नापीमा मालपानीको जोहो
काठमाडौं । घुस, अनियमितता र भ्रष्टाचारको अखडा भनेर बदनाम नापी कार्यालयहरूमा फेरि ‘उठाउने धन्दा’ले तीव्रता पाएको छ । नापी विभागका महानिर्देशक मधुसूदन अधिकारीले व्यापक असुली गर्दै कर्मचारीको खटनपटन र कर्मचारी भर्ती अभियान थालेका छन् ।
उनले उपत्यकास्थित बढी कमाइ हुने नापी कार्यायहरूमा बढी रकम दिन सकेकै आधारमा बदनाम, घुस्याहा र पटक–पटक राम्रो स्थानमा बसेर कमाइसकेका अधिकारीहरूलाई नै फेरि पोस्टिङ गरेका छन् । उनले स्थलरूप नापी महाशाखा र कित्ता नापी कार्यालयमामार्फत अधिक संख्यामा करारमा कर्मचारी समेत भर्ती गरेको बताइन्छ । मन्त्री, सचिव र विभिन्न प्रभावशाली राजनीतिक नेताको दबाबमा केही र आफूले पैसाको चलखेल गरी केही मान्छे महानिर्देशक अधिकारीले भर्ती गरेको मन्त्रालय स्रोतले बतायो ।
उनले प्रमुख नापी अधिकृत बुद्धिमान जैसीलाई फेरि नापी कार्यालय ललितपुरको प्रमुखमा जिम्मेवारी दिएका छन् । जैसी यसअघि पनि विभिन्न मालदार स्थानमा बसेर गतिलो कमाइवरी ललितपुर कार्यालयको पनि ३ वर्षजति प्रमुख भइसकेका व्यक्ति हुन् । पटक–पटक एकै व्यक्तिलाई आकर्षक स्थानमा पोस्टिङ गरेबापत उनले राम्रो नजराना बुझ्ने गरेको बताइन्छ । यस्तै, सन्धिखर्कस्थित विशेष नापी कार्यालय प्रमुख भएर राम्रो मालपानीको व्यवस्था गरिसकेका नारायण रेग्मीलाई डिल्लीबजार नापी कार्यालयको प्रमुख बनाइएको छ । रेग्मी आउनासाथ आफ्नै भवनमा रहेको नापी कार्यालयमा मैतीदेवीमा सारेर कमिसन खाएको बताइन्छ । कार्यालय
प्रयोजनका लागि घर भाडामा लिँदा अग्रिम कमिसन खानुका अतिरिक्त १ लाख ४५ हजार रुपियाँ मासिक दर तोकेर प्रतिमहिना ४५ हजार रुपियाँ कमिसन खान थालेको थाहा भएको छ ।
नापी प्रमुख रेग्मीले कार्यालयका हरेक सर्वेच्छक, अमिन र नापी अधिकृतहरूबाट घुस माग्ने तर दिनभरि आफू अन्यत्र हराउने गरेको बताइन्छ । उनले बसुन्धारास्थित नापी कार्यालयमा दिनको एक पटक जानुपर्नेमा त्यसो नगरी टोलीप्रमुखले ल्याएका फाइल अन्यत्र बोलाएर रकमको मोलतोल गरी सदर गर्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply