माक्र्सवादी पार्टीको निर्माण
२०४२ सालमा मनमोहन अधिकारी, सहाना प्रधान, तुलसीलाल अलग–अलग पार्टीमा भए पनि उहाँहरू तीनै जनाले गणेशमान सिंह र नेपाली कांग्ेरसले आह्वान गरेको सत्याग्रहमा साथ दिने वक्तव्यहरू दिनुभयो । मनमोहन र तुलसीलाल अलग–अलग झन्डा लिएर निस्कँदा पक्राउ पर्नुभयो भने सहाना प्रधान असनमा सभा गर्ने प्रयास गर्दागर्दै पक्राउ पर्नुभयो । उहाँलाई महिला पुलिसहरूले कपाल तान्दै गाडीमा चढाएको हल्ला विराटनगरमा सुनियो । तर, रामराजाप्रसाद सिंहले वीरेन्द्र ऐश्वर्या चढेको गाडी विस्फोट गराएर उडाउने प्रयास गरेपछि नेताहरू जेलमा रहेका बखत गणेशमान सिंहका निकटका पीएल सिंहले आतंकवादीहरूले हात हाल्ने काम भयो भनी सत्याग्रह स्थगित गरिदिए ।
केही समयपछि मनमोहन अधिकारी, सहाना प्रधानहरू छुट्नुभयो । धरानमा पुष्पलाल समूहकै बखतदेखि त्यसमा काम गर्दै आएका बोर्णबहादुर कार्की, देवीबहादुर घिमिरेहरू र नेपाली कांग्ेरस समर्थक सुशीला कार्की मिलेर एउटा ल फर्ममा काम गर्नुहुन्थ्यो । म र भरतमोहन अधिकारी मिलेर विराटनगरमा कोसी ल फर्म चलाउँदै थियौं । पालोपालो हामी कोसी अञ्चल अदालत धरान र क्षेत्रीय अदालत धनकुटा पनि जाने गथ्र्यौं । मेरो र बोर्ण कार्की र देवी घिमिरेसँग बेलाबेला भेट हुन्थ्यो । बोर्ण कार्की पुष्पलाल समूहको नेपाल प्रगतिशील विद्यार्थी युनियनको अध्यक्ष पनि हुनुहुन्थ्यो । पहिले पनि काठमाडौं जाँदा उहाँ, हरिशचन्द्र, लोकनारायण सुवेदी, रामसिंह रावल, शरणविक्रम मल्लहरूसँग म नेप्रवियुको केन्द्रीय अफिसमा जाँदा दुई–तीन पटक भेट भएको थियो । त्यसैले बोर्ण कार्की र देवी घिमिरेसँग मेरो परिचय नयाँ थिएन ।
म काठमाडौं जाँदा प्राय: टेकचन पोखरेलकहाँ बस्थेँ । तर, कुनै–कुनै बखत पार्टीको मिटिङहरूमा जाँदा मनमोहन अधिकारी, भरतमोहन अधिकारीका साथ टेबहालको संकटा लजमा बस्दथेँ । ०४३ सालमा एकपटक मैले बोर्ण कार्की, लोकनारायण सुवेदी, रामसिंह रावल र हरिशचन्द्रहरूलाई संकटा लजबाट मनमोहन अधिकारीलाई भेटेर निस्कँदै गरेको देखेँ । धेरैपछि मैले थाहा पाएँ कि पुष्पालको मृत्यु भएपछि उहाँहरू सहाना प्रधानको पार्टीमा भए पनि मनमोहन अधिकारीलाई बेलाबेलामा आर्थिक सहयोग गर्नुहुन्थ्यो । क्रमश:
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply