आज टुँडिखेलवरिपरि मानव साङ्लो
बुधबार डेस्क
काठमाडौं । संसद् विघटनको राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादसहित आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चौथो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत आज टुँिडखेलमा मानव साङलो प्रर्दशन गर्दैछ ।
संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।
मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता(कार्यकर्ताहरु रहने छन् । सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।
कोटेश्वर पेरिसडाँडास्थित कार्यालयमा गत आइतबार पत्रकार सम्मेलन गरेर नेकपाले १५ फागुनसम्मका लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । यसअघि ठूला सभा र शक्ति प्रदर्शन गरेको नेकपाले यसपटक भने औसत खालका आन्दोलन अगाडि बढाएको छ । घोषित कार्यक्रम ५ फागुनदेखि १५ फागुनसम्म सञ्चालन हुने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । जसअनुसार ९ फागुनमा नेकपा सम्बद्ध महिला संगठनहरूको अगुवाइमा प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारविरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम सम्पन्न हुनेछन् ।
घोषित अन्य कार्यक्रमहरूमा ५ देखि १२ फागुनसम्म प्रदेश कमिटीहरूको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतका विरोध कार्यक्रम, ७ फागुनमा देशव्यापी पालिकाहरूमा वडास्तरीय विरोध कार्यक्रम रहेको छ ।
त्यस्तै, ७ देखि १५ फागुनसम्म संविधान र लोकतन्त्रका पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम, ८ फागुनमा काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अन्तक्र्रिया कार्यक्रम, १० फागुनमा उपत्यका र जिल्लाहरूमा दलित मोर्चाका तर्फबाट विरोध कार्यक्रम, ११ फागुनमा मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारू, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम, १२ फागुनमा चितवन र २१ फागुनमा दाङमा र जनकपुर, नेपालगन्जलगायतका सहरहरूमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ । जनकपुर र नेपालगन्जमा भने केही दिनभित्रै सभा र विरोध प्रदर्शनको मिति तय हुने पनि सहसंयोजक भट्टराईले बताए । त्यस्तै, १४ फागुनमा काठमाडौंमा युवा ¥याली र १५ फागुनमा किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम आयोजना गरिने पनि संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना नभए प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न नहुने र मुलुक अँध्यारो सुरुङको यात्रामा प्रवेश गर्ने बताए । ओलीले चुनाव नगर्न घोषणा गरेकाले प्रतिनिधिसभा पुनःस्थापना भएपछि दुई वर्षपछि मात्र निर्वाचन आयोजना हुने उनको भनाइ छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply