ओलीले जिते भने संविधानले हार्छ
घनश्याम भुसाल
आज हामी २१औं शताब्दिमा लोकतन्त्रको प्रशंसा गर्छौं भने हामीले यो बुझ्नुपर्छ कि लोकतन्त्रका लागि सबैले योगदान गरेका छन् । लोकतन्त्रका लागि लड्ने सबै श्रेयका भागीदार छन् । तर, लोकतन्त्रका लागि सबैभन्दा बढी आवाज, आरम्भिक आवाज, निरन्तर आवाज र निरन्तर योगदान यदि कसैले गरेको छ, कुनै वर्गका रूपमा भने त्यो वर्ग हो, श्रमजीवी वर्ग । श्रमजीवी वर्गले सबैभन्दा बढी योगदान गरेको इतिहासले देखाउँछ । हामीलाई कहिलेकाहीँ लाग्न सक्छ, लोकतन्त्र बनाउने काम कुनै प्रोफेसरहरूले गरे होलान् वा विद्यार्थी तथा राजनीतिक नेताहरूले गरे होलान् । तिनीहरूले पनि गरेका छन् । तर, सबैभन्दा बढी योगदान श्रमजीवी वर्गले गरेका छन् ।
यदि लोकतन्त्र कसैको सबैभन्दा बढी ऋणी छ भने, त्यो हो श्रमजीवी वर्गको । यो संसारभरिको लोकतन्त्र श्रमजीवी वर्गप्रति ऋणी छ । यसैले लोकतन्त्र सबैभन्दा बढी श्रमजीवीलाई चाहिन्छ । किनभने, श्रमजीवी वर्ग सबैभन्दा बढी समस्याग्रस्त वर्ग हो । उसका समस्या धेरै छन्। उसका कार्यथलो, परिवार, उसको उभिने ठाउँदेखि लिएर सबै ठाउँमा समस्या छ । यसकारण, श्रमजीवीको अवस्थाका कारण उसलाई लोकतन्त्र सबैभन्दा बढी चाहिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सभामुख वा सांसदहरू वा प्रचण्ड वा माधव नेपाल वा नेकपावालाविरुद्ध होला जस्तो हामीलाई लाग्छ । तर, यदि लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको श्रमजीवी वर्ग हो र सबैभन्दा बढी चाहिने श्रमजीवीलाई हो भने ओली कदमले सबैभन्दा बढी क्षति पुगेको वर्ग पनि श्रमजीवी वर्ग हो । यदि ओली कदमले सबैभन्दा बढी क्षति पु¥याएको पु¥याउन खोजेको र पु¥याउँदै गरेको कोही एउटा वर्ग छ भने त्यो हो श्रमजीवी वर्ग ।
प्रतिगमनले सबैभन्दा बढी समस्या भोगिरहेको श्रमजीवी वर्गको स्वतन्त्रता खोस्दै जान्छ । कमसेकम आफ्ना कुरालाई स्वतन्त्रतापूर्वक राख्ने अधिकार पनि खोसिँदै जान्छ । सबैभन्दा बढी समस्याग्रस्त वर्गको स्वतन्त्रता खोसिनु लोकतन्त्र खोसिनु हो । श्रमजीवी वर्गले सत्ताका हवेली र करिडोरमा के भइरहेका छन् भन्ने कुराको सूचना पाउँदैनन् । किनभने, श्रमजीवी वर्गका मानिसहरूले दिनभरि काम गर्नुपर्छ, ओभरटाइम काम गर्नुपर्छ, उनीहरू बहुत कम सुत्छन् वा उनीहरूसँग आफ्नै तमाम समस्या छन् । यसले गर्दा आफ्नो जीवनको अवस्थाले गर्दा पनि उनीहरू धेरै चासो राख्न पाउँदैनन् जसले सूचना पाउनुपर्ने हो, उनीहरूले नै पाउँदैनन् । त्यसैले, तपाईं हामी यसरी भेला हुने साथीहरूले एउटा योजना बनाउनुप¥यो, छलफल गर्नुप¥यो र बढीभन्दा बढी देशभरिका श्रमिकहरूलाई यो खबर पु¥याउनुप¥यो कि ओलीले चालेको कदम सबै नेपालीविरुद्ध हो र सबैभन्दा बढी श्रमजीवीको विरुद्धमा हो । यो कुरा जतिसक्दो छिटोे बताउनुप¥यो ।
प्रतिगमन, प्रतिक्रियावाद, दमन र अत्याचार जति लामो रह्यो, त्यसले समाजलाई त्यति नै बढी क्षति पुग्छ । लोकतन्त्रविरुद्धका गतिविधिहरू जतिबेलासम्म परास्त गरिँदैन, त्यो बेलासम्म क्षति नै पु¥याउँछ । यसर्थ, आज सबै श्रमजीवी र श्रमिकहरूको काम र दायित्व के हो भने यदि सकिन्छ भने एक घन्टा पनि नराखीकन यो प्रतिगमनलाई परास्त गरियोस् । एक घन्टा पनि ढिलो हुन्छ । किनभने एक घन्टा ढिलो राखियो भने यसले एक घन्टा बढी क्षति पु¥याउँछ ।
समाजको सबैभन्दा बढी समस्याग्रस्त वर्गले प्रतिक्रियावादविरुद्ध थप्पड हान्यो भने समाजमा हुने सुधार र यो संघर्षले ल्याउने उपलब्धि ठूलो हुन्छ । माथिका केही मान्छेले मात्रै संघर्ष गरेर ल्याएको उपलब्धि थोरै हुन्छ । अलि तलका युवा, महिला र नौजवानहरूले उल्टाउँदा यसको उपलब्धि ठूलो हुन्छ । जब श्रमजीवी वर्ग नै उठेर आफ्ना अधिकारहरू स्थापित गर्छ, त्यसले धेरै अधिकार स्थापित गर्छ । इतिहासले यो बताउँछ । यसले गर्दा यो काम तपाईंहरूको आफ्नो र आफ्ना लागि हो ।
कम्युनिस्ट पार्टी जो श्रमजीवी वर्गकै कसम खाएर आयो र कम्युनिस्ट नेता जो श्रमजीवी वर्गकै बुई चढेर र श्रमजीवी वर्गकै झुपडीमा बसेर आए, आज ऊ आफैं किन श्रमजीवीको विरुद्ध गयो भन्ने प्रश्न तपाईंहरूले बुझ्नुपर्छ । यदि यो कुरा बुझ्न सकिएन भने आज खड्गप्रसाद ओली आए, भोलि पुष्पकमल ओली आउँछन् र पर्सि घनश्याम ओली आउँछन् । यसरी ओली प्रवृत्ति आइरहन्छन् । यसले गर्दा किन यस्तो हुन्छ भन्ने प्रश्नको उत्तर हामी सबैले पाउनुपर्छ ।
श्रमजीवी वर्गले स्कुल र कलेजमा यस्ता शिक्षाहरू पाउँदैनन् । उनीहरूले यस्तै सभा र मैदानहरूमा पाउँछन् । मैदानमा भिडेका र लडेका लडाइँहरूका कुरा ल्याएर सभामा छलफल गर्छन् र फेरि मैदानमा भिड्छन्, आफ्नो काममा भिड्छन् र निरन्तर भिड्छन् । अनि अझ सचेत, बलियो र संगठित बन्दै जान्छन् ।
यो संसारमा दोस्रो विश्वयुद्धपछि पनि धेरै प्रजातन्त्र आए । धेरै मुलुकमा प्रजातान्त्रिक, लोकतान्त्रिक र जनवादी व्यवस्थाहरू स्थापित भए । अफ्रिका, अमेरिका, ल्याटिन अमेरिका र एसियाका धेरै मुलुकमा जनवादी सत्ताहरू आए । ती क्रान्तिकारी थिए, तिनका नेतृत्वहरू, तिनका नारा र मागहरू क्रान्तिकारी थिए । तर, जब तिनीहरू सत्तामा आए, त्यहाँको दलाल पुँजीवादले त्यो क्रान्तिकारी नेतृत्वलाई बिस्तारैबिस्तारै आफ्नो पक्षमा ल्याउँदै गयो । किनभने, दलाल पुँजीवाद सुरक्षित हुन क्रान्तिकारी नेतृत्वलाई भ्रष्ट बनाउनुपर्छ ।
जुनसुकै ठाउँमा पनि क्रान्तिकारी नेतृत्वलाई क्रान्तिकारी नै रहन दिएर दलाल पुँजीवाद बाँच्न सक्दैन । यसले गर्दा दलाल पुँजीवादले एउटा यस्तो परिस्थिति निर्माण गर्दै जान्छ, नेतृत्वलाई लोभ्याउँदै जान्छ र रंग रमाइलोमा भिडाउँदै जान्छ । यसमा हेलमेल गराउँदै लैजान्छ र उसलाई बिस्तारै पतीत बनाउँदै जान्छ । उसले एकैपटक त्यस्तो गर्न सक्दैन । दलाल पुँजीवाद बाठो छ साथीहरू, लाटो छैन ।
दलाल पुँजीवादले नेतृत्वका चारजना मान्छे तानेर मात्रै सुरक्षित हुन सकिन्छ भन्ने कुरा सोच्दैन । उसलाई यो कुरा थाहा छ कि क्रान्तिकारी जमात रहेसम्म र तल श्रमजीवी वर्गको क्रान्तिकारी पंक्ति रहेसम्म नेतृत्वलाई किनिहाल्न सकिँदैन । यदि त्यस्तो भयो भने उनीहरूले नेतृत्वको विरुद्धमा विद्रोह गर्छन् र अर्को नेतृत्व ल्याइहाल्छन् । त्यसले गर्दा उसले एकातिर पार्टी र राज्यको नेतृत्वलाई क्रमशः आफूतिर ल्याउँदै गर्छ, रंग रमाइलोमा भुलाउँदै जान्छ भने श्रमजीवी वर्गको नेतृत्वमा पनि उसले बिस्तारै फूल पार्दै जान्छ । माखाले औंसा पारेजस्तै दलाल पुँजीले त्यहाँ पनि औंसा पार्छ र श्रमजीवी वर्गलाई श्रमबाट विमुख बनाउँछ, आन्दोलन र क्रान्तिबाट विमुख बनाउँछ । क्रान्ति, सिद्धान्त र विचारबाट विमुख बनाउँछ । तल मैदानमा लडाकुहरूलाई उसले यस्तै विचार सिद्धान्त आदिमा औंसा पारेर त्यसलाई सडाएर बर्बाद पार्छ भने नेतृत्वलाई पनि त्यस्तै पार्छ । यो हाम्रोसहित सबै ठाउँमा भयो । ल्याटिन अमेरिका, अफ्रिका र एसियाका कयौं मुलुकमा भयो । आज हाम्रै आँखा अगाडि भइरहेको छ । यो कसरी भयो भनेर हेर्नुहुन्छ भने हाम्रै क्रान्तिकारी पार्टीहरूबाट आएका कमरेड, कमरेडकै रूपमा प्रधानमन्त्री भएका मान्छे आज जहाँ पतीत भएका छन्, यसैभित्र हेर्नुपर्छ ।
मदन भण्डारी, पार्टीको पाँचौं महाधिवेशन र चौथो महाधिवेशनले गरेको जनताको बहुदलीय जनवाद जबजको अर्थ अर्कै थियो । त्यसको अर्थ के थियो भने अब हामीले भूमिगत रूपमा साना टुकडी बनाएर लडाकु दलले मात्रै लडेर हुँदैन । अब खुला रूपले मैदानमा गएर र दुनियाँलाई ललकारेर श्रमजीवी वर्गको हकको कुरा गर्नुपर्छ । अब चुनावमा पनि जानुपर्छ, सत्तामा जानुपर्छ, त्यतिखेरको संसद्मा जानुपर्छ, यदि सम्भव छ भने मन्त्रालयमा पनि पुग्नुपर्छ र श्रमजीवी वर्गकै कुरा गर्नुपर्छ भनेर जबजको व्याख्या गरियो । अहिले खड्गप्रसाद ओलीलाई हेर्दा के देखिन्छ भने अगाडि बढ्दै गरेको आन्दोलनलाई उहाँले क्रमशः भुत्ते पार्न त्यसलाई पहिला विचारमा फूल पार्नुपथ्र्योे । क्रान्तिको परिभाषालाई फितलो बनाउँदै जानुपथ्र्योे । बिस्तारैबिस्तारै दलाल पुँजीवादको लसपसमा ओलीले के गराउनुभयो भने जबज के हो भन्दा चुनाव लड्ने हो, चुनाव लडेर के गर्ने हो ? जित्ने हो । जितिएन भने के गर्ने हो ? फेरि चुनाव लड्ने । जितियो भने के गर्ने? अर्कोपटक जित्ने । चुनावका लागि चुनावसम्म जाने जबजका लागि श्रमजीवी वर्ग, क्रान्तिकारी युवा विद्यार्थी, क्रान्तिकारी महिला संगठन र क्रान्तिकारी बुद्धिजीवी संगठन चाहिँदैन । त्यसमा त चाकरहरू र गुटबाजहरूको संगठन भए पुग्छ ।
संगठनमा पस्ने दलाल पुँजीवाद भनेको हप्ता उठाएर र अरूसँग आश्रित भएर खानेहरू हुन् । यसरी जब संगठनका मान्छेहरू हप्ता उठाएर खान्छन् र नकमाएका सम्पत्तिमा बाँच्न थाल्छन्, त्यहाँ क्रान्तिकारी नेतृत्व पतीत हुँदै जान्छ । उद्योग नखोल्नेहरू उद्योगी, पुँजीपति र अर्थतन्त्रका नेता हुन्छन् । यदि उसले उद्योग खोल्थ्यो भने गाउँका श्रमिक र बेरोजगारहरूले रोजगारी पाउँथे । यो समाज प्रगतितर्फ अगाडि बढ्थ्यो । त्यस्तो पनि छैन । आम रुपमा पुँजीवादको चरित्र हेर्ने हो भने कारखाना खोल्ने पुँजी होइन । यो त गाडी र साडी ल्याउने पुँजीवाद हो । गाडी ल्याउँछ, साडी ल्याउँछ, बेच्छ र पैसा लिएर जान्छ । त्यो पैसा हाम्रा छोराछोरी अरब गएर ५२ डिग्रीको धूपमा काम गरेर पठाएका हुन्छन् । सके कमाएर ल्याउँछन् नसके मरेर आउँछन् । त्यसरी आएको पैसामा साडी र गाडी बेचेर सत्ता चलाउने यो पुँजीपतिको नेतृत्व अर्थतन्त्रमा छ । अनि राजनीतिमा पनि के भयो भन्दा नकमाउनेहरूले राजनीति गर्ने अनि राम्रै जिन्दगी बाँच्ने, जबज त्यस्ताहरूको नीति सिद्धान्त बन्दै गयो ।
स्वयं तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद, जसलाई क्रान्तिकारी सिद्धान्तका रूपमा व्याख्या गरिन्छ । त्यही क्रान्तिकारी सिद्धान्तलाई क्रमशः व्याख्या गर्दै लगेर जनताको बहुदलीय जनवाद भनेको चुनावदेखि चुनावसम्मको कुरा बनाइदिएपछि तलका क्रान्तिकारी, श्रमिक, युवा नौजवान, विद्यार्थी र महिला आन्दोलन कमजोर हुँदै जाने भयो । तर पनि फेरि मुलुकको आन्दोलनले जबर्जस्ती रूपमा एउटा ठूलै कुरा लिएर आयो, अहिलेको संविधान । यो संविधानलाई कम्युनिस्ट पार्टीले समर्थन गर्नुको अर्थ यसमा कसरी जाति, जनजातिका कुरा उठाइएको छ, समावेशिता र विभिन्न समुदायलाई कसरी ठाउँ दिइएको छ भन्ने आधारमा हो । त्यसमाथि पनि यसले मान्छेका रूपमा खासगरी मौलिक अधिकारका रूपमा जुनजुन अधिकारहरू राखिएका छन्, त्यसकारण अझै बढी श्रमजीवी वर्गले यसलाई समर्थन गर्नुपर्ने हो ।
संविधानले गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरेका कारण यो सबैभन्दा बढी श्रमजीवी वर्गको हो । यसले हरेक नागरिकलाई आज २१औं शाताब्दिका मान्छेका रूपमा बाँच्ने कुराको ग्यारेन्टी गर्छ । त्यसकारण, हामीले यो संविधानको समर्थन गरेका हौं । त्यसैले ओलीको यो कदम ती जाति, जनजाति, महिला, मजदुर, दलितलगायत सबैका विरुद्ध हो । त्यसैले यो असंवैधानिक कदमले सबैभन्दा बढी घाटा श्रमजीवी वर्गलाई भएको छ । ओलीको कदम सबैका विरुद्ध हो, सबैभन्दा बढी श्रमजीवी वर्गका विरुद्ध हो ।
ओलीको कदम किन, कसरी भयो र यसबाट कसलाई, के असर हुन्छ भन्ने कुरा सबैले बुझेपछि मात्रै हाम्रो शक्ति एक ठाउँमा खडा हुन्छ । मान्छेले जब बुझ्छन्, तिनले आत्मसात् गर्छन् । श्रमजीवी वर्गले अत्मसात् गर्छन् । सिद्धान्त नबुझेको मान्छे बाटोमा आउनु र सिद्धान्त बुझेको मान्छे आउनु एकदमै फरक कुरा हो । एउटा चिनियाँ उपन्यासको सानो किस्सा यहाँ सुनाउँछु– जनमुक्ति सेना आफ्नो शिविरमा एउटा खेल खेल्छन् । त्यो खेलमा एउटा ठूलो घन उठाएर दर्शन ढुंगोमा हान्नुपर्ने हुन्छ कसले कतिपटक हान्न सक्यो भन्ने कुराको प्रतिस्पर्धा चल्छ । जनमुक्ति सैनिकहरू पालोपालै आउँछन् र घन उठाएर हान्छन् । बलिया र वजन बढी भएका सैनिकहरूले पनि हान्छन् । सबैभन्दा बढी ४५, ५० र ५५ पटक हानिन्छ । त्यही बीचमा एउटा लुखुरे केटो आउँछ र उसले पनि हान्न थाल्छ । उसले हान्दै जान्छ, १ सय ८० पटकसम्म हान्छ । त्यहाँ भएका सबै सैनिक छक्क पर्छन् र सोध्छन्, ‘तैंले कसरी हानिस् ?’ उसले भन्छ, ‘हेर तिमीहरूले यो ढुंगा उठाएर हान्दा साथीहरूबीचको प्रतिस्पर्धा मात्रै सोच्यौं र ५०÷५५ पटक मात्रै हान्न सक्यौं । मैले त चीनलाई गरिब बनाउने, चीनलाई विदेशीहरूको खेल मैदान बनाउने र सारा मजदुर किसानहरूलाई लुट्ने च्यांङकाई सेकको टाउको सम्झिएँ, त्यसपछि मलाई तागत आयो र म हानेको हान्यै भएँ । त्यसैले, १ सय ८० पटकसम्म हानें ।’
तपार्इंले आज सोच्ने कुरा के हो भने यहाँ हिजो सांसदहरू संसद् जान्थे र आज जान छोडे भन्ने कुरा मात्रै छैन । यो प्रतिगमन सफल हुने र ओलीले जित्ने हो भने यो संविधान हिँड्छ । जब साँच्चै संविधान हिँड्छ, यो संविधानमा लेखिएका तर हामीले अझै पाउन नसकेका हाम्रा हकअधिकार, हाम्रा गाँस बास र कपासका कुरा हिँड्छन् । ओलीले जित्ने हो भने तपाईं हाम्रो गाँस खोसिन्छ, बास खोसिन्छ र भएकै काम पनि खोसिन्छ । बच्चाबच्चीको शिक्षा र कपडा खोसिन्छ भन्ने कुरा यदि हामीले सम्झिने हो र सडकमा निक्लिने हो भने त्यही जनमुक्ति सेनाको साथीले जस्तै प्रतिगमनलाई हान्न सक्छौं । तपाई हामीले अहिलेको यो सानोतिनो होइन, साँच्चिकै ठूलो आन्दोलनको ‘ब्लो’ को धक्का छिट्टै सिर्जना गर्न सक्छौं ।
केवल यो कुरा अब आवश्यक छ कि हामीले यो कुरा दुनियाँलाई बताउनु छ । आज अदालतमा ओलीजी हार्दै हुनुहुन्छ, यो कुरा दुनियाँलाई प्रस्ट भइसकेको छ । अब उनीहरू अरू कदम चलाउन सक्छन् भन्ने कुरा पनि गरिँदैछ । तर, एकचोटि कान्लाबाट निकालेपछि बाँदरलाई फेरि रूख चढ्ने अवसर दिँदैनौं । हामी हाम्रो आन्दोलनले नै ठीकठाक पार्छौं । अदालतबाट हराउँछौं । अदालतबाट हार्छन् । हार्दैनन् भने पनि क्रान्तिले हराउँछ । जनताले हराउँछन् भन्ने कुरा हामी जति जोडले बताउन सक्छौं, जुन विश्वासका साथ बताउन सक्छौं, जति धेरै भएर बताउन सक्छौं, त्यति बढी र त्यति छिटो हामी ओलीजीलाई हराउन सक्छौं र हाम्रो संविधान, शान्ति र स्थिरतालाई बचाउँन सक्छौं । यसर्थ, आफ्नै अधिकार, लोकतन्त्र र श्रमजीवी वर्गको सबैभन्दा ठूलो उपलब्धि बचाउन सबै साथीलाई बताउन म यो कुरा अपिल गर्छु ।
(मन्तव्यमा आधारित)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply