स्थायी कमिटीमा नेपालको प्रतिवाद- ‘व्यक्तिको सहमति मानिन्न, कमिटीको सहमति चाहिन्छ’
अध्यक्ष ओलीले भाषा घुमाएपछि भुषालले प्रष्टयाए
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठकले ३ बुँदे निर्णय गर्यो । पहिलो, हिजो जारी भएको अध्यादेश र आज राष्ट्रपतिकोमा लिएर गएको निवेदन दुवै फिर्ता गर्ने । दोस्रो, संवैधानिक नियुक्तिहरु सहमतिमा गर्ने । र, तेस्रो, स्थायी कमिटीको अर्को बैठक पुस ५ गते र केन्द्रिय कमिटी बैठक पुस १० गते बस्ने । भएको निर्णय यत्ति हो ।
तर, बैठक सकेर स्थायी कमिटीका सदस्यहरु प्रधानमन्त्री निवास वालुवाटारको गेटबाट बाहिर ननस्किदै संचार माध्यमबाट यसअघि प्रस्तुत अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैका प्रतिवेदन फिर्ता लिने सहमति भएको हौवा पिटाइयो । यस्तो गलत समाचार बाहिर बुईबुई भएपछि प्रचण्डको सचिवालयले उक्त सहमति नभएको भन्दै समाचारको खण्डन गरिसकेको छ ।
आज भएको के हो ?
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला हठात अध्यादेश जारी गरिए पछि आजको स्थायी कमिटी बैठक निकै तनावपर्ण हुने आंकलन हिजै गरिएको थियो । हिजैदेखि अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने आन्तरिक छलफलमा बेग्लाबेग्लै जुटिरहेका थिए । हिजै अध्यादेशलाई लिएर पार्टीभित्र मात्र होइन चौतर्फी विरोध भएपछि आजको बैठकमा आलोचनाको तारो बनिने अध्यक्ष ओलीले अनुमान नलगाउने कुरै भएन । त्यहि भएर आज १ वजे बोलाएको बैठकमा पनि उनी नआउने हुन् कि भन्ने आशंका धेरैको थियो ।
भयो त्यस्तै, बैठक अघि दुई अध्यक्षवीच भएको छलफलमा पनि सहमति नजुटेपछि अध्यक्ष ओली बैठकमा सहभागी भएनन् । १ बजे का लागि बोलाईको बैठक शुरु नहुँदै स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल ८३ जना सांसदको हस्ताक्षर बोकेर संसदको विशेष अधिवेशनको माग गर्न राष्ट्रपति कार्यालय तर्फ हानिए ।
बैठक तनावपूर्ण हुने बुझेरै १२ः३० बजे कृषी मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भट्राई कृषी मन्त्रीको कार्यकक्षमा बसेर अवस्थालाई कसरी सहज बनाउने भन्ने अनौपचारिक छलफलमा जुटेका थिए । त्यहाँबाट सँगसँगै बालुवाटार पुगेका दुई मन्त्रीले ओली निकट नेता शंकर पोखरेलसँग बैठक बसाउने माहौल सृजना गर्नेबारे कुराकानी गरे ।
तीन नेतावीच भएको कुराकानीकै स्प्रीटमा पोखरेलले ओली र भुषालले प्रचण्डसँग कुरा गरेपछि दुई अध्यक्ष, नेताहरु विष्णु पौडल, शंकर पोखरेल, घनश्याम भुषाल, सुवास नेम्बाङ बसेर सहमतिको एउटा मस्यौदा बनाए । त्यहाँ नेताहरुवीच अध्यादेश र राष्ट्रपतिकोमा लगिएको संसदको विशेष अधिवेशन सम्बन्धी निवेदन फिर्ता लिने, अध्यक्ष ओली बैठकमा सहभागी हुने र स्थायी कमिटीको अर्को बैठक ५ गते बोलाउने समझदारी बन्यो । स्रोतका अनुसार सो समझदारी गर्दै गर्दा अन्तिममा अध्यक्ष ओलीले स्थायी कमिटीमा प्रस्तुत आरोपत्र पनि फिर्ता लिने कुरा उठाए तर भुषालले त्यो विषय अहिले यहाँ प्रवेश नगराऔं भनेपछि नेताहरु उठेर बैठक स्थलमा आए ।
बैठकमा कसले के भने ?
बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डले लामो मन्तव्य राखेका थिए । विकसित राजनीतिक परिस्थितिका बारेमा आ आफ्नो धारणा राख्दै बैठकपूर्व भएको समझदारी बारे कुरा राखेका थिए । सो क्रममा अध्यक्ष ओलीले उक्त समझदारीको घुमाउरो तरिकाले व्याख्या गरेका थिए । एक स्थायी समति सदस्यका अनुसार अध्यक्ष ओलीले अध्यादेशको सन्दर्भमा ठिकै छ यसलाई अब अगाडी नबढाऔं भनेका थिए । अब अगाडी नबढाऔं भन्नुको अर्थ जीवितै राखौं भन्ने थियो । त्यसपछि नेता नेपालले प्रतिवाद गरे । उनले भने, ‘ कुरा प्रष्ट भएन, भएको के हो प्रष्ट हुनुपर्छ । सहमति भनेको व्यक्तिको सहमतिले हुदैन कमिटीको सहमति चाहिन्छ ।’
त्यसपछि बोले भुषाल । उनले आफूहरुवीच अनौपचारिक छलफलमा अध्यादेश र राष्ट्रपतिकोमा लगिएको निवेदन फिर्ता लिने र संबैधानिक पदका नियुक्ति सहमतिमा गर्ने कुरा भएको हो ।’ सुवास नेम्बाङले पनि समझदारीबारे धुमाउरो तरिकाले अध्यक्ष ओलीकै भाषामा कुरा राखे । शंकर पोखरेलले पनि भुषालले भनेजस्तै समझदारी भएको बताए । विष्णु पौडेलले दुई अध्इक्ष भावना उस्तै हो जस्तो लाग्छ भने । अन्य अधिकाशं सदस्यहरुले धुमाउरो र काइृते भाषाले हुदैन, प्रष्ट निर्णय हुनुपर्छ भने । त्यसपछि प्रष्ट भाषामा निर्णय लेखियो– ‘ हिजो जारी भएको अध्यादेश र आज राष्ट्रपतिकोमा लिएर गएको निवेदन दुवै फिर्ता गर्ने । संवैधानिक नियुक्तिहरु सहमतिमा गर्ने । स्थायी कमिटीको अर्को बैठक पुस ५ गते र केन्द्रिय कमिटी बैठक पुस १० गते बस्ने ।
स्थायी कमिटी र केन्द्रिय कमिटीको मितिका बारेमा पनि सामान्य मतभेद भएको थियो । बैठकमा धेरैले स्थायी कमिटीको बैठक ४ गतेका लागि बोलाउनु पर्ने माग राखेका थिए । तर नेता नेम्बाङले उक्त दिन नेपाल बारको निर्वाचन भएको र आफूहरु त्यता लाग्नु पर्ने भएकाले स्थायी कमिटीमा आउन नसक्ने बताए । त्यसपछि ५ गतेका लागि मिति तोकियो । प्रदीप ज्ञवाली लगायतका केहि नेताले केन्द्रिय कमिटी बैठक नतोकौं भनेका थिए । तर, अधिकाशंले प्रतिवाद गरेपछि १० गतेका लागि केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply