वामदेवलाई पट्यारलाग्दो प्रतीक्षा
काठमाडौं । पार्टीभित्रको किचलो र संवैधानिक अवरोधका कारण कार्यकारी प्रमुख बन्ने महŒवाकांक्षाबाट पछि हट्दै अन्ततः मन्त्री बन्न तयार बनेका नेकपाका उपाध्यक्ष वामदेव गौतमका लागि अदालती प्रक्रिया पट्याएरलाग्दो प्रतीक्षाको विषय बनेको छ ।
कोभिड–१९ को महामारीका कारण सर्वोच्च अदालतका न्यायाधीशहरू नै दसैंसम्म होम आईसोलेसनमा बसेका कारण गौतमको थप सुनुवाइ दसैंपछि कहिले हुने हो अझै टुंगो लागिसकेको छैन ।
राष्ट्रपतिबाट मनोनीत कोटामा राष्ट्रियसभामा मनोनीत भएपछि निर्णय बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटमा ७ असोजमा सर्वोच्च अदालतले तत्कालका लागि थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो । त्यसपछि पेसी चढाएर सर्वोच्चले दुईपटक सुनुवाइ गरे पनि कोभिड–१९ प्रभावका कारण न्यायाधीशहरू अदालतै गएका छैनन् । १४ असोजमा गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे पहिलो छलफल भएको थियो ।
पार्टीको कामलाई प्रभावकारी बनाउन सचिवालयबाट उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउनुपर्ने मत केन्द्रीय सचिवालयमा प्रभावी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाललगायत बहुमत सचिवालयका नेताहरू दुवैलाई सरकारमा पठाउनुपर्नेमा छन् । सरकारले आधा कार्यकाल गुजारिसकेको र अबका दिनमा चुनावी घोषणापत्रअनुरूप कार्यसम्पादन तीव्र ढंगले अगाडि बढाउनुपर्ने चुनौती नेकपासामु रहेको निष्कर्ष २६ भदौमा सम्पन्न स्थायी समितिले निकालेको थियो । त्यही निष्कर्षका आधारमा सरकार पुनर्गठनबारे ओली र प्रचण्डबीच नियमितजस्तै छलफल हुँदै आए पनि सर्वोच्च अदालतले गौतमबारे निर्णय गर्न ढिलाइ गर्दा पुनर्गठनको काम अगाडि बढ्न सकेको छैन । पार्टी निर्णय कार्यान्वयनमा आलटाल गर्दै आएका प्रधानमन्त्री ओलीका लागि अदालतको ढिलाइ रक्षाकवचजस्तो देखापरेको छ ।
मन्त्रिपरिषद्बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनीत भएका गौतमले १ असोजमा राष्ट्रिय सभा सदस्य पदको शपथ खाएका थिए । शपथलगत्तै उनले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने बताएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply