निगममा दोहोरो जिम्मा
काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाको निगाहमा नेपाल आयल निगमभित्रका केही कर्मचारीलाई दोहोरो जिम्मेवारी दिन थालिएपछि निगमभित्रकै कर्मचारीहरू आक्रोशित भएका छन् । मन्त्री थापाले आफ्नै गृहजिल्ला धनकुटाका मुकुन्दप्रसाद घिमिरेलाई धेरै महत्त्वपूर्ण मानिने योजना, प्रशासन तथा मानव संसाधन र वितरण विभाग गरी दुई विभागका साथै प्रवक्ताको समेत जिम्मेवारी दिएपछि कर्मचारीहरूमा आक्रोश उत्पन्न भएको हो ।
मन्त्री थापाले आफैंले ल्याएका महाप्रबन्धक गोपालबहादुर खड्काले केही कर्मचारीहरूलाई काखी च्यापी दोहोरो जिम्मेवारी सुम्पिएको बताइन्छ । निगमभित्रका तीन वटा कर्मचारी संघले महाप्रबन्धक खड्कालाई दोहोरो जिम्मेवारी दिनु नहुनेतर्फ सचेत गराउँदै भनेका छन्– ‘निगमका कुनै पनि विभाग तथा कार्यालयका कर्मचारीलाई दोहोरो जिम्मेवारीबाट मुक्त गर्नुपर्छ ।’ दोहोरो जिम्मेवारीमा रहेका केही कर्मचारीहरूलाई दोहोरो जिम्मेवारीबाट मुक्त गर्न दबाब दिएपछि अहिले महाप्रबन्धक खड्का तनावमा परेको बताइन्छ ।
अहिले निगमका कर्मचारीहरूले महाप्रबन्धकसमक्ष विभिन्न मागहरू राखेपछि महाप्रबन्धक खड्का हायलकायल हुन पुगेको बताइन्छ । निगमको अधिकांश कार्यालय ०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्प र त्यसपछिका पराकम्पनले क्षति भएकाले कार्यालय भवनमा कार्यरत कर्मचारीहरूलाई सुरक्षाको खतरा रहेको र समयमै ती कार्यालयहरू मर्मत सम्भार वा पुनर्निर्माण वा नवनिर्माण गर्नुर्ुपर्ने कर्मचारीहरूले दबाब दिएका छन् । यसैगरी, भूकम्पबाट मानसिक र भौतिक रूपले प्रभावित
तथा प्रताडित सबै कर्मचारीलाई न्यूनतम ब्याजदरमा कम्तीमा १० लाखसम्म ऋण प्रवाह गर्नुपर्ने पनि पनि कर्मचारीहरूको माग रहेको छ । त्यसैगरी, कर्मचारीहरूले काठमाडौं उपत्यकाभित्र वा काभ्रे जिल्लाको कुनै उपयुक्त स्थानमा कर्मचारी आवास गृह निर्माण गर्नुपर्ने, लुम्बिनी विमानस्थल भैरहवा र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लागेको सन्दर्भमा उक्त स्थानमा तुरुन्त हवाई इन्धन डिपो निर्माण प्रयोजनार्थ जग्गा खरिद गर्नुपर्ने र उपत्यकाको मागलाई ध्यान दिई काभ्रेको भकुण्डबेंसी वा पाँचखालमा निगमको आफ्नै एलपी ग्यास डिपो हुनुपर्ने कुरामा पनि कर्मचारीहरूले जोड दिएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply