प्राधिकरणको हाकिम पोखरेल कि अधिकारी ?
बुधबार डेस्क
सल्लाहकारको नाम भजाउँदै, विमानस्थलका ठेक्कामा अरबौं भ्रष्टाचारकाठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल हुन् । तर प्राधिकरणमा उनी भन्दा शक्तिशाली छन्, ११ औं तहका निर्देशक प्रदीप अधिकारी । प्राधिकरणको सबै बजेट परिचालन गर्ने राष्ट्रिय गौरबका आयोजना(भैरहवा, पोखरा र निजगढ) अन्तर्राष्ट्रिय विमास्थलका प्रमुखदेखि एरोड्रोम इन्जीनीयरीङ डिपार्टमेन्टका ११ औं तहका हाकिम हुन् उनी महानिर्देशक पोखरेल उनको शक्तिका अगाडि निरीह साबित हुँदैआएका छन् । उनको दरबन्दी एरोड्रोम इन्जीनीयरीङ डिपार्टमेन्ट हो, तर उनी राष्ट्रिय गौरबका आयोजनाका प्रमुखका रुपमा अरबौंका टेण्डरमा चलखेल गर्दैआएका छन् ।
प्राधिकरणका ठेक्कामा सधैं सेटिङ
प्राधिकरणका शक्तिशाली निर्देशक प्रमुख प्रदीप अधिकारीले राष्ट्रिय गौरवका विमानस्थलहरु निर्माणका क्रममा परामर्शदेखि कन्ष्ट्रक्सनसम्मका कार्यमा सरकारलाई अरबौं नोक्सान पारेका छन् । प्रतिस्पर्धालाई सीमित गरी उनले आफूसँग सेटिङ भएको परामर्शदाता कम्पनीलाई छनोट गर्न अरु योग्य कन्सलटेन्सीलाई प्राविधिक प्रस्तावमै फाल्ने(डिस्क्वालिफाई) गर्ने गरेका छन् ।
यसैबीच, नागरिक उडड्यन प्राधिकरणले नेपालगंज र विराटनगरको टर्मिनल टावरको मनिटरिङ एण्ड सुपरभिजन कार्यका लागि इओआईको टेण्डर आह्वान गरेको थियो । ६ वटा कम्पनीको टेण्डर प्रक्रिया अन्तिममा पु¥याइयो । तर प्रदीप अधिकारीले चाहेको कम्पनीको नम्बर कम आयो, क्राइटेरियामा परेन । उनको सेटिङ भएको कम्पनी सीजी इन्फ्राटा–बीडीए जेभीको नम्बर ५७ मात्र आएपछि ७७ अंक पाएको नाको–पुमोरी कम्पनीलाई ठेक्का नदिन एसियाली विकास बैंकलाई समेत गुहारेको जानकारी हुन आएको छ । एडीबीले अर्थ मन्त्रालयको सहमति चाहिन्छ भनेपछि उनले प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई पत्र लेख्न दबाब दिइरहेका छन् । आफ्नो सेटिङ भएको कम्पनी छनौट नभएपछि पहिलेको लागत भन्दा बढाएर १५० मिलियन डलर बनाई नयाँ प्रक्रिया सुरु गर्न एसियाली विकास बैंक(एडीबी)लाई लेखी पठाए । तर एडीबीले टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले पहिलेकै प्रक्रियाबाट गर्नुपर्ने अन्यथा गर्ने भए अर्थमन्त्रालयको स्वीकृति चाहिने पत्र पठायो । एडीबीको पहिलो पत्र अनुसार टेण्डर प्रक्रिया टुंगो नलगाएपछि दोस्रो पटक प्राधिकरणलाई इमेलबाट पत्र लेख्न बाध्य भयो । दोस्रो पत्रमा एडीबीले आयोजना प्रमुख प्रदीप अधिकारीको बदनियत देखिएकाले पुरानै प्रक्रियाबाट जानुपर्ने आसयको ब्यहोरा लेख्यो ।
आयोजना प्रमुख प्रदीप अधिकारीका नाममा एडीबीले लेखेको पत्र पठाएपछि पनि सेटिङ भएको कम्पनीलाई दिनका लागि षडयन्त्रमै तल्लीन छन् । प्रदीप अधिकारीले प्रधानमन्त्री केपी ओलीका सल्लाहकार बिष्णु रिमालको पनि टर्मिनलको परामर्शदाताको ठेक्कामा चासो रहेको छ भन्दै महानिर्देशक पोखरेललाई अर्थमन्त्रालयमा पत्र लेख्न दबाब दिइरहेका छन् । आफूसँग सेटिङ भएको कम्पनीलाई काम दिन लागत बढाएर रिटेण्डर गर्नका लागि उनी पोखरेलमाथि चर्को दबाब इिरहेका छन् । पोखरेल भने अख्तियारको हावा खाने डरले त्राहीत्राही भएर पत्र लेख्न डराइरहेका छन् । तर अधिकारीले प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमालसम्म पहुँच देखाएर अर्थमा पत्र लेख्न दबाब बढाउँदै लगेका छन् । र, आफूसँग सेटिङ भएको सीजी इन्फ्राटा–बीडीए जेभीलाई नै परामर्शदाता छनोट गराउने खेलमा अझै लागेका छन् ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण प्रक्रियामा आयोजना प्रमुख अधिकारीले ठूलो घोटाला गर्न लागेको तथ्य प्राप्त भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि गरेको अनुमानित लागतमा १२५ प्रतिशतले बृद्धि गरेर दोस्रो टर्मिनल भवन निर्माण कार्य अघि बढाउन लागिएको छ । यसरी लागत बृद्धि गराउने र सरकारलाई नोक्सान पारी लाभ लिने कार्यमा प्रदीप अधिकारी नै लागेका छन् ।
भैरहवा विमानस्थलको ठेक्कामा १० अर्ब लागत बढाउँदै
यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको लागि जम्मा ८ करोड अमेरिकी डलर (करिब नौ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको थियो । अहिले भवनकोे डिजाइन परिवर्तन गरेर आर्थिक चलखेल गर्न मिल्नेगरी १८ करोड अमेरिकी डलर (करिब २१ अर्ब रुपैयाँं पुर्याएर ठेक्का लगाउने तयारी गरिएको छ । पहिला गरिएको लागत अनुमानलाई पन्छाएर आर्थिक घोटोला गर्न मिल्ने ठाउँ राखेर भवन निर्माणका लागि १० करोड डलर आर्थिक भार राज्यलाई थपिने गरी लागत अनुमान निर्धारण गरी ठेक्का लगाउन लागिएको प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ ।
नेपाल सरकारको २० मिलियन र एशियाली विकास बैंक (एडीबी) को ६३.७ मिलियन अमेरिकी डलरमा निर्माण सम्पन्न गर्ने यस अघिको लागत अनुमानलाई तुहाएर नयाँ लागत तयार पारिएको छ । नयाँ लागत बनाएर आयोजना निर्माणको लागि १० करोड अमेरिकी डलर खर्र्चेर कूल लागत १८ करोड पुर्याउने गरी आशय पत्र आह्वान गर्न ठिक्क पारिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा २ अर्बको हेराफेरी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन(एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि गरिएको टेण्डरमा सुरुदेखि नै निश्चित ठेकेदारलाई दिनेगरी सेटिङ गरेका थिए । मे १७, २०१९ को अन्तिम मिति राखी करीब नौ अर्ब बीस करोड रुपैयाँको उक्त कार्यका लागि ख्यातीप्राप्त अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूका तर्फबाट एकल र संयुक्त उपक्रम गरी ७ वटा प्रस्ताव पेश भएका थिए । जसमा चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशन, चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड, नम्बर ४ कन्स्ट्रक्सन कम्पनी लिमिटेड–युनान कन्स्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट होल्डिङ ग्रुप, चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशन र चाइना रेल्वे बेइजिङ ग्रुप भेञ्चरको संयुक्त उपक्रम, नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, चाइना जङ्सु इन्टरनेशनल इकोनोमिक एण्ड टेक्निकल कोअपरेशन ग्रुप लिमिटेड र कोभेक, चाइना रेल्वे इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र तुँदीको संयुक्त उपक्रम(जेभी(ले टेण्डर हालेका थिए ।
तर, यी बोलपत्रदाताहरूमध्ये चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशन र चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशन (सीएमसीई), चाइना रेल्वे बेइजिङ इञ्जिनियरिङ ग्रुप भेञ्चरलाई मात्र प्राविधिक रुपमा योग्य ठह¥याएको र उनीहरूको मात्र वित्तीय प्रस्ताव खोलिने ब्यहोरा सार्वजनिक गरी नीतिगत रुपमा दुई अर्ब रुपैयाँ भ्रष्टाचार गरेका थिए । सात वटा कम्पनीमध्ये ५ वटालाई प्राविधिक रुपमा अयोग्य ठह¥याउने क्रममा नारायणगढ–बुटवल सडक निर्माण गर्ने चीनको प्रख्यात कम्पनी स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसन समेत परेको थियो ।
यसरी ५ वटा कम्पनीका प्राविधिक प्रस्ताव नियतबस अयोग्य घोषणा गरिसकेपछि प्रतिस्पर्धा नै सीमित हुन पुग्यो । र, देशलाई करीब २ अर्ब रुपैयाँ नोक्सान भएको थियो । अरु पाँच वटा क्म्पनीका प्राविधिक प्रस्तावलाई अयोग्य घोषणा गर्ने मुख्य डिजाइन प्रदीप अधिकारीले नै गरेका थिए । चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनसँग अरबकै अंकको घुसमा डिल गरेर अधिकारीले अरु पाँच वटा कम्पनीलाई प्राविधिक प्रस्तावमा अयोग्य घोषणा गरेका थिए । प्राविधिक प्रस्तावमा पास गरिएका दुवै कम्पनी एउटै ग्रुपका सहायक कम्पनी भएको कुरा खुले पनि अख्तियारका तत्कालीन सचिव महेश्वर न्यौपानेलाई समेत प्रदीप अधिकारीले खुसी पारी अरबौंको अनियमितता ढिसमिस पारेका थिए ।
अहिले पनि उनी माथिसम्म पहुँच छ भन्दै उनले अहिले पारदर्शी रुपमा भएको ठेक्का प्रक्रिया नै रद्द गरी एडीबीलाई नै चिढ्याउने काम गरिरहेका छन् । उनी आफूसँग सेटिङ भएको परामर्शदाता कम्पनी लाई ठेक्का दिन नपाएपछि रिटेण्डर गर्ने षडयन्त्रमा लागेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका ११ तहका निर्देशक प्रदीप अधिकारी अर्थमन्त्रालयका पूर्वसहसचिव चुडामणि शर्मा र आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पनि भ्रष्टाचारमा माथ गरिसकेका छन् । प्राधिकरणकै कर्मचारी उनलाई शर्मा र खड्कासँग तुलना गर्ने गर्दछन् । अधिकारीले नियम कानुन सबै बुटमुनि कुल्चेर उनले प्राधिकरण अन्तर्गतका अरबौंका टेण्डरमा सेटिङ गर्दैआएका छन् ।
बर्षौदेखि प्राधिकरणका सबै आयोजनाको जिम्मा पाएका उनकै हैकम चल्दैआएको छ । ११ औं तहका थुप्रै काबिल अधिकारी भए पनि प्रदीप अधिकारी मात्रै सधैं प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरबका आयोजनाका प्रमुख छन् । जुन आयोजनाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल र प्रस्तावित निजगढ विमानस्थल निर्माणको काम हेर्ने गर्दछ । अधिकारीलाई दोहोरो जिम्मेवारी दिइएको छ । उनी राष्ट्रिय गौरब आयोजना र एरोड्रोम इन्जीनीयरीङ डिपार्टमेन्टका पनि प्रमुख हुन् ।
प्रदीप अधिकारी १० औं तहबाट जुन दरबन्दीमा बढुवा भएका हुन्, त्यो दरबन्दी अनुसारको जिम्मेवारी उनलाई दिइएको छैन । उनी ११ औं तहमा बढुवा हुँदा एरोड्रोम सेफ्टी ट्यान्डर्ड डिपार्टमेन्टको पदमा भएका हुन् । जसको काम रेगुलेसन र अडिट हो । तर उनलाई राष्ट्रिय गौरबका(निजगढ, भैरहवा र पोखरा) विमानस्थल आयोजनाको प्रमुखको जिम्मेवारी दिइएको थियो ।
प्राधिकरणका डीजी, मन्त्रालय होइन, घुसको पैसाले उनले प्रधानमन्त्रीका सल्लाहकारसम्म नचाउने हैसियत बनाएको सौगौरब बताउने गर्छन् । उनले पर्यटन मन्त्रीलाई त भुुसुना जस्तै गन्दै नगन्ने ठेकेदारहरुसँग कक्टेल पार्टीमा बताउने गर्दछन् । चितवनको माडी घर भएका प्रदीप अधिकारी अहिले प्राधिकरणको ३० अर्ब भन्दा बढी बजेट परिचालन गरिरहेका छन् । उनले प्राधिकरणका राष्ट्रिय गौरबका आयोजनाका ठेक्कामा हेराफेरी गरी बीसौं करोड सम्पत्ति आर्जन गरेका छन् । उनको ललितपुरको सातदोबाटोबाट हात्तीवन जाने बाटोमा डेढ रोपनी क्षेत्रफलमा १० करोड मूल्यको त बंगला नै छ । उनले स्वदेशमा घरजग्गादेखि विभिन्न क्षेत्रमा लगानी गरेका त छन् नै, विदेशमा समेत सम्पत्ति लुकाएको आरोप छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply