के हो कम्युनिस्ट पार्टीको बिधि र प्रणाली ?
मुकुन्द न्यौपाने
कम्युनिस्ट पार्टी भनेको केहो ? कम्युनिस्ट पार्टी गठनको उद्धेश्य केहो ? कम्युनिस्ट पार्टीले अगाल्ने दर्शन सिद्धान्त राजनीति बीचार विधि र पद्धति के हुन् ? यी कुरामा प्रष्ट हुने र तिनीहरुलाई ब्यवहारमा कार्यान्वयन गर्ने ब्यक्तिलाई कम्युनिस्ट भनिन्छ ।
कम्युनिस्टपार्टी जनताको पार्टी हो । एउटा कम्युनिष्टले जहाँसुकै्र जस्तोसुकै अवस्थामा रहेपनि जनताको ईच्छा र भावना अनुसार चल्नु पर्दछ । ब्यक्तिको ईच्छा अनुसार होईन । यदि कुनैब्यक्ति जनताको ईच्छा र आवश्यकतालाई आत्मसात गर्न शक्तैन र आफ्नो मनोगत ईच्छालाई जनता माथि थोपर्न खोज्छ भने उ कदापि माक्र्सवादी हुन सक्तैन, कम्युनिष्ट हुन शक्तैन । अहिलेको संविधान मिचेर संसद भँग गर्ने कुरा न नेपाली जनताको आवश्यकताहो न जनताको ईच्छा हो । सम्बिधानले बर्जित गरेको कुरा एउटा ब्यक्तिले उल्टाउछ भने संविधान निर्माता जनता चुपलागेर बस्न शक्तैनन् ।आज जनता आफ्नो हितको रक्षाकालागि सडकमा आउनुको कारण प नि त्यही हो ।
बिगतमा हामीले जनतालाई पार्टीका नियम र अनुशासनबारे धेरैकुरा सिकायौ । ती नियमलाइ ब्यवहारमा कार्यान्वयन र पालना गर्न अनुरोध गर्याै । जनताले हाम्रो कुरामा बिस्वास गरे । नेपालका राजनीतिक पार्टीमध्ये नेकपालाई बढी भरोसा योग्य मानेर दुई तिहाईको नजिक मतदान गरेर शत्तामा पु¥याए।तर शत्ताको बागडोर समाल्नासाथ तिनबर्ष पनि नपुग्दै पुराना सत्ताकै शैलीमा आफ्नै पार्टी र संसदीय दल संसदका सभामुखलाई समेत छलेर पैसठ्ठी बर्ष जनताले सडकमा आन्दोलन गरेर स्थापित गरेको गणतन्त्र अहंकारको तृप्तिको लागि भंग गर्नु कस्तो कम्युनिस्ट चरित्र हो ? कस्तो माक्र्सवाद हो ?
माक्र्सवादले अघि सारेका एउटा कम्युनिस्टले पालना गर्नुपर्ने विधि र पद्धति यी हुन्–
(१) महांधिवेशनको सर्वोच्चता (२) दुई महांधिवेशनको बीचमा केन्द्रीय कमिटीको सर्वोच्चता (३) जनवादी केन्द्रीयता (४)हरेक पार्टी सदस्य कुनै न कुनै कमिटी संगठित हुनुपर्छ र आाफ्ना कमिटीका बैठकमा राख्नुपर्छ (५)भरसक बैठक मा सर्वसम्मत गर्ने भएन भने बहुमतले निर्णय गर्ने । कमिटीको निर्णय बिना कुनै कुरा बाहिर लानु त्यो पार्टीको अनुशासन उल्लँघन गर्नु हो । ब्यक्तिले गर्ने जुनसुकै पनि काम पार्टीको कमिटीबाट अनुमोदन हुनुपर्छ । पार्टीको कमिटीबाट अनुमोदन नगरीकन गरिएका कामको पार्टीमा बैद्धता हुदैन ।
कम्युनिस्टको नाउँमा के हुनुपनर्,े के हुदैछ ?
एउटा कम्युनिस्ट पार्टी जसले आफुलाई खाँटी माक्र्सवादी पार्टीकोरुपमा गणना गर्छ । जनताको अगाडि यहीँ कुरा घोषणा गर्छ र मुलुकलाई आमुल परिवर्तन गरेर जनताको जीवन स्तर उन्नत बनाउदै समाजवादमा प्रवेश गर्ने कुरा गर्छ । एउटा सच्चा कम्युनिस्ट पार्टी निर्माणका मापदण्ड के हुन ? उसले अँगिकार गर्ने दर्शन र सिद्धान्त के हो र त्यो दर्शन र सिद्धान्तले ब्यवहारमा अगाडि सार्ने वैचारिक कार्यपद्धती विधि र शैलि के हुन् ?
आज नेपालका जिम्मेवार ठाउँमा बसेका आफुलाई खांटी माक्र्सवादी हौ भन्ने नेताहरूले गरेका विचार गर्ने तरिका, काम गर्ने तरिका र आफुलाई हेर्ने र जनतालाई हेर्ने तरिकामा देखापरेका बिचलनलाई हेर्दा नेपालमा समाजवादको भविष्यमाथि कालो बादलको घेरा लागेको देखिन्छ । जनमतलाई अँगिकार गरेर सँसदीय प्रणालीमा प्रवेश गरेको कम्युनिस्ट पार्टीको नेताले दुई तिहाई नजिक रहेको आफ्नै बहुमतको संसद भंग गरेर सडकमा तमासा देखाउनु यो कस्तो जनमतको कदर हो ? सदन चल्दा चल्दै गुपचुप सदन स्थगन गर्नु, अर्को सदन मुखमा आउन थाले पछि पार्टीको बैठक छलेर फेरि गुपचुप शैलीमा भंग गर्नु के यो जनमतको कदर र संसदीय प्रणाली प्रतिको मर्यादा र स्विकारोक्ति हो ?
यो वास्तवमा संसदीय प्रणाली वा बहुदलीयजनवाद माथिको आकर्षण र बिस्वास हैन, यो जनमत र संसदीय प्रणालीबाट उत्पन्न आतंक हो । जब नेता दार्शनिक दृष्टिकोणबाट बिचलन हुन्छ उसमा सिद्धान्तमा विचलन आउँछ । कुन बाटो जाने ? उ यसैमा रनभुल्ल हुन्छ । आफ्नो अगाडि उत्पन दिशाविहिनताई खुट्याउन नसकेपछि उसले बिचारधाराको गोरेटो फेला पार्न सक्तैन । यस्तो विचारमा देखापरेको अन्यवलतालाई चिर्ने भनेको वैज्ञानिक ज्ञानको बाटो दर्शनको दृष्टिकोण नै हो ।
यसबाट के देखिन्छ भने द्धन्दात्मक भौतिकवादको गहिरो अध्ययन र त्यसबाट निर्देशित दृष्टीकोण र सिद्धान्तलाई ब्यवहारमा लाने कुरामै नेकपाको नेतृत्वभित्र गंभिर समस्या छन् । अहिले उत्पन्न समस्या त्यसैको परिणाम हो । २०४७ सालमा पार्टी खुल्ला भएपछि जब पार्टी सँसदमा गयो त्यसैवेलादेखी पार्टीभित्र गलत विचार प्रवेश गर्न थाले । कमरेड मदन भण्डारी र कमरेड मनमोहन अधिकारीको निधनपछि ०५६को चुनावमा पुग्दा सिद्धान्त र विचारको सम्बन्धको ठाउँ पद र पैसाले लियो । जो विचारमा दृढ छन,् सिद्धान्तको बाटोमा अविचलित छन् उनीहरू छेऊ लाग्दै गए । छैठौं महांधिवेनपछि पार्टी बिस्तारै पैसा र पदको लेनदेनमा प्रवेश गर्याे । पैसा भएपछि जस्तासुकै मानिसले पनि टिकट पाउने भए । कम्युनिस्ट पार्टीकै टिकटमा बिनोद चौधरी सांसद बने । राज्यलक्ष्मी गोल्छा पैसाकै बलमा सांसद बनिन् । मोती दुग्गड साँसद र मंत्री बने । अहिले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार छन् । कमरेड मदन भण्डारीले जीवनको अन्तिम घडिसम्म भन्नु भएको थियो ‘नेकपा एमाले मुलुकबाट सामन्तवाद साम्राज्यवाद र दलाल नौकरशाह पुजीवादलाई अन्त्य गर्न चाहान्छ । भुमीहिन किसानलाई जमिनको मालिक बनाउन चहान्छ र राष्ट्रिय पुजीपती बर्ग लाई संरक्षण र राष्ट्रिय पुजीको बिकाश गर्न चाहान्छ ।’
आज मदन भण्डारीको देहावसान भएका सत्ताईस बर्ष विते तर चारपटक नेकपाको सरकार बन्दा पनि एउटा राष्ट्रिय पुजपती बर्ग न संसदमा पुगे न आफ्नो संरक्षणको अनुभुती गरे । गत तीन बर्ष देखि नेकपाको एकलौटी सरकार छ । नेकपा कै अर्थमन्त्रीले नेपाली राष्ट्रिय पुजीपती वर्गको ढाड सेक्ने र दलाल पुजीपती बर्गलाई पोस्ने कानुनहरु बनाए र ल्याए । आज दलाल पुजीपति बर्ग र कालो धनको चलखेल गर्ने माफियाको दवावमा राष्ट्रिय पुजी ईतिहासकै कमजोर अवस्थामा पुगेको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply