पवित्र मनले काम गर्दा किन लान्छना ?
डा. मिलनकुमार थापा कोषाध्यक्ष, पशुपति क्षेत्र विकास कोष

कोषाध्यक्ष नियुक्त भएपछि पशुपतिनाथ मन्दिरका लागि के के गर्नुभयो ?
कोषाध्यक्ष नियुक्त भएर आएपछि कोषको आर्थिक पारदर्शिता कायम भएको छ । यो पशुपतिनाथ मन्दिरदेखि अमालकोट कचहरी हुँदै पर्यटन काउन्टरसम्ममा देखिन्छ, सबैजसो कारोबारलाई बैंकिङ प्रणालीमा लगेका छौ । बैंकिङ प्रणालीमा गएपछि पशुपतिनाथ मन्दिरको भेटीघाटी पूर्ण रूपमा पारदर्शी बनेको छ । भेटीघाटी गन्ने काम बैंकका प्रतिनिधि र सुरक्षाकर्मीकै रोहबरमा गरिन्छ । दैनिक के–कति भेटी सङ्कलन हुन्छ भन्ने भक्तजन एवं जनमानसलाई सूचना पुगोस् भनेर डिस्प्लेमा देखाइन्छ ।
यस क्षेत्रका पर्ती जग्गा र यी जग्गामा भएका मठमन्दिरको संरक्षण भएको छ त ?
पाशुपत क्षेत्रमा रहेका कतिपय मठमन्दिरको दैनिक पूजाआजासमेत भएको पाइँदैन । यहाँका पर्ती जग्गामा रहेका शिवलिंग, बगैंचा आदि प्राचीन संरक्षण स्मारक ऐन, २०१३ को दुहाइ दिँदै कोषलाई सिकाउने स्थानीय बुद्धिजीवीले नै अतिक्रमण गरी आफ्नो कम्पाउन्डभित्र शिवलिंग घुसाई बाहिरबाट केही नदेखिने गरी राखेका छन् । कुनै दिन त सरकारले यसको पनि सत्यतथ्य बाहिर ल्याउला नि । पाशुपत क्षेत्रमा पुरातŒव विभागको मापदण्डविपरीत बनेका घर पनि धेरै छन् भन्ने विज्ञको भनाइ छ । यसले पशुपतिको सौन्दर्य घटाएको उनीहरूको आरोप पनि छ । विभाग, सरोकारवाला मन्त्रालय र स्थानीय सरकारबीच समन्वय गरी त्यसको पनि छानबिन गर्न विज्ञको सुझाव छ । पाशुपत क्षेत्रभित्रका विभिन्न नौ फरक अवस्थितिका कारण पाशुपत क्षेत्रलाई ग्वल भन्ने नामकरण गरिएको किंवदन्ती छ । जसअनुसार, नौ जात, नौ पोखरी, नौ चोक, नौ बगैंचा, नौ डबली, नौ ईनार, नौ चउर, नौ ढोका र नौ ढुङ्गेधारा थिए । यी लगभग लोप भएका अवस्थामा छन् । लोप हुनुमा कोष जिम्मेवार भएको आरोप लाग्दै आएको छ । तर, यो कोषले मासेको हो वा अन्य कारणले भन्नेबारे सरकारले इतिहास र सम्पदाका विज्ञलाई राखेर अध्ययन गराउनुपर्छ । नत्र पशुपतिनाथको मन्दिर मात्र बाँकी रहन बेर लाग्दैन ।
पाशुपत क्षेत्रमा दर्जनौं मठमन्दिर छन् तर पशुपतिनाथ बाहेकमा भेटीघाटी पारदर्शी गर्ने योजना देखिएको छैन नि ?
गुहेश्वरी मन्दिरको पनि भेटीघाटी पारदर्शी बनाउन कार्यविधि बनाउँदै छौं । यस्तै, शीतलामाई, भैरव, लालगणेश आदिको पनि भेटी कोषमातहत ल्याउन सकिएको थिएन । अब यो कामका लागि पनि अध्ययन भइरहेको छ । पशुपतिनाथका नाममा रहेका जग्गाजमिन पनि खोजी गर्ने काम भइरहेको छ । हराएको २ सय ३१ रोपनी जग्गा र अन्य पनि खोज्ने काम हुँदैछ । पशुपतिनाथ मन्दिरमा दाखिला गरिएका सुन, चाँदीलगायतको अद्यावधिक गर्ने काम हुँदैछ । यसका लागि संयन्त्र बनाउँछु र २०५५ सालदेखि हालसम्म दाखिला भएका सुनचाँदी, जिन्सी र नगद सबैको मुचुल्काअनुसार अद्यावधिक गर्ने काम गर्दैछौ ।
मन्दिरको आयस्ता कसरी प्रयोग भएको छ ?
कोषमा भक्तजनले चढाएका भेटीघाटी र अन्य आयस्ता गरी एक अर्ब रुपैयाँको अक्षयकोष बनाएको छु । कोषमा राखिएको रकमको ब्याजबाट दैवी प्रकोप, गरिब असहाय विद्यार्थी आदिलाई छात्रवृत्ति आदि प्रदान गर्ने जस्ता थुप्रै सामाजिक कार्यमा खर्च गर्ने सोचमा छु । यसका लागि पनि कार्यविधि बन्दैछ । तर, तत्कालका लागि पशुपति क्षेत्र विकास कोष ऐन र नियमावली अनि आर्थिक नियमावलीका आधारमा खर्च गर्न मिल्ने अवस्था छैन । यससम्बन्धी कार्यविधिलाई पूर्णता दिन कोष सञ्चालक परिषद्मा प्रस्ताव लैजानुपर्छ । पारित भएपछि मात्र कार्यान्वयन गर्न मिल्छ ।
विगतमा मन्दिरको ढुकुटीबारे धेरै शङ्का व्यक्त भए, ढुकुटीभित्र के छ भन्ने चासोलाई कसरी लिनुभएको छ ? पशुपतिनाथको जग्गाजमिनको अवस्था के कस्तो छ ?
पशुपतिनाथको मूल ढुकुटी खोल्नुपर्छ भन्ने मान्यता म राख्दिनँ । कुनै दैवी र राष्ट्रिय विपत्तिमा मात्र मूल ढुकुटी खोलिने गरिएको इतिहास छ । समग्र सम्पत्तिको अभिलेखीकरण गर्ने विषयमा मेरै संयोजकत्वमा गठित श्री पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले प्रतिवेदन नै तयार पारिसकेको छ । यसले पशुपतिनाथको जायजेथा कति रहेछ भनेर पुष्टि गरिसकेको छ । सार्वजनिक गरिएको प्रतिवेदनभन्दा धेरै अभिलेखीकरण अरू के हुन सक्छ र ? यसको संरक्षण गर्न कोषसँगै सम्बन्धित गुठीयार र स्थानीय पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।
कोषभित्रको आम्दानी र खर्चमा दुरुपयोग हुने गरेको विषय कहिले बाहिर आउँछ नि ?
दुरुपयोग भयो भन्ने कुरा आएका छन् भने भएको हो होइन, कसरी भयो वा कस–कसले गरे ? भन्नेमा अध्ययन र खोज गर्नु जरुरी हुन्छ । कागले कान लग्यो भनेर कानै नछामी दौडनु कति सान्दर्भिक हुन्छ ? अनुमान गरेर कसैलाई आरोप लगाउनुभएन नि । अरूलाई आरोप लगाउनुअघि जोकसैले पनि सोचेर बोल्नुपर्छ भन्ने आग्रह हो मेरो । बिनागल्ती आरोप लाग्नेलाई थाहा हुन्छ, कति दुख्छ भनेर किनकि अचानोको चोट खुकुरीलाई थाहा हुन्न । यति भन्छु, अहिले धेरै सुधार भएको छ । आफ्नो ढङ्गको अनुसन्धान गरेपछि आर्थिक पारदर्शिता हुनुपर्छ भनेर लागेकै हौं । यसका लागि नीति बनायौं, सोहीबमोजिम कोष सञ्चालनमा छ ।
प्रस्तावित दोस्रो गुरुयोजनालाई लिएर स्थानीयको विरोध गरिरहेको छ, यसलाई कसरी लिनुभएको छ ?
अहिले हामी अर्थात् कोष सञ्चालक परिषद् र कर्मचारीले दोस्रो गुरुयोजना बनाइसकेका छौं । कार्यान्वयनका लागि मन्त्रिपरिषद्को निर्णयको पर्खाइमा छौं । पहिलो गुरुयोजनाको सर्सर्ती अध्ययन गर्दा ९० प्रतिशत काम भएको देखिन्छ । केही काम बाँकी छन्, जस्तो बी–१३ को बस्ती स्थानान्तरण साथै गुरुयोजनालेनिक्र्यौल गरेका केही काम पनि बाँकी छन् । पशुपतिको महिमा, भक्तजन र पर्यटकको आँकलन गर्ने हो भने केही वर्षलाई मात्र हेरेर हुँदैन, त्यसैले सय वर्षको प्रक्षेपणसहित गुरुयोजना तय गरेका हौं । गीर्वाणयुद्ध वीरविक्रम शाहदेवको लालमोहर (१८७० चैत ३०) मा उल्लेख भएअनुसार पाशुपत क्षेत्रको चार किल्ला समेटिएको छ । यसले तोकेका सिमानालाई नै आधार बनाएर गुरुयोजना बनाएका हौं । साथै २०४३ फागुन १४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पनि स्पष्ट रूपमा पाशुपत क्षेत्रको चार किल्ला तोकिएको छ । दोस्रो गुरुयोजनाले यसलाई मापदण्डको आधार बनाएको छ । समयक्रमअनुसार पहिलो र प्रस्तावित दोस्रो गुरुयोजना आआफ्नै ठाउँमा महŒवपूर्ण रहेका छन् ।
स्थानीयको कुरा गर्ने हो भने खासमा यो क्षेत्र त उहाँहरूकै हो । कोषले गुरुयोजना बनाएर थालेको विकासमा स्थानीयको सहयोग र समन्वय हुनपर्छ । केही असहमतिका विषय भए छलफलबाट निष्कर्षमा पुग्नुपर्छ । पाशुपत क्षेत्र अर्थात् पशुपतिनाथ मन्दिर विश्वकै एक विशेष महत्वको भएकाले त्यो ठाउँमा उहाँहरू रहनु उहाँहरूकै लागि विशेष गर्वको विषय हो जस्तो मलाई लाग्दछ । त्यसको महŒव बुझेर पशुपतिलाई विश्वकै आकर्षणको केन्द्र बनाउन स्थानीयवासीले जस्तो सोच र सहयोग गर्नुपर्ने हो त्यो कोषमार्फत हुनुपर्ने देखिन्छ । पशुपति परिसर फराकिलो पार्ने क्रममा विगतमा कोषले स्थानीयलाई अधिग्रहणबापत जग्गा दिएकै थियो, पसल सञ्चालन वा अन्यमा सहुलियत दिएको छ । केहीले रकम पनि लिएका छन् । कोषले सकेसम्म स्थानीयवासीलाई समेटेर लैजाने सोचअनुरूप काम गर्छ, गरिरहेको छ ।
कोषले संस्कृति, जात्रा र चाडपर्व लोप गराएको आरोप छ नि !
जात्रापर्वमा हामी कोषका पदाधिकारी र कर्मचारी पनि सधैं उत्तिकै संवेदनशील छौं । ४० वर्षदेखि रोकिएको वाग्मती यात्रा हामीले नै पूर्ण जागृत ग¥यौं । संस्कार संस्कृतिबारे कोष अनभिज्ञ छैन । फेरि यो संरक्षण र सम्वद्र्धन गर्न वा बिगार्न अहिलेका पदाधिकारीले मात्र गरेको हो भन्ने पनि होइन, किनकि यस्तो काम क्षणभरमै हुने पनि होइन । पाशुपत क्षेत्रका जात्रापर्वको संरक्षण, संवद्र्धन एवं निरन्तरताका लागि तत्कालीन संस्कृतिमन्त्री योगेश भट्टराईज्यूबाट पनि निर्देशन भइसकेको छ । जसअनुसार १० करोड रुपैयाँको अक्षय कोष स्थापना हुनेछ । अक्षयकोषमा पशुपति क्षेत्र विकास कोषबाट ५ करोड र काठमाडौं महानगरपालिकाबाट ५ करोड रुपैयाँ राखिनेछ । वर्षैपिच्छे यो रकम बढाउँदै लगिने छ भने यसको ब्याजबाट रकम अभावले समस्यामा परेका जात्रापर्व सञ्चालन गरिनेछन् । विगतका पदाधिकारी कति जिम्मेवार भएर काम गरे वा त्यसबेला स्थानीयले कस्तो भूमिका खेलेदेखि हालसम्मको सबै पक्ष विश्लेषण साथै अनुसन्धान हुनु जरुरी छ । कोषले बिगा¥यो वा नास्यो भनेर बोलिदिनु जति सजिलो छ, त्यति उत्तर दिन नै कठिन हुन्छ । अरूकै गल्ती भए पनि कोषले ठूलो स्वर गरेर बोल्न मिल्दैन । फेरि मौन बस्दैमा कोष कमजोर रहेछ भनेर बुझ्नु पनि गलत हो । कोषसँग थुप्रै प्रमाण छन्, पाशुपत क्षेत्रमा भएका सम्पदा संरक्षण नहुनु वा लोप हुनुमा कहाँनेर के कमजोरी कसरी भयो भनेर ।
पदाधिकारीलाई भ्रष्टाचार गरेको आरोप पनि लागेको छ, के सही हो ?
बिनाआधार बोल्दिने प्रवृत्ति धेरैमा रहेको प्रस्टै देखिएको छ । पवित्र मनले पाशुपत क्षेत्रको समग्र विकास गरिरहँदा अनावश्यक लाञ्छना लाग्छ भने कुन मनस्थितिले काम गर्ने ? के गणतन्त्रमा जसले जे बोले पनि हुन्छ ? बोल्दा आधार वा प्रमाण केही चाहिँदैन ? जे बोले नि हुनेजस्तो देखियो । आरोप–प्रत्यारोप गर्न त जसलाई पनि आउँछ होला, सबैले आरोप लाउँदै हिँड्ने त ? यथार्थ पत्ता लगाउनुपर्दैन ?
पशुपतिनाथ मन्दिरभित्रको चाँदीको पीठिका जीर्ण भएको छ, त्यसैले अब सुनको पीठिका राख्ने भन्ने कुरा आएको छ नि ?
भगवान्लाई पवित्र मनले उत्कृष्ट वस्तु चढाऔं भन्ने हो । विगतमा राखिएको चाँदीको पीठिका जीर्ण भएर समस्या भएको रहेछ । अब फेर्न परेपछि सुनकै बनाउँ भन्ने हो । सोच र योजना बनेपछि सूचना सर्वसाधारणसम्म पु¥याइएको साँचो हो । तर, केहीले यसको अपव्याख्या पनि गरेका छन् । पशुपतिनाथ आफैं धनी छन् । भक्तजनबाट किन रकम असुल्ने ? अब सुनमा भ्रष्टाचार गर्ने भए । यस्तै चाहिने नचाहिने कुरा आएकै हुन् । यस समितिको संयोजक र कोषको कोषाध्यक्षको हैसियतले के भन्छु भने पीठिकाका लागि संकलन हुने रकम बैंकमा दाखिला हुने हो । दिएको रकम र नाम सार्वजनिक गर्न चाहनेलाई स्मारिकामा सबै स्पष्ट पारेर नाम प्रकाशन गरिने छ भने नाम गोप्य राख्न चाहनेको अभिलेख पनि गोप्य रूपमा कोषमा रहनेछ । सूचनालगत्तै कोरोना कहरका बीच पनि बैंकमा झन्डै ५० लाख रुपैयाँ सङ्कलन भइसकेको छ । सनातन हिन्दू धर्मावलम्बी जो विश्वभर छरिएर बस्नुभएको छ, उहाँले दान दिन चाहनुहुन्छ, दान दिएर पुण्य कमाउन चाहनुहुन्छ भने किन अवसर नपाउने ? यहाँ स्वेच्छाले एक÷दुई किलो सुन चढाउँछु भन्नेहरू पनि हुनुहुन्छ । यसरी दिने काम विगतमा पनि हुन्थ्यो । १ सय ४१ किलो सुनको पीठिका (जलहरी) बनाउन विज्ञ र विद्वान्ले राम्रो हुने सुझाव दिइसक्नुभएको छ । सबै काम पारदर्शी ढंगले गर्नेछौं । रत्तिभर शंका नगर्न आग्रह गर्दछु । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसमेतको रोहवरमा यो काम हुनेछ । तर, सही भावनाले पवित्र र केही उत्कृष्ट काम गर्न खोज्दा विरोधका लागि विरोध नहोस् । मन्दिरका चारै ढोका (चाँदीका), सानो बसाहा र मन्दिरभित्रका साना ढोकाहरू, चाँदीको जलहरी, भुइँको मार्बललगायत जीर्ण भएकाले मर्मत गर्नुपर्ने अवस्था छ । पशुपतिनाथ मन्दिरभित्र र बाहिरको कोर क्षेत्रका साथै समग्र पाशुपत क्षेत्रलाई पुरातात्विक ढंगले भव्य बनाएर भक्तजनलाई ‘आहा ! हाम्रो पशुपति’ भन्ने अवसर दिने हाम्रो चाहना र प्रयास छ । पूर्वजले हामीलाई दानधर्म गर्नुपर्छ भनेर सिकाएकै छन्, त्यही ज्ञानको अनुशरण गर्दै दान धर्म गर्न र पुण्य कमाउन अहिले पनि भक्तजनले गरिरहेकै छन् । सही अर्थमा भक्तजनले चढाएको प्रसादलाई ग्रहण गर्न सकिन्छ र त्यसलाई पशुपतिनाथकै हितमा प्रयोग गर्न सकिन्छ भन्ने ठानेको छु ।
सम्बन्धित समाचार
-
‘हामीलाई प्रधानमन्त्री चाहिदैन’
-
के हो कम्युनिस्ट पार्टीको बिधि र प्रणाली ?
- चोर बाटोबाट कृषिमा लगानी
-
बन्दाबन्दीमा समेत निगमकोे १३ अर्ब नाफा
- दुई वर्षसम्म अड्काएको अड्काएकै
-
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु ।
-
पार्टीभित्रका समस्याबारे
-
रंगशाला निर्माणका लागि ३ करोड
-
पत्रकारलाई औषधोपचार सहयोग
- शम्भुलाई गोपालदास पत्रकारिता पुरस्कार
-
कलाप्रति प्रवीणको मोह
- असमकी स्रष्टाको ‘डम्फु’ काठमाडौंमा
Leave a Reply