सतहमै मग्न
विवश वस्ति
सन् २०१६ मा नयाँ र मौलिक कथावस्तुले सिँगारिएको एउटा चलचित्र आएको थियो, ‘पशुपतिप्रसाद’ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको शिखर पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने विकृत पक्षहरूलाई केन्द्रबिन्दुमा राखेर निर्मित उक्त चलचित्रले धर्मको नाममा फस्टाइरहेको व्यापार–व्यवसायलाई सूक्ष्म रूपमा इंगित गर्ने प्रयत्न गरेको थियो । उक्त चलचित्रमा एउटा पात्र छ, भस्मे डन (विपीन कार्की) । मृतकहरूले लगाएका गहना, पैसालगायतका सामग्रीहरू संकलन गर्ने र त्यसकै आधारमा जीवन धान्ने भस्मे डन र अरू पात्रहरूबीचको तीखो प्रतिस्पर्धालाई मिहीन रूपले पस्किएको उक्त चलचित्र जीवन्त महसुस हुन्छ ।
भस्मे डनले नेपाली चलचित्र जगत्मा प्रवेश पाएपछि एकपछि अर्का ‘डन–चरित्र’ हरू देखा पर्दै गएका छन् । पछिल्लो समय, कागे डन (सुभास गजुरेल) र चुप्पी डन (यज्ञबहादुर कटुवाल) पनि देखा परेका छन् । यी दुवै कलाकारले समसामयिक विषयवस्तुमा हास्य–व्यंग्यको लेप लगाएर दर्शकलाई भरमग्दुर मनोरञ्जन प्रदान गर्ने प्रयत्न गरेको स्पष्टै बुझिन्छ ।
आखिर, कला–क्षेत्रमा ‘डन’ हरूको वर्चस्व किन बढ्दै गइरहेको छ ? एकपछि अर्का ‘डन’ हरू किन निस्किँदै छन् ? विदितै छ, ‘डन’ का रूपमा जुन पात्रले भूमिका निर्वाह गर्दै आएका छन्, त्यो असल र सकारात्मक पात्र होइनन् । ‘डन’ को सामाजिक छवि अत्यन्तै धूमिल छ । वैधानिक पदचिह्नलाई पछ्याएर भन्दा पनि अवैधानिक गतिविधि र कर्मद्वारा आफ्नो वर्चस्व जमाउन चाहने पात्रहरू नै ‘डन’ का रूपमा परिभाषित हुँदै आएका छन् । एउटा इलाकामा आफ्नो वर्चस्व जमाएर बस्ने पात्रहरूलाई नै ‘डन’ का रूपमा चिनिने गरिँदै आएको छ । सबै क्षेत्रमा छन्, ‘डन’ हरू । राजनीति, सामाजिक, व्यापारिक, व्यावसायिक, सांस्कृतिक सबै–सबै क्षेत्रमा । जसले असल कर्मबाट होइन, जोर जबर्जस्ती र गैरकानुनी कदमद्वारा आफ्ना स्वार्थहरू पूर्ति गर्दै आएका छन् ।
तर, नेपाली कला–क्षेत्रमा ‘डन’ हरूलाई जुन भूमिकामा उभ्याइएका छन्, तिनीहरूका निम्ति त्यो भूमिका सुहाउँदो छ कि छैन ? कतै अतिरञ्जित तुल्याउने अभिप्राय मात्र त देखिँदैन ? यस्ता प्रश्नहरू उठ्न सक्छन्, स्वाभाविक रूपमा । तर, कला क्षेत्रमा खल चरित्रहरूलाई उभ्याउँदा भने त्यसको सामाजिक, सांस्कृतिक, आर्थिकलगायत पक्षहरूलाई पनि नियाल्नुपर्ने हुन्छ ।
निश्चय नै, ‘डन’हरूको उत्पत्ति हुनुको पृष्ठभूमिमा मानिसहरूमा कुनै क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्ने महŒवाकांक्षाले भूमिका खेलेको हुन्छ नै । साथै, त्यसमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरूसमेत जोडिएका हुन्छन् । सबभन्दा धेरै त व्यावसायिक क्षेत्र र कारोबारसँग जोडिएका पात्रहरूमा ‘डन’ चरित्र व्याप्त देखिँदै आएको छ । यस्ता पक्षहरूको उद्घाटन हुनुमा मानिसहरूमा फैलिँदो उपभोक्ता संस्कृति एवं व्यक्तिवादी प्रवृत्तिलाई कारक मान्न सकिन्छ । किनभने, अचेल मानिसहरूमा लालचको ‘ग्राफ’ बढ्दो छ । आर्थिक महŒवाकांक्षा चुलिँदो छ । अथाह सम्पत्ति आर्जनको भोक एवं त्यसको उपभोगको अनन्त इच्छाहरू झाँगिँदै छन् । मानिसहरू जुन सामाजिक परिवेशमा जन्मिएका र बाँचेका छन्, उनीहरूको सान, मान र मर्यादालाई उच्च तुल्याउने आधार नै सम्पत्ति हुन पुगेको छ । ‘सम्पत्ति भए सबैले मान्छन्, सामाजिक इज्जत र प्रतिष्ठामा वृद्धि आउँछ’ भन्ने मनोग्रन्थीले भरिएका छन्, अधिकांश मानिसहरू । असल कर्म गरेर हुन्छ कि के गरेर हुन्छ, रातारात आर्थिक रूपले सम्पन्न बन्न चाहन्छन्, मानिसहरू । त्यहीं एकाएक सम्पन्न बन्ने चाहनाले नै समाजमा ‘डन’ हरू जन्मिइरहेका छन् ।
आर्थिक रूपले समृद्ध बन्ने चाहना र महŒवाकांक्षाले ‘डन’ हरूको जन्म गराइरहेको यथार्थ आफ्नो ठाउँमा छँदै छ । त्यसको जरा त राजनीतिक र सामाजिक क्षेत्रहरूमा सम्मै तन्किएका छन्÷गहिरिएका छन् । राजनीतिज्ञहरू र ‘डन’ हरूबीचको सम्बन्ध त नङ र मासुजस्तै प्रगाढ छ । अविच्छिन्न । राजनीति गर्नेहरूलाई ‘डन’ नभई हुँदैन र ‘डन’ हरूले पनि आफ्ना कुकृत्यहरूबाट उन्मुक्ति पाउन राजनीति गर्नेहरूको सहयोग, सद्भाव र आशीर्वाद प्राप्त गरिरहेका हुन्छन् ।
नेपाली समाज, राजनीति, आर्थिकलगायत क्षेत्रहरूमा जमेका खलपात्रहरूको चरित्रलाई सूक्ष्म र मिहीन ढंगले पस्किन के कला क्षेत्र सक्षम देखिएको छ त ? के ‘डन’ को चरित्रप्रति न्याय हुँदै आएको छ त ? उनीहरूले सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा फिँजाएका विकृति, विसंगति र अपाच्य पक्षहरूको भण्डाफोर गर्ने काम भएको छ त ? यस्ता अनेक प्रश्न जन्मिन्छन् । उत्तर एउटै छ– अझै पनि कला क्षेत्रले सूक्ष्म तरिकाले समाजका खलपात्रहरू र तिनीहरूले सामाजिक, राजनीतिक र आर्थिकलगायत क्षेत्रमा पु¥याइरहेको गहिरो र प्रभावकारी असरबारे केलाउन र त्यसलाई कला–संसारमा उभ्याउन सकिरहेका छैनन् । केवल मनोरञ्जन दिने हेतुले मात्र ‘डन’ हरूलाई उभ्याइएको देखिन्छ, तिनीहरूले सामाजिक जीवनमा पारेका असरबारे अझै गहिराइमा पुगेर केलाउने कार्य नभएको प्रस्टै देखिन्छ । सतहमै मग्न रहेको देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply