तेस्रो जनआन्दोलनको उभार ल्याउँदै नागरिक समाज
बुधवार डेस्क
काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्ध नागरिक समाज आन्दोलित भएको छ । ओलीको प्रतिगामी कदमलगत्तै एक महिनादेखि नै सडकमा ओर्लिएका नागरिक समाजका अगुवाहरू पछिल्लोपटक भने उनलाई नझुकाएसम्म सडकको मोर्चाबाट फिर्ता नहुने संकल्पसहित अघि बढेका छन् ।
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश कदमले मुलुक डेढ वर्ष बन्धक बनेका बेला नागरिक समाजकै अगुवाइमा सुरु भएको प्रदर्शनहरूले क्रमशः जनआन्दोलनको रूप धारण गर्दै बृहत् आकार लिएको थियो । अहिले ठीक त्यही विरासत दोहो¥याउँदै नागरिक अगुवाहरू निरंकुश कदमविरुद्ध सडकको अग्रमोर्चामा देखिएका छन् । यसले प्रतिगमनविरुद्ध उभिएका आम जनतामा उत्साह छाएको छ । तेस्रो जनआन्दोलनको उभार आउने आधारभूमि तयार हुँदै गएको छ ।
त्यसक्रममा नागरिक समाजले सोमबार कमलपोखरीबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपाच आयोजना गरेको छ । तर, उक्त मार्चपासमा सहभागी नागरिक समाजका अगुवाहरूमाथि सरकारले बर्बर दमन गरेर निरंकुश चरित्र उदांगो बनाएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले जसरी नागरिक अगुवाहरूमाथि लाठी, अश्रुग्यास प्रहार गरेर घाइते तुल्याएका थिए, हिरासतमा राखेका थिए । अहिले ओलीले ज्ञानेन्द्रकै पदचाप पछ्याएका छन् र सोमबारको मार्चपासमा नागरिक समाजका दर्जनभन्दा बढी अगुवा प्रहरी दमनबाट घाइते भएका छन् । बर्बर दमनले ओली सरकारको आयुको दिनगिन्ती सुरु भएको भन्दै नागरिक समाजले मुलुकमा तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेको छ ।
‘नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको छ । सरकारी रबैयाको बृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ,’ आन्दोलनले भनेको छ, ‘सबैखाले राजनीतिक एवं सांस्कृतिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ ।’ बृहत् नागरिक आन्दोलनका तर्फबाट जारी भएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हतास मनोदशा र दमनकारी चरित्र उजागर गरेको विज्ञप्तिमा जनाइएको छ । ‘निहत्था नागरिकहरूले शान्तिपूर्ण आन्दोलन गर्ने लोकतान्त्रिक हक उपयोग गर्दै विधि र पद्धति कायम गर्न माग गरेका थिए । ओलीसमेतको संलग्नतामा लेखिएको संविधानको मर्म सम्झाउने प्रयास गरेका थिए र हरण गर्न खोजिएको लोकतन्त्रको संवद्र्धनका लागि शान्तिपूर्ण आह्वान गरेका थिए,’ विज्ञप्तिमा भनिएको छ ।
नागरिक समाजको प्रदर्शनमा मानवअधिकारवादी अभियन्ता कृष्ण पहाडी, चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी, वरिष्ठ पत्रकार नारायण वाग्ले, प्रगतिशील लेखक खगेन्द्र संग्रौला, मानवअधिकारकर्मी मोहना अन्सारीसहित सुपरिचित सयभन्दा बढी अगुवा सहभागी थिए । उनीहरूको अगुवाइमा भएको प्रदर्शनलाई कलाकार, साहित्यकार, लेखक, युवा–विद्यार्थी, विभिन्न पेसाकर्मी, राजनीतिकर्मी, पत्रकारसहित सयौंको संख्यामा सहभागी भएका थिए ।
ओलीको प्रतिगामी र असंवैधानिक कदमविरुद्ध अहिले सर्वोच्च अदालतमा बहस चलिरहेको छ । पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरू, संविधानविद, नागरिक समाज, मिडिया, संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरू ओलीको प्रतिगामी कदमविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । ओली एकातिर, सिंगो मुलुक अर्कोतिर बनेको अवस्थामा पनि उनी शान्तिपूर्ण आन्दोलन दबाउन निरंकुश शासकको चरित्रमा प्रस्तुत भएका छन् । चुनावका नाममा देशभर काउन्टर भेला र ¥याली गर्न थालेका छन् । जसले गर्दा उनको सभा र ¥यालीहरूलाई पञ्च ¥यालीको संज्ञा दिइन थालिएको छ । यी सबै घटनाक्रमले सिंगो मुलुकको जनमत र अन्तर्राष्ट्रिय जनमत क्रमशः ओलीविरुद्ध खडा हुँदै गएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply