सम्धिपछि फेरि भतिजलाई काँध
बुधबार डेस्क
काठमाडौं । उपप्रधानमन्त्री भएर पनि कुनै जिम्मेवारी नदिई प्रधानमन्त्री कार्यालयको सचिवको कोठामा थन्क्याइएका ईश्वर पोखरेलले आफ्ना मान्छेलाई ठाउँमा पु¥याउन कतिसम्म चलखेल गर्दा रहेछन् भन्ने पछिल्लो दृष्टान्त प्रहरीको दरबन्दी थप प्रकरण बनेको छ ।
उनले आफ्ना विश्वासपात्र (भतिज नाता पर्ने) र सेटिङमा माहिर डीआईजी विश्वराज पोखरेलललाई एआईजी हुँदै आईजी बनाउन सरोकारवाला गृह मन्त्रालयलाई समेत थाहै नदिई चलखेल गरेको पत्ता लागेको हो । प्रहरीको चेन अफ कमान्ड नै कमजोर हुने गरी आइजी तथा गृहमन्त्री रामबहादुर थापा बादललाई समेत गुमराहमा पारेर पोखरेलले चलखेल गरेपछि प्रहरी संगठनभित्रै आपत्ती सुरु भएको छ । हुन त आफ्नै जोडबलमा उनले एसएसपीबाट डिआईजी बढुवामा पनि विश्वराज पोखरेललाई एकल बढुवा गर्न सफल भएका थिए । जुन कुराको प्रहरी संगठनबाट व्यापक विरोध भएको थियो ।
विगतमा नेपाल प्रहरीमा सबै गरेर २६ वटा डीआईजीको दरबन्दी रहेकाका पछिल्लोेपटक कटौती गरेर १४ मा झारिएको थियो । संगठनमा फजुल खर्च रोक्ने मनशायका साथ १२ जना डीआईजी कटौती गरे गृहले पनि पुनः पाँचजना थप्ने सिफारिस गरेको थियो । मन्त्रिपरिषद्अन्तर्गत रहेको प्रशासन हेर्ने समितिको संयोजक ईश्वर पोखरेल छन् । सानातिना हलल्दार तथा असईहरूसँग पनि घुस खाएको आरोप लाग्ने गरेका उनले गृह मन्त्रालयबाट औपचारिक रूपमा प्रस्ताव नै नगई पाँच डीआईजीसँगै एक एआईजीसमेत थप्ने प्रस्ताव गरेको बुझिएको छ । पहिले पनि एकल बढुवा गराएका पोखरेललाई सिधै एकल रूपमा एआईजीमा बढुवा गर्ने मनशायले सो प्रस्ताव ल्याएको बताइएको छ । आफ्ना सम्धिका लागि मरिहत्ते गरेर नियुक्तिमा दौडिने उनले भतिजो नाता पर्ने विश्व पोखरेलका लागि पनि यस्तै हर्कत गरेको पुष्टि भएको छ ।
१८ महिना कार्यावधि बाँकी रहेका आईजी शैलेश थापा संगठनबाट बाहिरिएपछि पोखरेललाई एआईजीबाट बिनाप्रतिस्पर्धा आईजी बनाउन सकिन्छ भन्ने योजनाले उनले यो प्रस्ताव गरेको बुझिएको छ । षड्यन्त्रपूर्ण ढंगले ल्याइएको उक्त योजना सफल भए प्रहरीको चेन अफ कमान्ड कमजोर हुने खतरा बढेको विज्ञहरू बताउँछन् । अब हुने डीआईजी बढुवाको प्रतिस्पर्धामा वरिष्ठ एसएसपीहरू पुरुषोत्तम कँडेल, गणेश ऐर, दिवेश लोहनी, रामकृपाल साह, दिलीप चौधरी, राजेशलाल कर्ण अगाडि छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply