चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको एक वर्ष
माधवकुमार नेपाल
चीनबाट हामीले के सिक्ने ?
चिनियाँ राष्ट्रपति सी जिन फिङले गर्नुभएको नेपाल भ्रमण (१३–१४ अक्टोबर २०१९) एक वर्ष पूरा भएको छ । उक्त भ्रमण आफंैमा ऐतिहासिक र महŒवपूर्ण थियो । उहाँले नेपालसँगको सम्बन्धलाई जुन महŒव दिनुभएको छ, जुन महŒवअनुरूपमा उहाँको भ्रमण नेपालमा भयो, त्यो हामी सम्पूर्ण नेपालीका निम्ति गौरव र खुसीको कुरा हो । असल छिमेकीको सम्बन्धको एउटा उदाहरण पनि हो ।
चीनले १९८९ पछि जुन आधुनिकीकरण, खुला बजार अर्थतन्त्रको बाटो लियो, त्यसपछि उसले जुन लक्ष्यहरू सार्दै गयो, त्यसमा उसले रफ्तारका साथ प्रगति गर्दै गयो । तोकेको लक्ष्य पनि उछिन्दै अगाडि बढ्दै गयो । आज आर्थिक रूपले विश्वको दोस्रो ठूलो देशका रूपमा उदय भएको छ । दोस्रो ठूलो अर्थतन्त्र भएको देशका रूपमा विश्वमा आफ्नो उपस्थिति जनाएको छ । यद्यपि, अहिले पनि विकासशील देशकै दाँजोमा पर्दछ । चीनको विशाल भूगोलको आकार र जनसंख्याका कारण र अझै पनि गरिबीको रेखामुनिका जनतालाई त्यसबाट मुक्त गर्ने काम बाँकी रहेकाले सिंगो अर्थतन्त्रको आकार बढेको भए पनि सिंगो देश प्रतिव्यक्ति आयको तहमा उत्रन सकेको छैन । तर यसका बाबजुद पनि आर्थिक रूपमा कमजोर भएको चीनलाई यो तहमा पु¥याउने काममा चिनियाँ नेताहरूले जुन भूमिका खेल्दै आउनु भयो, उहाँहरू सबै सम्मान र प्रशंसाका पात्र हुनुहुन्छ ।
पछिल्लो कालमा जब सी जिन फिङले चीनको नेतृत्व सम्हाल्नुभयो, उहाँले बेल्ट एन्ड रोडसम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सार्नुभयो । पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले ग¥यो । उहाँ आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो । सिंगो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिक रूपले लाभ हुने जुन प्रस्ताव अगाडि सार्नुभयो, त्यो अत्यन्तै सराहनीय छ । एसियन इन्भेस्टमेन्ट इन्फास्ट्रक्चर बैंकको निर्माण गरेर यो प्रस्ताव अगाडि आएको छ । यो बैंकले धेरै देशलाई ऋण पनि उपलब्ध गराएको छ । यही पृष्ठभूमीमा नेपालमा उहाँको जुन भ्रमण भयो, भ्रमणका क्रममा आर्थिक सहायताका जुन प्रतिवद्धताहरू व्यक्त भए, त्यो सराहनीय छ । रेल र रोडले जोड्ने, विभिन्न नाका खुला गर्ने र नेपालको समृद्धिका निम्ति के–कस्ता सहयोग आवश्यक छन्, ती सहयोगका निम्ति पनि अग्रसर हुने उदारता देखाउदै नेपालसँगको सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा व्याख्या गर्ने काम भयो, त्यो आफैमा महŒवपूर्ण छ ।
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालको कम्युनिस्ट पार्टीबीच धेरै पुरानो सम्बन्ध छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना १९४९ अप्रिलमा भएको हो । १९४९ कै अक्टोबरमा चीन मुक्त (स्वतन्त्र) भएको हो । बेइजिङमा भएको आन्दोलनपछि अब चीन मुक्त हुँदैछ भन्ने नेपाली कम्युनिस्टहरूले बुझिसकेका थिए । अक्टुबरमा मुक्त भए पनि उसको माओत्से तुङको नेतृत्वमा विजय अभियान अगाडि बढिरहेको थियो । त्यसले नेपाली कम्युनिस्टलाई धेरै उत्प्रेरित गरेको थियो । माओत्से तुङले अगाडि सार्नुभएको नयाँ जनवादको विचारलाई नेपाली कम्युनिस्टले पनि ग्रहण गरेको थियो । चीनजस्ता अल्पविकसित राष्टहरू, अर्धसामन्ती देशहरूका निम्ति अवश्य पनि माक्र्सवाद, लेनिनवादलाई आफ्नो देशको धर्तीमा प्रयोग गर्नका निम्ति जनवादी क्रान्ति नै आवश्यक हुन्थ्यो । जसले साम्राज्यवाद र सामन्तवादको शोषण र शासनलाई अन्त्य गर्न सक्थ्यो । र, सर्वहारा वर्गको नेतृत्वमा मजदुर, किसानहरूको एकतामा आधारित भएर समाजका सबै मेहेनेती जनसमुदायले राष्ट्रिय पँुजी पनि साथमा लिएर, देशभक्त शक्तिलाई पनि साथ लिएर मुक्तिको यात्रा पार गर्ने र सफलताको बिन्दुमा पुग्ने मार्गदर्शन गरेको थियो । त्यही मार्गदर्शनअनुरूप नै नेपालको कम्युनिस्ट पार्टी अगाडि बढ्दै गयो । धेरै उतारचढाव, एकता, विभाजन फेरि एकताका धेरै शृंखला पार गर्दै सन् १९७० को दशकमा चीनकै माओत्सेतुङ विचारधाराबाट र सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर नेपाली कम्युनिस्टहरू अगाडि बढेका थिए । यो सबै पृष्ठभूमिमा, कम्युनिस्ट पार्टी नै सरकारमा भएका बेला उहाँको नेपाल भ्रमण हुनु अर्को महŒवपूर्ण घटनाक्रम थियो । नेपाली देशभक्तलाई माया गर्ने चिनियाँ नेतृत्वको आवागमन र नेपाली कम्युनिस्टहरूका निम्ति पनि चिनियाँ कम्युनिस्ट पार्टीको महŒवपूर्ण व्यक्तित्व (महासचिव) र देशकै राष्ट्रपतिको पनि आवागमन महŒवपूर्ण कुरा थियो । उहाँको भ्रमण अवधिको समय छोटो भए पनि उपलब्धिमूलक थियो । हामी अत्यन्तै उत्साहित पनि भएका थियौं । कतिपय सहमति, सम्झौताहरूको काम हुने क्रम पछिल्लो कालमा सुरु पनि भएको छ । अवश्य पनि अपेक्षा गरेअनुरूप कतिपय कुराहरू हुन सकेनन् होला तर यसका बाबजुद पनि त्यस दिशामा अगाडि बढ्ने बाटो खोलियो । नेपाललाई तुलनात्मक रूपमा लाभ हुने अवसर छ कि छैन भन्ने राम्रो विश्लेषण हुनुपर्दछ । जसले जे दियो, हात थापेर लिइहाल्ने कुरा पनि राम्रो होइन । दिन्छन् भनेपछि आँखा चिम्लेर चल्ने पनि होइन ।
प्रतिस्पर्धी विश्वभित्र हामीलाई सबैभन्दा बढी लाभ कसरी हुन सक्छ भन्ने गहिरो अध्ययन हुनुपर्छ । प्रत्येकका आफ्ना सीमाहरू हुन्छन् । त्यो सीमाभित्र रहेर उनीहरूले केही नियम बसालेका हुन्छन् । ती नियम हाम्रा निम्ति कति उपयोगी हुन्छ, कति मेल खान्छ भन्ने खोजी गर्ने काम हाम्रो हो । किनभने, हामी नेपालका निम्ति छुट्टै सहयोगको माग त गर्न सकौंला तर कुनै संस्थासँग आबद्ध भइसकेपछि संस्थाका बेग्लै नियम र परिधिलाई बुझेर चल्नुपर्छ । हामी चाहन्छौं, चीनसँगको हाम्रो सम्बन्ध राम्रो होस्, घनिष्ठ होस्, अत्यधिक आत्मीय होस् र बहुआयामिक पनि होस् । चीनसँगको सम्बन्ध राम्रो होस् भन्दा भारतसँगको सम्बन्ध कमजोर होस् भन्ने हामी चाहँदैनौं । हामी कुनै छिमेकी देशलाई अर्काको आँखाले हेर्दैनौं । कतिपय देशमा एउटा मान्यता के छ भने नेपालीहरू अर्कैको आँखाले संसारलाई हेर्छन् भन्ने छ । नेपालीको आफ्नो छुट्टै आँखा छ । हामी पृथ्वीनारायण शाहको आर्दश, नेपाल दुई ढुंगाबीचको तरुलका रूपमा रहेको हुनाले ज्यादै विचार पु¥याएर हाम्रो परराष्ट्र नीति चल्नुपर्छ भन्ने मान्यतालाई गहिरोसँग समातेका छौं । पछिल्लो कालमा पनि राजा महेन्द्र्रकै पालमा भन्न सकिन्छ, हामी असंलग्न परराष्ट्र आन्दोलनको सदस्य बन्यौं । त्यो मान्यतालाई आत्मसात् गरेकै कारण नेपालले निकै ठूला संकटलाई पनि सहजै पार गर्न सकेको छ । चीन र भारतकै बीचमा सन् १९६२ मा त्यत्रो ठूलो युद्ध भयो । त्यो युद्धका बेला पनि नेपाली समाज छोइएन । नेपाल त्यसमा कतै टाँसिनुपरेन । असंलग्न नै रह्यो । स्विजरल्यान्डले पनि आफ्नो स्वतन्त्रतालाई जोगाएर राखेको छ । विश्वयुद्धको बेलामा समेत आफ्नो असंलग्नतालाई जोगाउन सक्यो । तटस्थता कायम राख्न सक्यो । हामीले पनि त्यस्तै असंलग्नता र तटस्थता लाई कायम राख्न सक्नुपर्छ । दुईबीचको विवादमा नेपाललाई दुईमध्ये कसैले पनि नमुछून् भन्ने कुरामा होस गर्नुपर्छ । आफैं मुछिने कुरा त सोच्नसमेत हुन्न । छिमेकीहरूले त्यस्तो केही आशा गरेका पनि छैनन् । गरिहालेका छन् भने पनि उनीहरूलाई विनम्रतापूर्व सम्झाउनुपर्छ कि नेपालको हित र कल्याण यही कुरामा छ । नेपाल बुद्ध जन्मेको धर्ती हो । यो धर्तीका हामी चाहन्छौं, विश्वमा बुद्धको शान्तिको सन्देश फैलियोस् । धैर्य र संयम राख्दै, समस्या नचर्कियोस् भन्ने कुरामा होस् राख्दै जानुपर्ने खाँचो छ । यदाकता छिमेकीबीच मुठभेडका कुरा सुन्दा हामी चिन्तित हुन्छौं । त्यस्तो नभइदिए हुन्थ्यो भन्ने कामना र चाहना गर्छौं । हाम्रो त्यो चाहना र कामना उहाँहरूसमक्ष बेलाबखतमा पु¥याइरहेका पनि हुन्छौं । र, आग्रह गरिरहेका हुन्छौं, ‘नेपाललाई यस कुरामा नमुछिदिनुस् ।’ नेपालजस्तो सानो मुलुकले दुवै छिमेकी देशसँग सुमुधुर र समनिकटताको सम्बन्ध राख्दै अघि बढ्नुपर्ने खाँचो छ । यस कुरालाई चिनियाँ नेतृत्वले पनि बुझेका छन् । चीनले हामीलाई कहिल्यै भारतविरुद्ध प्रयोग गर्ने प्रयास गरेको हामीले पाएका छैनौं, यो खुसीको कुरा पनि हो । भारतले पनि त्यही कुरा बुझ्नु पर्छ, बुझेको पनि हुनुपर्छ । दुई देशका बीचमा नेपाललाई कसैले पनि शंकाको नजरले हेर्नु जरुरी छैन । नेपालको भूमि हामी हाम्रा छिमेकी देशका बीचमा प्रयोग हुन कुनै पनि हालतमा दिदैनौं । नेपालको भूमिप्रति चीन र भारत दुवैले संशकित हुनुपर्ने आवश्यकता छैन । अवश्य पनि तेस्रो पक्ष वा देशबाट त्यस्तो प्रयत्न हुन्छ भने त्यसको जानकारी हामीले पाउन सक्यौ भने त्यसलाई नियन्त्रण गर्ने र नेपालको भूमिबाट त्यसखालका गतिविधि नहुने कुरालाई हामी सुनिश्चित गर्ने काम गर्नेछौं । यस अर्थमा यी कुरामा हामी निकै संवेदनशील र सजग छौं ।
नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले पनि हामीले भूजडित अवस्था बनाउन एकातिर भारत र बंगलादेशबाट समुद्रसम्म पुग्ने बाटो प्रयोग गरिरहेका छौं । भारतबाट एकतर्फी रूपमा प्रयोग गरिरहेका थियौ, त्यसपछि बंगलादेशको बाटोलाई पनि प्रयोग गर्ने सिलसिला अगाडि बढाइयो । चीनले पनि दूरी केही लामो भएपनि रेलवे सिगात्सेसम्म आइपुगेपछि र त्यो केरुङसम्म जोडिएपछि धेरै लामो छैन । आखिर समुद्रबाट पनि चीनको बाटो हँुदै कलकत्तासम्म समान ल्याउने हो । कलकत्ताबाट ट्रकमा नेपालसम्म ल्याउने हो । यता रेलवेबाट ल्याउने भएपछि अझ दूरी र समय घट्छ । यसको हामीले अधिकतम सदुपयोग गर्न सक्नुपर्छ । ढुवानी लागत कहाँबाट सस्तो पर्छ भन्ने कुराको हिसाबकिताब गर्नुपर्छ । जहाँबाट सस्तो पर्छ, त्यही रुट प्रयोग गर्ने नै हो । अर्कोतर्फ अप्ठेरो पर्दाखेरिका लागि वैकल्पिक बाटो पनि खोज्नुपर्छ । नेपालले आफ्नो इतिहासमा समयसमयमा केही त्यस्तो अप्ठेरोको सामना गर्दै आएको छ । भूपरिवेष्टित भएकै कारण पारवहनका सन्दर्भमा नेपालले अप्ठेरो स्थितिको सामना गर्दै आएको हुनाले पनि चीनबाट अर्को वैकल्पिक रुटको सुनिश्चितता गरिरहेका छौ, त्यो स्वाभाविक पनि हो । नेपालको पर्यटनका लागि चीन राम्रो बजार हो । अर्थात्, चिनियाँ पर्यटकका निम्ति नेपाल राम्रो बजार हो । चिनियाँ पर्यटकहरू जो ठूलो संख्यामा संसारमा घुम्न गइरहेका छन्, उनीहरू बुद्धको जन्मभूमि नेपालमा, प्राकृतिक रूपले रमणीय देश नेपालमा आउन चाहन्छन् । उनीहरूलाई हामीले आकर्षित पनि गर्नुपर्छ । जसरी हामीले भारतबाट ठूलो संख्यामा हिन्दू धर्मालम्बीलाई वा युवालाई नेपालमा आकर्षित गर्ने काममा लाग्नुपर्छ, त्यत्तिकै ध्यान बौद्ध धर्मालम्बीलाई नेपालमा ल्याउनमा पनि लगाउनुपर्छ । पर्यटन नेपालको मुख्य आम्दानीको स्रोत बन्न सकोस् भन्ने हाम्रो चाहना हो । भोलि गएर जसरी माल्दिभ्समा त्यहाँ पर्यटनले देशको अर्थतन्त्रको ७० प्रतिशत हिस्सा धानेको छ, नेपालको अर्थतन्त्रमा पनि पर्यटनले नै ठूलो प्रतिशत धान्ने अवस्थाा बन्छ । संसारका धेरै देशको आँखा चीनमा छ । चिनियाँ बजारमा छ । चिनियाँ नागरिकमा छ । हाम्रो पनि ध्यान चीनमा जानुपर्छ । नेपाल चीनका सामु केही पनि होइन । तीन करोड जनसंख्या भएको देशको बजार कति नै ठूलो हुन्छ र ? तर नेपालका लागि त्यो ठूलो कुरा हो । हाम्रो देशको व्यापार घाटालाई सन्तुलन गर्न पनि चीनसँगको सम्बन्धले ठूलो मद्दत गर्नेछ । आयात प्रतिस्थापन उद्योगहरू र निर्यात प्रवद्र्धन उद्योगहरूलाई जोड दिने कुरामा छिमेकी देशहरूबाट सिक्न सकिन्छ ।
चीनबाट सिक्ने अर्को कुरा । चीनले गरिबी निवारणको लक्ष्यलाई यही वर्षको अन्त्यमा पूरा गर्न गइरहेको छ । कसरी चीनले त्यत्रो संख्यामा भएको बीसौं करोड मान्छेलाई गरिबीको रेखामुनिबाट माथि उठायो ? नेपालजस्तो सानो देशमा एक समय ४२ प्रतिशत जनता गरिबीको रेखामुनि थिए भने अहिले घटेर १७ प्रतिशत भन्ने गरिएको छ । ती नागरिकलाई कसरी गरिबीको रेखाबाट माथि उठाउने हो, कसरी उनीहरूलाई देशको आर्थिक विकासको काममा जोड्ने हो, त्यसका निम्ति पनि हामीले चीनबाट धेरै सिक्न सक्छौं । सिक्नुपर्ने आवश्यकता पनि छ । तर, यो काममा हामीबाट ढिलाइ भइरहेको छ । जति हामीले त्यहाँ सम्भावनाहरूलाई उपयोग गनुपर्ने हो, उहाँहरूका प्रस्तावहरूलाई, त्यसरी हामीले प्रयोग गर्न सकिरहेका छैनौं । किन सकेका छैनौं भन्ने कुरा आर्थिक विकास र व्यापार प्रवद्र्धनका पक्षमा गहन अध्ययन, विश्लेषण गरेर मात्र भन्न सकिन्छ ।
व्यापारिक पक्ष मात्र होइन, दुई देशबीचको जनस्तरको सम्बन्धको महŒव पनि उत्तिकै छ । जब वैकल्पिक अरू बाटाहरू खुल्दै जान्छन्, अनुभव आदानप्रदान पनि अझ समधुर रूपमा चल्दै जान्छन् । शिक्षा, स्वास्थ, विज्ञान, आविष्कार आदिका क्षेत्रमा पनि धेरै कुरा सिक्न सक्छौं । नेपाली विद्यार्थीले त्यहाँ पढ्ने अवसरले अझ व्यापकता पाउन सक्छ । ज्ञानका कुरादेखि लिएर पुँजीको सहयोगसम्मका कुरामा यो सम्बन्धलाई विस्तार गर्नुपर्छ । जनताजनताबीचको जनस्तरको सम्बन्धलाई बलियो बनाउन सकियो भने त्यसले सरकार सरकारबीचको सम्बन्धलाई अझ कसिलो बनाउन मद्दत नै पु¥याउँछ । नेपाल र चीनबीचको सम्बन्ध युगौं पुरानो हो । भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध रहेको हामी भन्छौ । नेपाली चेली सीतासँग रामको विवाह भएकाले त्यसो भनियो । त्यसैगरी नेपाली चेली भृकुटीसँग चीनका सङकम गम्पोले विवाह गर्दा पनि रोटीबेटी भन्न सकिन्छ । नेपालका कलाकार अरनिकोले चीनमा गएर नेपाली कलाकृति बनाए । पहिलेका राजाहरूले पनि राज्य विस्तार गर्नेक्रममा चीनका शासकहरूसँग धेरैपटक क्षेत्र विस्तारका क्रममा युद्ध गरे । पछिसम्म नेपालले चीनका कतिपय भूभागहरूमा आफ्नो अधिकार भएको हुनाले पनि कुत असुल्ने काम पनि गथ्र्यो । यी सबै पृष्ठभूमि हेर्दा के देखिन्छ भने यो सम्बन्ध आजको होइन, धेरै पुरानो हो । यो सम्बन्ध राजनीतिक तहमा पनि थियो, सामाजिक, धार्मिक, सांस्कृतिक तहमा पनि थियो । काठमाडौंका व्यापारीहरू सियानसम्म पनि पुगेर व्यापार गर्ने गर्थे । नुन र सुन ल्याउँथे । यताबाट चौरीको घ्यू, ऊन आदि उता लगेर बेच्थे । यसरी पनि दुई देशबीच व्यापार व्यावसाय फैलाउने काम भएको थियो । यति पुरानो यो सम्बन्धलाई अझ हामीले आजको आवश्यकताअनुरूप, मागअनुरूप अगाडि बढाएर लैजानु आवश्यक छ । सी जिन पिङको उक्त भ्रमणले यो सम्बन्धलाई अझ उचाइमा पु¥याउन निकै ठूलो मद्दत गरेको छ । यस्ता भ्रमण आउँदा दिनमा पनि बरोबर जारी रहोस् । सम्बन्ध सुमधुर हुँदै जाओस् । हामी दुवै कम्युनिस्ट पार्टीबाट शासित मुलुक पनि हौं । कम्युनिस्ट पार्टी–कम्युनिस्ट पार्टीबीचको सम्बन्धले पनि दुई देशबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ । यसर्र्थ पनि हामी चीनसँगको सम्बन्धबाट धेरै आशावादी हुन्छौं ।
सम्बन्धित समाचार
-
बाँदरलाई मकैको गोठालो बनाउँदा यस्तै हुन्छ
- माक्र्सवाद र दर्शन
- चीनको सद्भाव ः नेकपाको एकता
-
राजनीतिक संविधानवाद र नैतिकता
-
चीनको समाजवादी शासन र नेपाल
-
कर्तय र दायित्व नसम्झिने कस्तोे संघीयता ?
-
दिगो विकास, संयुक्त राष्ट्र संघ र नेपालको संविधान
-
अमेरिकी शासन प्रणाली, मानवअधिकार र नेपालको संविधान
-
बुद्ध जन्मस्थलबारे भ्रम निवारण
- प्रहरीको झुलमा फेरी झेल
- जाँदाजाँदै खनालको अर्को लज्जास्पद काम
- आजबाट भ्रमण वर्ष २०२० को सुरुवात
Leave a Reply