माक्र्सवाद र दर्शन
शीतल गिरी
हरेक दर्शनले एउटा वर्गीय विचार दर्साउँछ । तर शोषक वर्गहरूको विपरीत, जसले सधैं नै विभिन्न किसिमका छद्मभेषी असत्य कुराहरूबाट तिनीहरूको वर्गीय स्थिति सिद्ध गर्न थाल्न खोज्दछन्, मजदुर वर्ग, आफ्नो खास वर्गीय स्थिति र उद्देश्यहरूद्वारा छद्मभेष वा झुटा कुराहरूजस्ता छन्, त्यस्तै रूपमा जान्न र बुझ्न सम्बन्ध राख्छ । मजदुर वर्गको पार्टीलाई क्रान्तिकारी वर्गीय विचार व्यक्त गर्ने दर्शनको जरुरत पर्दछ । यस्को विकल्पचाहिँ मजदुर वर्गले समाजवादको प्रतिकूल विचारहरू अँगाल्नु हो । यसले हाम्रो दर्शनको भौतिक चरित्रको निर्णय गर्दछ । स्टालिनको द्वन्द्वात्मक भौभिकवादको परिभाषा धेरै राजनीतिज्ञ र दार्शनिक दुवै पक्षलाई अनौठो लाग्ने गरेको छ ।
तर जबसम्म यो परिभाषासँग निहित विचार मनन गर्न सक्दैनौं, तबसम्म हामी द्वन्द्वात्मक भौतिकवाद बुझ्न सक्नेछैनौं । सबैभन्दा पहिले प्रश्न उठाऔं, यस परिभाषा भित्र कुन ढाँचाको दर्शन निहित छ ।
साधारणतः दर्शन भन्नाले विश्वको प्रकृति र यसमा मानव मात्रको स्थान र कर्मको अत्यन्त साधारण लेखाजोखा भन्ने माने लाग्छ । यस्तो बुझेपछि यो प्रमाणिक हुन्छ, हरेक व्यक्तिको कुनै न कुनै प्रकारको दर्शन हुन्छ भलै यसबारेमा तिनीहरूले छलफल गर्न कहिले सिकेको होइन । उदाहरणका लागि केही व्यक्ति यो संसार केही होइन खाली ‘आँसुको भन्ज्याङ’ हो र हाम्रो जिन्दगी परलोक सुधार्नका लागि मात्र हो भन्ठान्छन् । त्यसै कारणले तिनीहरू विश्वास गर्दछन् कि हामीले जस्तोसुकै दुःख आइपरे तापनि दृढताका साथ सहनु, यसको विरुद्ध लड्नुहँुदैन तर सकेसम्म मनुष्य जातिलाई राम्रो हुने कोसिस भने गर्नुपर्दछ । यो एक प्रकारको दर्शन हो, एक प्रकारको विश्व विचार । दार्शनिकहरूले आफ्नो सिद्धान्तहरू तयार पारुन्जेल तिनीहरूले धेरैजस्तो जटिल, अमूर्त र बुझ्न साह्रै गाह्रो हुने बनाउँछन् । तर, दार्शनिकहरूका वास्तविक उपजहरू तुलनात्मक दृष्टिले थोरै मानिसहरूमा मात्र बुझ्न र जान्न सक्ने भए तापनि उपजहरूको धेरै बृहत् प्रभाव हुन सक्छ या हुन्छ । यथार्थमा दार्शनिकहरूले खास विश्वासहरूलाई सुव्यवस्थित गरेका हुन्छन्, पुष्टीकरण गर्दछन् र साधारण जनता धेरैभन्दा धेरैलाई विश्वास गर्न मद्दत गर्दछन् । दर्शन जहिले पनि वर्ग दर्शन हो र भएको छ ।
दार्शनिकहरूले होइन भनेर बहाना गर्न सक्छन् तर त्यसले तथ्य बदल्दैन । मानिसहरू समाजभन्दा पृथक् सोच्दैनन् र सक्दैनन् पनि त्यस कारण वर्गीय स्वार्थहरू र वर्गीय संघर्षहरू हाम्रो समाजमा व्याप्त छ अलग र हुन पनि सक्दैनन् ।
दर्शन एउटा विश्व विचार हो, विश्व मानव जाति र विश्वमा मानिसको स्थान जान्ने एउटा कोसिस हो । लेनिनले लेख्नुभएको छ, ‘माक्र्स र एंगेल्सले श्रमिक वर्गका लागि गर्नु भएको सेवा यस किसिमसँग थोरै शब्दमा दिन सकिन्छ, उहाँहरूले मजदुर वर्गलाई आफैलाई जान्ने र आफैंलाई सचेत पार्ने कुरा सिकाउनुभयो र उहाँहरूले कल्पनाको ठाउँलाई विज्ञानलाई लिन लाउनु भयो ।’ उहाँले माक्र्स तथा एंगेल्सको स्मृति भाषणमा ‘माक्र्स र एंगेल्सको ठूलो र ऐतिहासिक सफलता नै यही हो कि उहाँहरूले वैधानिक विश्लेषण गरेर पुँजीवादको अवश्याम्भावी पतन र साम्यवादतिरको संक्रमण प्रमाणित गरिदिनुभयो, जसमा मानिसबाट मानिसको शोषण हुने छैन… उहाँहरूले सबै देशका जनतालाई तिनीहरूको भूमिका तिनीहरूको जीवनको उद्देश्यबारे बाटो देखाउनुभयो जस्तै सबै जोताहा किसानहरू र शोषितहरू संघर्षका लागि आपस्तमा एक जुट हुनू’ भन्नुभयो ।
आफंैलाई जान्नु आफूप्रति सचेत हुनु र सबै जोताहा किसानहरू र शोषितहरू, एकजुट हुनू भन्ने कुरा सिकाउनु भएर माक्र्स र एंगेल्सले श्रमिक वर्ग संघर्षको क्रान्तिकारी सिद्धान्तको जग बसाल्नु र स्थापना गर्नुभयो, जसबाट यस्तो पथ प्रदर्शन हुन्छ, मजदुर वर्गले पुँजीवादी शोषण समाप्त गर्न सक्छ, बहुसंख्यक जनताहरूको नेतृत्व लिन सक्छ र मानिसबाट मानिसमा हुने सबै प्रकारको दबाब र शोषणबाट समाजलाई सदाको लागि मुक्त गराउन सक्छ । माक्र्स एंगेल्सले यो कुरो यस्तो बेलामा लेख्नुभयो, जुनबेलामा पुँजीवाद अझै उदीयमान हुँदै थियो, जबकि श्रमिक वर्गको शक्तिहरू भने पहिलोचोटि संगठित र सम्मिलित भइरहेको थियो ।
उहाँहरूको सिद्धान्तलाई लेनिनले अझै अगाडि लानुभयो जुन बेलामा पुँजीवाद साम्राज्यवाद अथवा एकाधिकार पुँजीवाद आफ्नो अन्तिम अवस्थामा पुगेको थियो र जनताहरूको समाजवाद सुरु भइरहेको थियो स्टालिनले यसलाई अझ अगाडि लानुभयो । माक्र्स एंगेल्सले पुँजीवादलाई निश्चित रूपमा जित्न सक्दैन, समाजलाई नेतृत्व दिन पुँजीवाद निर्मुल गर्न अगाडि बढाउन र समाजवादको स्थापना गर्न सक्दैन भनेर सिकाउनु भयो श्रमिक वर्गहरूको सबै बुर्जुवा पार्टीहरूभन्दा स्वतन्त्र आफ्नै पार्टी हुनुपर्छ । लेनिनले पार्टी विषय माक्र्सवादी शिक्षाहरूलाई अझै विकसित पार्नुभयो । उहाँले पार्टीले आफ्नो वर्गको अग्रगामी रक्षक दलजस्तो कार्य गर्नुपर्छ भनेर यस्तो पार्ट अदा गर्नु पार्टीको प्रत्यक्ष जानकारी हुनुपर्दछ । हामी देख्छौं, कसरी एउटा दर्शन निस्केको छ, जसले श्रमिक वर्गका क्रान्तिकारी विश्व विचार अभिव्यक्त गर्दछ र यी दर्शन द्वन्द्वात्मक भौतिकवादलाई यसरी परिभाषित गरिएको छ, ‘माक्र्सवाद–लेनिनवादको विश्व विचार ।’ दर्शन जरुरी छ भन्ने कुरा अनुभवले नै पार्टीलाई सिकाएको छ । किनभने, अनुभवले देखाउँछ, यदि हामीलाई आफ्नै क्रान्तिकारी समाजवादी दर्शन छैन भने हामीले निश्चय पनि समाजवाद विरोधी स्रोतहरूबाट विचारहरू लिन थाल्छौं । यदि हामीले आज समाजवादका लागि संघर्ष र श्रमिक वर्गको विचार धारण गरेनौं भने हामीले नचाहीकन पनि पुँजीवादीहरूको र समाजवादका लागि संघर्ष विरुद्ध विचारहरूमा चिप्लनेछौं वा धारण गर्नेछौं । यसै कारणले श्रमिक वर्गको पार्टी यदि यो आफ्नो वर्गको पक्का क्रान्तिकारी नेतृत्व लिने हो र आफ्नो वर्गलाई पुँजीवादी विचारहरू र यस्ता विचारहरूसँग मिल्दो नीतिबाट अलग्याउन यसको आफ्नै क्रान्तिकारी दर्शन तयार पारेर यसका रक्षा गर्ने र प्रचार गर्ने गर्ने गर्नुपर्छ । तब मात्र प्रतिवादहरूको जवाफमा हामी भन्न सक्दछौं, श्रमिकहरूको दृष्टिले माक्र्सवादी दर्शन सत्यसँग सम्बन्ध नराख्ने कुरादेखि धेरै टाढा छ । के सत्य भन्ने केही कुरा छैन ? अवश्य छ र मानिसहरू यसको नजिक पुग्दैनन् । मजदुर वर्गबाहेक सबै वर्ग जसले समाजको नेतृत्व लिने आकांक्षा राख्छन्, ती सबै नै शोषक वर्गहरू हुन् ।
तर प्रत्येक शोषक वर्गले, जतिसुकै यसको सफलताहरू होस्, जहिले पनि यस्को आफ्नो वास्तविक स्थिति र उद्देश्यहरू आफू तथा शोषक दुवै तर्फबाट लुकाउने बाटो लिनुपरेको छ । यसको नियमहरू स्थायी छ र ढाक छोप गर्नु छ, किनभने यस्को वास्तविक स्थिति अथवा आफ्नै व्यवस्थाको अस्थायी स्वभाव शोषक वर्गका रूपमा कहिले पनि चिन्न सक्दैनन् । उदाहरणका लागि, प्राचीन महान् दार्शनिकले बताएका छन्, प्राचीन दास संस्था प्रकृतिकै देन हो, किनभने कोही मानिस प्रकृतिले नै दासहरू थिए । सामन्ति समाजको समृद्धि कालमा मध्य युगमा महान् दार्शनिक श्री थोमस यकिनसले सम्पूर्ण ब्रह्माण्ड एक प्रकारको सामन्ती व्यवस्था हो भनी दर्साए । सामन्ती उत्तराधिकारी ढाँचा सबैभन्दा माथि देवता मुख्य महादूतद्वारा घेरिएर क्रमबद्ध मिलाइएको थियो । पुँजीवादी दर्शनअनुसार संसार स्वतन्त्र अणुहरूबाट बनेको छ । प्रत्येक आफैंमा पूर्ण छ, आफैसँग सम्बन्ध राख्छ र सबै परम्परामा कार्य गर्दछ । उदीयमान बुर्जुवाहरूको हेराईमा यहि नै पुँजीवादी समाजको ऐन थियो ।
यस्तै विचारको माध्यमद्वारा तिनीहरूले आफ्नो नाफा र अधिपत्यको उदेश्यहरू लुकाउन सफल पनि भए । मजदुर र पुँजीवादी ‘एउटै तहमा’ रहे, प्रत्येक स्वतन्त्र मानव अणुझैं र तिनीहरूले स्वतन्त्र सम्झौता गरे, एउटा काम गर्ने र अर्कोले पुँजी लगाउने अनि ज्याला दिने । श्रमिक वर्गीय स्थिति र उद्देश्यहरू यस्ता छन्, कुनै पनि वस्तुको अस्तित्व बदलिने, उत्पन्न हुने र नास हुने पत्ता पाउन सत्यप्रति दावा गर्ने अधिकार छ । किनभने यो मात्रै एउटा यस्तो हो, जो यसको आधारमा खडा भएको छ र जस्ले माग गर्दछ कि सधंै हामीले कुनै पनि वस्तुबिना कुनै कल्पना र कुनै छद्म भेष तिनीहरूको अदलीबदली र पारस्पारिक सम्बन्धहरू जस्ताको त्यस्तै बुझ्न खोज्नुपर्दछ । लेनिनले लेख्नुभएको छ, ‘माक्र्सवादी सिद्धान्त सर्वशक्तिमान छ, किनभने यो सत्य छ ।’ माक्र्सवाद दर्शनको सफलताहरूको क्रमिक विचार पराकाष्ठा हो र यो क्रमिक विस्तार हो जसले एउटा युगको अन्त्य गर्छ र नयाँतिर डो¥याउँछ । किनभने, पुरानो दर्शनहरूको तुलनामा यसले नयाँ बाटो पहिल्याएको छ ।
माक्र्सवाद–लेनिनवादले हाम्रा विचारहरूलाई अरू कुनै कुरामा होइन, त्यही वस्तु जो अनुभव र व्यवहारबाट उत्पन्न भएको र जाँचिएको छ त्यसैलाई वास्तविक अनुसन्धान गर्ने कुरामा आधारित गर्न खोज्छ । अगाडिको दर्शनहरूले झैं हरेक चिज जिम्मा लिने गरिकन यस्ले कुनै ‘व्यवस्था’ सिर्जना गर्दैन । त्यसैले साँचो अर्थमा द्वन्द्वात्मक भौतिकवाद एउटा लोकप्रिय दर्शन हो । माक्र्सवाद साधारण जनताको वैज्ञानिक विश्व विचारका रूपमा उदय भएपछि दर्शनको इतिहासमा पुरानो समय समाप्त भयो जुनबेला दर्शन कुनै पृथक् व्यक्तिहरूको पेसा थियो, दार्शनिक स्कुलहरू, जो मुठीभर दार्शनिकहरू र तिनका अनुयायीहरूको बनोट थियो, जो जनता र जीवनबाट अलग्गिएको र जनताको शत्रु थियो ।
माक्र्सवाद दार्शनिक स्कुल होइन । माक्र्सवादले पुरानो दर्शनलाई च्यूत गर्दछ, जुन दर्शन थोरै विशिष्ट वर्गहरूको सम्पत्ति, प्रज्ञावानहरूको कुलीन तन्त्र थियो ।
पुँजीवादबाट मुक्त हुन तिनीहरूको संघर्षमा जब यो साधारण जनताको हातमा वैज्ञानिक हातहतियार बन्यो तब यस्ले दर्शनको इतिहासमा पूर्ण रुपेण नयाँ युगको सुरुआत औंल्यायो । पहिलेका दार्शनिक व्यवस्थाभन्दा बेग्लै माक्र्सवादी दर्शन अरू विज्ञानहरूभन्दा माथिको विज्ञान होइन, बरु सबै प्राकृतिक र सामाजिक विज्ञानहरूमा गहिरिएर तिनीहरूको विकासको बाटोमा पुग्ने यो वैज्ञानिक अनुसन्धान गर्ने साधन हो, एउटा तरिका हो ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply