अखिलमा अनेक काण्ड
काठमाडौं । कुनै बेला, अखिलका नेताहरूको यतिधेरै हाइहाइ हुन्थ्यो कि उनीहरूले लिएको अडान र सुझावलाई एमालेका नेताहरूले समेत गम्भीरतापूर्वक लिन्थे । तर, पछिल्लो समय वैचारिक हिसाबले प्रतिस्पर्धा गर्नेभन्दा पनि लाठीमुंग्रीमा अखिलका नेताहरू भर पर्न थालेका छन् । आफ्नै संगठनभित्र नै कुटपिट र मारमुंग्री गर्नु नै अहिले अखिलको परिचय बन्छ कि भन्ने चिन्ता अग्रजहरूमा छ ।
गत असार ३१ गते पोखरामा त्यस्तै भयो । सो दिन पोखराको पृथ्वीनारायण क्याम्पसमा कास्की जिल्ला कमिटीले जिल्ला कमिटीका पूर्व नेताहरू र एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूको सम्मानमा कार्यक्रम राखेको थियो । कार्यक्रम अवधिभर कुनै घटना भएन । जब कार्यक्रम सिध्दियो, अखिलका गण्डकी अञ्चल इन्चार्ज एवम् केन्द्रीय सचिवालय सदस्य हिरेन्द्र शाहीले केन्द्रीय सदस्य तथा गण्डकीको सहइन्चार्ज नरेश रोकायासँग अञ्चल कमिटीको बैठक राख्नुपर्यो भन्नै पाएका थिएनन्, रोकायाले एक्कासि ‘किन राख्नुपर्यो बैठक ?’ भन्दै जवाफ फर्काए । त्यही विषयमा केहीबेर भनाभन हुँदै थियो, रोकायाले शाहीमाथि हात छोडिहाले । रोकायाले शाहीमाथि कुटपिट गरेको र तथानाम गालीगलौज गरेको ३०–४० जनाले रमाइलो मानेर तमासा हेरेका थिए ।
शाहीलाई कुटपिट गरेर अनुशासन उल्लंघन गरेको ठहर गर्दै अहिले अनेरास्ववियुको केन्द्रीय अनुशासन आयोगले रोकायालाई चार महिनाका लागि निलम्बन गरेको छ । पोखरा घटनाबारे छानबिन गर्न ज्ञानु भण्डारी संयोजक रहेको तीन सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ । उक्त समितिले छानबिन प्रतिवेदन नदिएसम्म रोकायामाथि गरिएको कारबाही यथावत् रहने जनाइएको छ । त्यसो त, रोकायालाई निलम्बन गरेपछि अखिलका इन्चार्ज रबीन्द्र अधिकारीले भने हस्तक्षेप गर्न खोजेका थिए । अधिकारीले पोखरा घटना दु:खदायी भए पनि कारबाही गरिहाल्नुपर्ने आवश्यकता थिएन भनेर रोकायालाई निलम्बन नगर्नसमेत भनेकोबुझिएको छ ।
त्रिचन्द्रमा विचित्र
केही दिनअघि, त्रिचन्द्र कलेजमा पनि अखिलका कार्यकर्ताहरूले त्यस्तै रौद्र रूप देखाएका थिए । कुटपिट, धम्कीमा माहिर मानिने अखिलका उपाध्यक्ष ऐन महरका भाइ अमित महर र महरकै मामाका छोरा हिलारी भन्नेले खुकुरी हानेर अखिलका अर्का कार्यकर्ता जनक सिंहलाई सख्त घाइते तुल्याएका छन् । अखिलको त्रिचन्द्र एकाइका सहसचिव सिंह र सदस्य प्रेम केसीबीच केही समयअघि भनाभन भएको थियो । उनीहरूबीच भनाभन भएपछि महरले उक्त घटना मिलाउन सिंहलाई त्रिचन्द्र कलेजअघिको क्याफेमा बोलाए । तर, घटना मिलाउन भनेर बोलाइएका सिंहमाथि महरले एक्कासि खुकुरी प्रहार गरे । महरले सिंहको ढाडमा खुकुरी हान्दा सिंहलाई समातेका हिलारीको दुई वटा औंलासमेत काटिन पुगेको थियो । सिंहमाथि आक्रमण गर्दा महरको टिम नै थियो भने सिंह भने एक्लै थिए । सिंहलाई आक्रमण गर्ने महर र हिलारीलाई त्यही दिन नै प्रहरीले गिरफ्तार गरेर दरबारमार्ग प्रहरी कार्यालयमा राखेको छ भने घटना संलग्न अरू भने फरार छन् । महरका दाजु ऐन महर पनि केही समयअघि नेविसंघका भीम गुरुङलाई खुकुरी हानेको काण्डमा समातिएका थिए ।
दीपक र थोमसद्वारा बहिष्कार
गत साउन ९ गतेबाट सुरु भएको अखिलको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन १० गते अखिलका नेताभएहरू दीपक गौतम र थोमस बास्तोलाले बहिष्कार गरेका छन् । पोखरा घटनामा रोकायालाई कारबाही गरेपछि त्यसबारे विद्यार्थी इन्चार्ज रवीन्द्र अधिकारीले आफ्नो भनाइ राख्नुपर्ने माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन् । उनीहरूले इन्चार्ज आएपछि मात्रै बैठक गर्ने भनेर बहिष्कार गरेको बताइन्छ । तर, हिजो भएको अखिलको सचिवालयको बैठकमा भने इन्चार्ज अधिकारी उपस्थित थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply