आयोगको अर्कमण्यताले मूठभेडको खतरा
बुधबार डेस्क

काठमाडौं । निर्वाचन आयोगको अर्कमण्यताका कारण संसदमै मुठभेडको खतरा उत्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताको विवाद अढाई महिना बितिसक्दा पनि आयोगले छिनोफानो नगरिदिँदा त्यसको असर आज (आईतबार) अपरान्ह ४ बजे बस्न लागेको पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा पर्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिकरुपमा नेकपा विभाजन भएको थियो । सो पार्टीका ४४१ जना केन्द्रिय सदस्यमध्ये अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल समूहको नेकपाले दुईतिहाई सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दावी गरेपनि सरकाराको दवावमा आयोगले कुनै निर्णय लिन सकेको छैन ।
सर्वोच्च आदलतले संसद विधटनलाई बदर गरेपछि आयोगले पनि चाँडै बहुमत सदस्य रहेको समूहलाई आधिकारिकता दिने धरैको अपेक्षा थियो तर , अदालतको फैसला आएको १२ दिन पछ आयेगले बल्ल आजबाट आधिकारिकताको विषयमा छलफलको शुरुवात गरेको छ ।
आयोगले निर्णय नदिदाँ त्यसको प्रत्यक्ष असर आज बस्न लागेको प्रतिनिधिसभा बैठकमा पर्न लागेको छ । संसदीय दल र पार्टी दुवैतिर बहुमत सदस्य रहेको नेकपा नेपाल–दाहाल समूहले केपी ओलीलाई दलको नेता र पार्टीवाट पनि हटाइसकेको छ । भने, दाहाललाई दलको नेता चुनेको छ । सो बारे यो समूले संसदलाई जानकारी गराइसकेको छ ।
आजको बैठकमा सभामुख अग्नी सापकोटाले नेकपा संसदीय दलको नेताको रुपमा ओली वा दाहाल कसलाइ बोलाउँछन् ? भन्ने चासोका साथ हेरिएको छ । ओलीलाई बोलाए अर्को समूह र दाहाललाई बोलाए ओली समूहले संसदमा हुलहुज्जत गर्न सक्ने सम्भावना रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
-
तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
-
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
-
सभामुखले बोलाउँदा किन गएनन् मुख्यमन्त्री छुट्टै बोलाए सर्वदलीय छलफल
-
लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ – मन्त्री केसी
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
कांग्रेसको पदाधिकारी बैठक बस्दै
Leave a Reply