मेगा बैंक १०औं वर्षमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड दसौं वर्षमा प्रवेश गरेको छ । नौ वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालीन बैंकहरूमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए ।
‘विगत नौ वर्षसम्मको समीक्षा गर्दा मेगा बैंकले शाखाहरूको सञ्जाल विस्तारमा झन्डै आठगुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सिर्जनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको छ,’ अध्यक्ष शाहले भने, ‘जुन उद्देश्यका साथ नौ वर्षअघि यस बैंकको स्थापना गरिएको थियो, त्यो सोचले सार्थकता प्राप्त गरेको मैले अनुभूति गरेको छु ।’
बैंकको दीर्घकालीन रणनीतिअनुसार, देशका सातवटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्यपहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका÷महानगरपालिकाहरूमा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको उनले बताए । सोहीअनुरूप बुटवलमा प्रादेशिक भवन निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष शाहले केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशहरूमा आफ्नै घरजग्गामा प्रादेशिक कार्यालय सञ्चालन गर्ने कार्य योजना रहेको बताए । उनले भने, ‘सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको व्यावसायिक प्रवद्र्धन गर्न लगानी वृद्धि गर्दै जाने तथा सोहीअनुरूप व्यापार प्रवद्र्धन गरिएका क्षेत्रका समुदायहरूसँग अन्तरघुलित हुन सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेश सरकारहरूसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका क्षेत्रहरूको पहिचान गर्दै प्राथमिकीकरण गरी सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति लिएका छौं ।’
सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात् गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले बताए । ‘मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौं । सोहीअनुरूप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामीप्य राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरूलाई आबद्ध गर्दै अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढ्नुको विकल्प हामीसँग छैन,’ अध्यक्ष शाहले भने ।
कार्यक्रममा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताए । एक दशकमै मेगा बैंकले समकालीन बैंकहरूको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको छ,’ उनले भने, ‘अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरूका कारण पनि ग्राहकहरूको विश्वास जित्न सफल भएको मलाई अनुभूति भएको छ । अब मिडक्याप बैंकहरूसँग प्रतिस्पर्धा गर्दै अघि बढ्छौं ।’ मेगा बैंकले डिजिटाइजेसन र नवीनतम प्रविधिहरू भिœयाएको बताउँदै क्युआर कोड पनि त्यसकै उदाहरण भएको सिइओ खुञ्जेलीले बताए ।
सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा पनि गरे । छोरीहरूको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरूप बैंकले ‘शिक्षा नै ज्योति अभियान’अन्तर्गत प्रत्येक शाखाबाट एक÷एकजना छात्रालाई छनोट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायताको सुरुवात भइसकेको उनले बताए । ‘हाम्रो यस अभियानबाट छनोट भएका बालिकाहरूले आर्थिक अभावका कारण पढ्न नपाउने तथा बीचमै पढाइ छाड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । बालिकाहरूको उज्ज्वल भविष्यका लागि यो छात्रवृत्ति महŒवपूर्ण साबित हुने हाम्रो विश्वास छ । यसै वर्ष यस कार्यक्रममार्पmत बैंकले आर्थिक रूपमा कमजोर १ सय २ जना छात्राहरूलाई समावेश गरिसकेको छ । ‘आगामी वर्ष यस छात्रवृत्तिको संख्या बैंकको शाखा विस्तार भएसँगै बढ्दै जानेछ,’ सिइओ खुञ्जेलीले भने । ‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा लिएको मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्ब बढेर करिब ८२ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि १५ अर्ब ५० करोड बढेर करिब ७३ अर्ब रुपैयाँ पुगेको छ । ग्राहक संख्या पनि झन्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको छ । देशभर मेगा बैंकका १ सय २ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । यसैगरी १ सय २ वटा एटीएम मेसिन, १ सय १९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र २५ सय मेगा रेमिट एजेन्टहरूको सञ्जाल फैलिएको छ । यसैबीच वार्षिकोत्सवका अवसरमा मेगा बैंकले उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङतावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ ।
एसईई सकेपछि उच्च शिक्षा अध्ययन गर्न आर्थिक अभाव झेल्दै आएका बुढालाई गत वर्ष बैंकले कक्षा ११ अध्ययन गर्न १ लाख रुपैयाँ सहयोग गरेको थियो । अहिले कक्षा १२ मा अध्ययनरत बुढालाई नवौं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले पुनः १ लाख रुपैयाँ सहयोग गरेको हो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेलीले उहाँलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । मेगा बैंकले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई हरेक वर्ष सहयोग गर्दै आएको छ ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply