यसरी म सुकुम्वासी भएँ
हर्ष स्याङबो
…पार्टीबाट तथस्थ भएर बस्छु भनी कागज गरेको हुनाले म निर्माण ब्यवसायी भएँ । निर्माण ब्यवसायलाई धेरै पूँजी चाहिने हुनाले नयाँ बानेश्वरको घर जग्गा बेचेर ब्यवसाय गर्न लागें । मैले धेरै कामहरू गरे । ढल्केबर कमला नदी सम्म भारतीय सरकार सहयोग अन्तरगत १८ किलोमिटरको सडक सम्पन्न गरें । ब्रिटिस सहयोग अन्तरगत धरान धनकुटा सडक निर्माणको काम, नेपाल सरकार सिचाई आयोजना विराटनगर र पूर्वमा महाकालीमा सडक विभाग अन्तरगत गड्डा चौकी भुजला पुल, महेन्द्रनगर बजारमा अर्काे पूल निर्माणको काम सम्पन्न गरें । साथै धनगडी डडेलधुरा सडक आयोजना आदी सम्पन्न गरे । सबै कामहरू सम्पन्न गरेर सारा पूँजी र लगानी प्राय खत्तम भयो । हाम्रो सडक विभाग, सिचाई विभाग सम्पूर्ण आयोजनामा घुस र भ्रष्टचार ब्यापक छ । काम गरेपछि ठेक्काको रकम अनुसार १० प्रतिशत विभागलाई घुस दिनु पर्ने । यस्तो वातावरणमा देशको विकासको लागि मैले आफ्नो पूँजीपनि उठाउन सकिन र म आज सुकुमबासी भएर बसेको थिएँ । देशको लागि निर्माण ठेक्का लिएर सम्पन्न गरेका आयोजनाकालागि मैले हाल बानेश्वरको मूल्य करीब २० करोड बराबरको जग्गा बेच्नु प¥यो । यद्यपी रुसमा सोभियत संघ विघटन भएको छ । तर विश्वमा साम्यवादी दर्शन र दृष्टिकोणको सान्दर्भिकता कुनै कमी आएको छैन । समाजमा जब सम्म वर्ग रहन्छ शोषण र द्वन्द्व रहिरहन्छ । यसको विकल्प वर्ग संघर्ष मात्र रहन्छ । वर्ग संघर्ष भन्नाले सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति हो ।
विश्व मानव समाजमा दुइवटा मात्र दृष्टिकोण तथा दर्शन छन् । अध्यात्मवाद र भौतिकवाद । हिन्दु बेद अनुसार मान्छेलाई ब्रम्हले बाहुनलाई मुखबाट, क्षेत्रीलाई पाखुराबाट, बैश्यलाई …वाट र शुद्रलार्ई खुट्टाबाट जन्म दिएको भन्ने कपोकल्पित तर्कलाई आज वैज्ञानिक युगमा कसैले मान्दैन कम्युनिष्टहरू ऋजबभिक म्बलष्कm को भ्खबगितष्यल त्जभयचथ लाई विश्वास गर्दछ ।
कम्युनिष्टहरू मानव समाजका इतिहास वर्ग सघर्षको इतिहास र आदिम साम्यवाद, सामान्तवाद हुँदै पूँजीवाद समाजवाद र पुन साम्यवाद हुन्छ भन्नेमा विश्वास गर्छ । यो विभिन्न चरणमा अन्तरविरोध र वर्ग संघर्ष भैरहेतापनि समाज अग्रगमन तर्फ परिवर्तन भैरहन्छ । यो प्राकृतिक नियम हो । मानव समाज र प्रकृतिको शाश्वत सम्न्ध छ । आखिर मानिस यही पृथ्वीमा जन्मन्छ र मर्छन् । भगवान छ छैन यो तर्कको विषय हो । तर प्रकृति छ र यो समस्त सृष्टि प्रकृतिको विशाल सन्तानको अन्तरगत छ । यो पृथ्वी हामी जहाँ बस्छौं सूर्यको वरिपरि परिक्रमा गरिरहन्छ । यहाँ दिन हुन्छ, रात हुन्छ । ऋतुहरू परिवर्तन भैरहन्छ । यी सबे प्रकृयाहरू हामी माथि प्रकृतिको सत्ता शासन हो । मनुष्य समाज तथा समस्त सृष्टि प्रकृतिको नियम र सत्ता अन्तरगत संचालित छ । यसबाट मनुष्य समाज अलग हुन सक्तैन माओत्से तुङ्ग भन्छ समाजमा सम्पूर्ण चीज परिवर्तनशील छ जसरी मान्छे जन्मन्छ शिशु, कीशोर, युवा अनि वृद्ध हुन्छ अनि एक दिन मर्छ । त्यस्तै प्राकृतिक नियम अनुसार आदिम साम्यवाद, सामान्तवाद पूँजीवाद र समाजवाद अनि विसर्जन हुन्छ र साम्यवादको जन्म हुन्छ । या शाश्वत प्राकृतिक नियम हो ।
कम्युनिष्टहरूको आधारभूत सिद्धान्त भौतिकवाद हो । जसरी जनआन्दोलनबाट विष्णु अवतार महाराजा धिराज राजाहरू बस्ने नारायणहिटी दरबारलाई आज कम्युनिजममा परिवर्तन गरि सामान्तवादको अन्त भयो त्यसरी नै विष्णु भगवान, शिव भगवान बस्ने पशुपति नाथको मन्दिर पनि कम्युनिजममा परिवर्तन नभए सम्म साम्यवाद केवल कल्पना मात्र हो । मान्छेको चेतनाको निरन्तर विकास गर्नु पर्छ । अतः राजनैतिक संघर्षले मात्र पुग्दैन ऋगतिगचब िच्भखयगितष्यल तथा सांँस्कृतिक क्रान्ति गर्नु अनिवार्य छ । मनुष्य समाजको चेतनाको विकास नभए सम्म साम्यवाद केवल सपना मात्र हो ।
यो साम्यवादी कल्पना केवल १७ र १८ औं शताब्दीमा मात्र भएको होइन । इश्वी शताब्दि पूर्व ७औं शताब्दीमा चीनमा फोनबान्जु, भारतमा चारबाहक, ग्रीकमा क्लिट, डेमोक्राट्स, र सत्रौं शताब्दीमा अंग्रेजी दार्शनिक बेकन जोनलाक, जर्मनी दार्शनिक लईविग फायर थिए । उन्नाइसौं शताब्दीमा जर्मनी दार्शनिक कार्ल माक्र्स फ्रेडरिक ऐंगेल्स र लेनिनले विस्तृत द्वन्दात्मक भौतिकवाद दर्शनको आविष्कार गरे र साम्यवाद भनेको मनुष्य समाजको चिर सपना कल्पना हो । हाम्रो ऋषिमुनिहरूको सपना पनि सर्वे भवन्तु सुखिन नै हो । अतः जबसम्म विश्वमा साम्यवाद हुँदैन तबसम्म संघर्ष भैरहन्छ । अतः मनुष्य समाजकोे चिर शान्ति र सुख समृद्धिको लागि साम्यवाद अनिवार्य छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply