कुटाइ खाएबापत पुरस्कार
काठमाडौं । उद्दण्ड स्वभावका आफ्ना स्वकीय सचिवलाई बचाउन संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले एकजना उपसचिवलाई पुरस्कृत गरेका छन् । केही दिनअघि राज्यमन्त्री जबेगुका स्वकीय सचिव विलास याङ्लाले मन्त्रालयको आन्तरिक शाखाका उपसचिव तुलसी श्रेष्ठलाई फुलट्यांकी तेल नपाएको झोंकमा कुटपिट गरेका थिए । तर, यो घटना चर्किने देखिएपछि उपसचिव श्रेष्ठलाई फकाउन सरुवा र विदेश भ्रमणमा पठाएका छन् ।
केही दिनअघि राज्यमन्त्री जबेगुका पीए याङ्लाले उपसचिव श्रेष्ठसँग पूरै गाडी पेट्रोल मागेका थिए । तर, उपसचिव श्रेष्ठले भने ‘एकजनालाई पाँच लिटरभन्दा बढी दिन नसकिने’ भन्दै असमर्थता जनाएका थिए । उपसचिवको कुरा सुनेर आक्रोशमा आएका पीए याङ्लाले उनलाई कार्यकक्षमै दुईचार मुक्का लगाएका थिए । मुक्का लागेपछि उपसचिव श्रेष्ठ घाइते हुन पुगेका थिए ।
उपसचिव श्रेष्ठ कांग्रेस समर्थक भए पनि मन्त्रालयका सबै कर्मचारीहरूले पीए याङ्लाविरुद्ध मोर्चाबन्दी कसे । पीएको दुव्र्यवहारबाट आजित भएका कर्मचारीहरूले राज्यमन्त्री जबेगुलाई सात दिनको अल्टिमेटम दिँदै ‘पीए याङ्लालाई हटाउनुपर्ने र पीएहरूले चढ्दै आएको गाडी खोस्नुपर्ने’ जस्ता माग राखेका थिए ।
तर, आफ्ना अत्यन्तै विश्वासपात्र याङ्लालाई हटाउँदा समस्या पर्ने देखिएपछि राज्यमन्त्री जबेगुले सुटुक्कसँग उपसचिव श्रेष्ठलाई आफ्नो कार्यकक्षमा बोलाए र श्रेष्ठलाई पिट्ने पीएलाई पनि बोलाए । पीडित र पीडकलाई सँगै राखेर राज्यमन्त्री जबेगुले श्रेष्ठसँग माफी मागे । तर, माफी मागेर मात्र यो प्रकरण नसेलाउने भएको हुँदा पीडित उपसचिव श्रेष्ठलाई सुनसरीको स्थानीय विकास अधिकारी बनाएर पठाउने कामसमेत गरे । यसको साथै श्रेष्ठलाई एक हप्ताका लागि अस्टे«लियाको भ्रमण गर्ने चाँजोपाजो पनि मिलाइदिए । सुनसरीजस्तो आकर्षक जिल्लाको एलडीओ बनेर जान पाउने भएपछि अहिले पीडित श्रेष्ठ चुप लागेको बताइन्छ । र, पीए याङ्लाले पनि अहिले निर्धक्कसँग काम गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply