आजबाट भ्रमण वर्ष २०२० को सुरुवात
काठमाडौं । आज अर्थात् जनवरी १ बाट नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न दशरथ रंगशालामा आयोजना हुने भव्य समारोहबीच भ्रमण वर्षको औपचारिक सुरुवातको घोषणा गर्नेछिन् । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् ।
सन् २०२० मा २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्यसहित २०१७ मै भ्रमण वर्ष २०२० को घोषणा गरिएको थियो । यो वर्षलाई भ्रमण वर्षको प्रस्थान बिन्दु मान्दै एक दशक अर्थात् २०३० सम्म नै भ्रमण दशकको रूपमा मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउँदै आएका छन् । अहिले नेपालको अर्थतन्त्रमा ३ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रलाई यो अवधिमा कम्तीमा १० प्रतिशत पु¥याएर अर्थतन्त्रको मुख्य आधार बनाउने लक्ष्यअनुरूप काम भइरहेको पनि मन्त्री भट्टराईले बताएका छन् ।
भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य बनाउन सबैखाले तयारी सकिसकेको पर्यटन मन्त्रालयले जनाएको छ । यसबीचमा झन्डै ३० वटा नेपालस्थित कूटनीतिक नियोग, सबै राजनीतिक दल, तीनका भ्रातृसंगठन, खेलकुद, शैक्षिक, उद्योग वाणिज्यलगायत झन्डै एक सय सरकारी तथा गैरकारी संघ, संगठनसँग छलफल तथा परामर्श गर्नुका साथै विदेशस्थित कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघमार्फत भ्रमण वर्षको तयारीका आवश्यक काम भएको जनाइएको छ ।
बाँकी पृष्ठ ३ मा
सम्बन्धित समाचार
-
बाँदरलाई मकैको गोठालो बनाउँदा यस्तै हुन्छ
- माक्र्सवाद र दर्शन
- चीनको सद्भाव ः नेकपाको एकता
-
राजनीतिक संविधानवाद र नैतिकता
-
चीनको समाजवादी शासन र नेपाल
-
कर्तय र दायित्व नसम्झिने कस्तोे संघीयता ?
-
दिगो विकास, संयुक्त राष्ट्र संघ र नेपालको संविधान
-
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको एक वर्ष
-
अमेरिकी शासन प्रणाली, मानवअधिकार र नेपालको संविधान
-
बुद्ध जन्मस्थलबारे भ्रम निवारण
- प्रहरीको झुलमा फेरी झेल
- जाँदाजाँदै खनालको अर्को लज्जास्पद काम
Leave a Reply