाले वा कसै न कसैलाई दोष थुपारेर ‘हामी त चाहन्थ्यौं, उनीहरुका कारणले गर्दा आउन सकेन’ भन्ने ढंगबाट उनीहरु जोगिन खोज्ने हुन् । मधेसका जनतालाई चित्त बुझाएर मधेसको भोट नेपाली काँग्रेसलाई ल्याउने वातावरण निर्माण गर्ने उनीहरुको पहिलो शर्त हो । त्यसले गर्दा मैले के चुनौति दिएको थिँए भने यदि नेपाली काँग्रेस इमान्दार छ भने छलफलमा ल्याओस् । हामी त यही शंसोधनको प्रश्तावबाट यो मुलुकको विद्यमान समस्या समाधान हुनुपर्छ, सबैले संविधानलाई स्वामित्त ग्रहण गर्नुपर्छ भन्ने पक्षमा छौं । तर यो समस्या समाधान गर्दा प्रतिपक्षलाई पनि विश्वासमा लिएर मात्रै यो अगाडि बढ्नुपर्छ र यसलाई छलफलमा ल्याइनुपर्छ भनेर पनि मैले बोलेको छु । माओवादी र नेपाली काँग्रेसको मुख्य ग्राइण्ड डिजाइन मधेसलाई झुक्याउने र राप्रपालाई कमजोर बनाउने, राप्रपा कमजोर भयो भने राप्रपालाई आउने भोट डेमोक्रेटिक भोट भएकाले काँग्रेसलाई विकल्पका रुपमा भोट हाल्छन् जनताले भन्ने उनीहरुको विश्लेषण हो ।
० पार्टी फुटाउनलाई सत्ताको हात चाँही छ की छैन त ?
–महत्वपूर्ण हात छ । उहाँहरुले अहिले हाम्रा प्रत्येक सांसदलाई व्यक्तिपिच्छे मन्त्रि दिनुभइरहेछ । मन्त्री नपाउनेहरुलाई ठुलो धनराशीको आश्वासन दिनुभएको छ । कतिले प्राप्त पनि गरिसक्नुभएको छ ।
० विना प्रमाण आरोपका लागि आरोप नै हो की यसको प्रमाण छ ?
–आवश्यकता प¥यो भने पैसाको चलखेलको बोलकबोल गरेका माननीय हरुलाई तपाँइहरुसंग बसेर मैले छलफल नै गराइदिन्छु नी । अहिले १८ जना माननीय हामीबाट बाहिहरिएका छन् । उनीहरु अठारै जनालाई मन्त्री बनाउँछु भनेर काँग्रेसले सहमति गरेपछि पशुपति शमशेरले मन्त्री वितरण गरेका छन् । तसर्थ यो पार्टी फुटाउनका लागि नेपाली काँग्रेसको अशं भूमिका भएको कुराको सुचना हामीलाई प्राप्त छ । दुई नम्बर क्षेत्रमा नेपाली काँग्रेसले जसरी भएपनि बहुमत ल्याउने र पहिलो पार्टी बन्ने उनीहरुको रणनीति छ ।
० पाटी एकिकरण भएर त तपाँइहरुलाई घाटा पो भयो, मिल्दाखेर ल्याएको भन्दा पनि बढी सांसद लानुभयो त पशुपति शमशेरले ?
–उहाँले लान त लानुभयो तर अपरिपक्व ढंगबाट लानुभयो । निर्वाचन आयोगमा गएर हामीले सबै कुराहरु हे¥यौं । केन्द्रीय सदस्य नै नभएका मान्छेहरुलाई पनि उहाँहरुले राखेर ४० प्रतिशत पु¥याएर पेश गर्नुभएछ । हामीले सबै आधिकारीक कागजात दिएर आएका छौं । अब एकजना मान्छे थप्न पाउनुहुन्न । उहाँहरुको ४० प्रतिशत नै पुग्दैन । छ जना माननीयहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाही पनि गरिसक्यौं । दीपक बोहरा लगायतल १० जना केन्द्रीय सदस्यहरुलाई पनि साधारण सदस्य समेत नरहने गरी हटाइसक्यौं । ३ जना माननीयहरुलाई सांसदमा नरहने गरी प्रक्रिया अघि बढाउने भनेर निर्णय गरिसकेका छौं । २४ घण्टा भित्र आत्मालोचना गरेर माफी माग्दै आएभने त्यो भन्दा बाहेकका लाई हामी माफी दिन्छौं । हामी कारवाही गरिसकेकाहरुको चाँही फुकुवा गर्दैनौं ।
०नेपाल ग्यास बेचेको पैसाले नै पशुपतिले सांसद किने भनेर मिडीयामा भन्नुभएको थियो, के यो सत्य हो ?
–पैसाको ठुलो चलखेल भयो किनभने मान्छेलाई ३ लाख देखि १० लाख सम्मको बोलकबोल भएको छ । मन्त्री पाउनेलाई मन्त्री र नपाउनेलाई पैसाको प्रलोभनमा यो गरेका छन् तर जति गर्दागर्दै पनि ४० प्रतिशत पु¥याउन सकेनन् । नसकेपछि यो स्थितिमा सबैको पद धरापमा पर्ने भएकाले सबै माफी माग्दै हामीतिर नै आइराखेका छन् ।
नेताहरु बसेर सल्लाह हुँदा अब मिलेर जाने संयुक्त विज्ञप्ती जारी गर्ने त्यसका लागि फेरी बस्ने भन्ने सहमति भएको थियो । तर पशुपतिजीलाई एक्कासी के निर्देशन प्राप्त भयो र एक्कासी छापामार शैलिमा दल दर्ता गर्न पुग्नुभयो ? उहाँ कसैबाट गाइडेड भन्ने त यसैबाट पुष्टी भयो नी ।
० कमल थापाले अलि हुकुमी शैलीले पार्टी चलाएर यसो भएको भन्छन् नी, डा लोहनीको पनि यस्तै आरोप थियो ?
–हामीले मोर डेमोक्रेटिक ढंगबाट अगाडि जाने भन्ने पनि गर्नुपर्छ । तर नियम कानुनको अपहेलना गरेर जाने प्रवृतिको विकास हुन पनि दिनु हुँदैन । पार्टीमा नेतृत्व भनेको अलिकति निरंकुश ढंगको पनि हुनुपर्छ । नेतृत्व कमजोर भयो भने देश बन्दैन । कमल थापाको नेतृत्व बलियो छ । एजेण्डालाई तार्किक निष्कर्षमा पु¥याउनका लागि उसंग योग्यता, क्षमता र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने तागत छ । कमल थापालाई नै बदनाम गराएपछि वा उसको चरित्र हत्या गरेपछि मात्र यो पार्टी कमजोर हुन्छ अन्यथा कमजोर हुँदैन भन्नेमा एउटा सहमतिमा गए । यसलाई कजोर पार्न डा लोहनी, पशुपति शमशेर, केशरबहादुर विष्ट जस्ता हामीभित्रैका मान्छेहरु मार्फत प्रयोग गरिए ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply