अखिलका कार्यकर्तालाई प्रमाणपत्र
काठमाडौं । अनेरास्ववियुले भूकम्पपछिका पुनर्निर्माणका काममा खटेका आफ्ना कार्यकर्ताहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । हिजो राजधानीमा बृहत् कार्यक्रम गरी अखिलले कार्यकर्ताहरूलाई धन्यवादसहितको प्रमाणपत्र वितरण गरेको हो ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले १६बँुदे सहमतिको आधारमा नै संविधान बन्ने निश्चित भएको र अब संविधान निर्माण कार्य कसैले रोक्न नसक्ने बताउनुभयो । ‘१६ बुँदेको जन्मदाता एमाले हो र अब त्यसैको जगमा संविधान जारी हुन्छ’ अध्यक्ष ओलीले भन्नुभयो– ‘संविधान निर्माण रोक्न सक्छु कि भनेर अब कोही माइकलालले ताउर–माउर नगरे हुन्छ ।’
विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य रबीन्द्र अधिकारीले अखिलको प्रशंसा गर्दै जनताको नजरमा अखिलले श्रेष्ठता हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो–विश्वविद्यालयको नजरमा त अखिल यसै पहिलो थियो अब जनताको नजरमा पनि पहिलो सावित भयो । कार्यक्रममा पूर्व विद्यार्थी नेताहरू खिमलाल भट्टराई, भानुभक्त ढकाल, ठाकुर गैरेलगायतको उपस्थिति थियो । पुनर्निर्माणको अभियानमा अखिलका १० हजार कार्यकर्ता परिचालित थिए भने उनीहरूले २ सय १५ विद्यालय, २ सय २१ घर टहरा निर्माण तथा ३ सय ७० जीर्ण घर भत्काएको प्रवक्ता आरसी लामिछानेले बताए । यसबीचमा अखिलले ८ स्वास्थ्य चौकी तथा दर्जनौं स्थानमा स्वास्थ्य शिविर तथा अत्यन्त प्रभावित स्थानमा स्टेशनरी सामग्री वितरण गरेको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply