जाँदाजाँदै खनालको अर्को लज्जास्पद काम
काठमाडौं । आफ्नो कार्यकालमा संगठनलाई व्यावसायिक बनाउने र मनोबल उच्च राख्ने मामिलामा सिन्कोसम्म भाँच्न नसकेका नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले अवकाशको अन्तिम दिन पनि आफू सेलिब्रटी बन्नकै लागि जग हसाउने लाजमर्दो काम गर्न बाँकी राखेनन् ।
पदावधि सकिने अघिल्लो दिन सोमबारसम्म पदावधि थप्न अथक प्रयास गरे पनि उनको प्रयास काम लागेन । आफ्नो पदावधि नथपिने बुझेपछि अन्तिम दिन मंगलबार उनले नियम, परम्पराविपरीत केन्द्रीय कार्यलयभित्रै बनेको अडिटरियम हलको काम नसकिँदै उद्घाटन गरे । त्यहाँ पनि उनले आफ्नो कार्यकालको आफंैले प्रचार गरे । हल निर्माण सम्पन्न भएर सम्झौताअनुसारको भुक्तानी पनि भइसकेपछि मात्र उद्घाटन गर्ने प्रचलनविपरीत उनले निर्माण हुन २० प्रतिशत काम बाँकी छदै उद्घाटन गरेर आफ्नो प्रचारमुखी चरित्र उदांगो बनाएका हुन् ।
संगठनको प्रमुख भएदेखि नै विवादैविवादमा आएर असफल साबित खनाल अपेक्षाकृत र प्रचार गरिएजस्तो खासै गतिलो नदेखिएको विश्लेषण छ । संगठनका सरुवा, बढुवादेखि अनेक प्रकारका विषयमा उल्झनमा आउनुका साथै केही घटनाका कारण इतिहासमै प्रहरी संगठन बदनाम हुन पुग्यो । आईजी नियुक्त हुनासाथ भद्रगोल संगठनलाई व्यवस्थित पार्नुपर्नेमा संगठनलाई गति दिनुपर्ने कुनै काम गर्न सकेनन् ।
समुदाय–प्रहरी साझेदारीको नारा लिएर बिदाइको अन्तिम दिनसम्म विभिन्न उद्घाटन र शिलान्यासका केन्द्रित रहेका आईजी खनालले निर्मला पन्तको हत्याका सम्बन्धमा कुनै दोषी पत्ता लगाउन सकेनन् । त्यति मात्र होइन, कुमार पौडेलको हत्याले पनि प्रहरी संगठनलाई बदनाम बनायो । काँडाघारीमा अपहरण भएको बालकको हत्या प्रकरणमा पनि खनालको सुझबुझपूर्ण निर्णय र निर्देशन नभएका कारण त्यस्तो घटना भएको बताइएको छ ।
उनी महानगरीय अपराध महाशखाका एसएसपी हुँदा पनि केही एक्सन लिएर चर्चामा आएका थिए तर कालान्तरमा ती एक्सनहरू चर्चा बटुल्नकै लागि मात्र ल्याइएजस्तो साबित भएका छन् । खेलाडीहरूको म्याच फिक्सिङ, पेट्रोलपम्पमा नक्कली मिटर जडान गरी ठगिएकोलगायत विषय चर्चाका लागि ल्याइए पनि उनीहरूले अन्ततः सफाइ पाएका छन् । यसले उनको कदम अपरिपक्व देखिएको थियो । मंगलबारबाट आईजीपी सर्वेन्द्र खनाल, एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरूले एकैपटक अवकाश प्राप्त गरेका छन् ।
हिजो को मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ आइजीमा डीआईजी ठाकुरप्रसाद ज्ञवालीको नियुक्त गरेको छ । खनालसँगै सबै एआइजी अवकास भएपछि बरिष्ठताका आधारमा अगाडी रहेका ज्ञवालीलाई नियुक्त गरिएको हो । ज्ञवालीले प्रहरी संगठनभित्र इमानदार अधिकृतको छवी बनाएका छन् । प्रहरी प्रमुखकारुपमा उनको कार्यकाल पाँच महिनाको हुनेछ ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply