हामी आवेगले हैन विवेकले जित्नेछौ कमरेड !
घनश्याम भुसाल
आजको परिस्थितिलाई विभिन्न ढंगले बुझ्न सकिन्छ । यसलाई नवौं महाधिवेशनपछिको परिस्थिति भन्न पनि सकिन्छ । पछिल्लो संसद् विघटनपछिको, अझ पछिको सर्वोच्च अदालतको फैसलापछिको परिस्थिति पनि भन्न सकिन्छ । तर, राजनीतिक रूपमा भन्दा विगत तीन वर्ष सेरोफेरोको परिस्थितिका रूपमा यसलाई बुझ्न सकिन्छ । गत निर्वाचनमा हामीले दुइटा पार्टीबीच गठबन्धन ग¥यौं । त्यसले मुलुकमा असाधारण आशा र विश्वास सिर्जना ग¥यो । समाजवाद भनेको भाषण मात्र गर्ने, लेख्ने मात्र कुरा होइन, वास्तवमा सम्भव छ भन्ने भयो । यत्रा दुई ठूला पार्टी एकै ठाउँमा आए, चुनाव लडे, तीनले राज्यको नेतृत्व गरे भने समाजवाद काल्पनिक कुरा होइन, हाम्रै जीवनमा वास्तविक कुरा हो भन्ने हिसाबले एउटा असाधारण उत्साह सिर्जना गरेको थियो । हामीले त्यो उपलब्धि प्राप्त ग¥यौं । त्यो उत्साह आफैमा कम्युनष्ट आन्दोलनको भयंकर उपलब्धि थियो । निर्वाचनमा असाधारण विजयी हासिल पनि ग¥यौं । आज केपी ओलीले जुवाको खालमा प्राप्त गरेको उपलब्धि जसरी मिल्काउन खोज्दै हुनुहुन्छ, त्यस्तो छँदै थिएन । किमार्थ थिएन ।
कसैले हल्लाउन नसक्ने बलियो सरकार बनायौं । नेपालको हैन धर्तीको कसैले हल्लाउन नसक्ने सरकार हामीले बनायौं । जुनसुकै शक्तिशाली मुलुकले पनि हाम्रो बारेमा केहि भन्नु अघि तीनचोटि सोच्नुपथ्र्यो । त्यसलाई अझ सिमेन्ट गर्न, अझ बज्र बनाउन हामीले पार्टी एकता ग¥यौं ।
एक अर्थमा, हाम्रो मुलुकमा समृद्धि र समाजवादको वैचारिक, संचरनागत ग्यारेन्टी ग¥यो । तर, त्यो उचाइबाट हामी आज कहाँ छौं ? न त्यो एकता रह्यो, न बहुमत रहने, सरकारको त्यो हैसियत रहेन । अन्तिममा आज आएर अदालतका कारण सही बाँकी रहेको एउटा पार्टी नेकपा एमालेलाई पनि तोड्न, फोड्न ओलीजी असाध्य उद्यत भएर, नग्नतापूर्वक लाग्नुभएको छ । उहाँका पछिल्ला केही अन्तर्वार्ता हेर्दा लाग्छ, उहाँले हरेक एक मिनेटभित्र यति धेरै डरलाग्दा झुट बोल्दै हुनुहन्छ कि त्यो सामान्य हेर्न पनि सकिँदैन । कहिलेकाँही विदेशी ठूला मानिसहरू आउँदा जामर लगाउन चलन हुन्छ । अगाडि अगाडि एउटा जामर भएको गाडी हिँड्छ । विभन्न ठाउँमा कार्यक्रमहरू गर्दा मोबाइल नवजुन भन्न जामर लगाइदिने पनि गरिन्छ । यदि निन्दा र झुट बोल्न नसक्ने मान्छेको दिमागमा लागाउन मिल्ने कुनै त्यस्तो जामर हुन्थ्यो भने कमरेड ओलीले एक मीनेट पनि बोल्न नसक्ने गरि उहाँको दिमाग जाम हुन्थ्यो होला । उहाँले कित झुट बोल्नुहुन्छ, कि त निन्दा बोल्नुहुन्छ । आजको परिस्थिति यो छ । त्यो उचाइमा पुगेको कम्युनिस्ट आन्दोलन आज धूलोमा पुगेको छ । बाँकी बचेको एउटा पार्टी पनि सत्यनास गर्न लागिरहेको आजको परिस्थिति छ । यसका विरुद्धमा हामी खडा भइरहेका छौं । झूट, षड्यन्त्र, धोकाखडी, पार्टी फोड्ने, तोड्ने, भत्काउने एउटा शृंखला चलेको छ भने त्यस विरुद्ध किमार्थ झुकिँदैन, हामी सामना गर्छौ भनेर खडा भएको परिस्थिति आजको हो ।
किन आयो यो परिस्थिति ?
नेकपा एमालेको गएको नवौं महाधिवेशनमा हाम्रा विवाद थिए । ती विवाद वास्तविक थिए । कता जाने भन्ने विवालद थिए । चुनावमा जाने, जितिएन भने फेरि जित्ने । जितेपछि के गर्ने भन्दा फेरि जित्ने । जनताको बहुदलीय जनवादलाई चुनाव देखि चुनावसम्मको गोलचक्करमा फसाएर यसलाई सामान्य बुर्जुवा सिद्धान्त जस्तो बनाउने केपीजीको बाटो थियो । यसो हेर्ने जसले चुनाव जित्छ उसैलाई टिकट दिने । जसलाई जिताउनुपर्ने हो त्यसलाई टिकट दिने होइन । जित्नेहरूमध्ये पनि आफ्नो थुक, खकार सबै मिल्नेलाई दिने । कार्यशैली, सिद्धान्त, बाटो, उहाँको जनताको बहुदलीय जनवाद भनेको यही हो । अहिले जस्तै । ५÷६ सय नियुक्ति भए होलान्, डीएनए टेस्ट गर्ने, आफूसँग मिल्नेलाई दिने । सबैतिर कब्जा गर्ने । उहाँले प्रतिनिधित्व गरेको जनताको बहुदलीय जनवाद यही हो । हामीले व्याख्या गरेको जनताको बहुदलीय जनवाद यस्तो थिएन । हामी शान्तिपूर्ण रूपले समाजलाई परिवर्तन गर्न जान्छौं । टिकट पनि जसले जित्नुपर्ने हो त्यसलाई दिन्छौ । कहिलेसम्म दिन्छौं ? जहिलेसम्म जित्नुपर्नेले जित्दैन, तहिलेसम्म जित्नुपर्ने मान्छे नै लड्छ । यसको अर्थ, खराब र असलबीचको प्रतिस्पर्धा समाजले देखिने गरी हुनेछ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा तीनैवटामा चुनावदेखि चुनावसम्मको गोलचक्कर हँुदैन । हाम्रा प्रतिनिधिले स्पष्ट सामाजिक, आर्थिक रूपान्तरणको काम गर्छन् र फर्किन्छन् । हरेक चुनावले सामाजिक, आर्थिक रूपान्तरणको ग्यारेन्टी गर्छ । यसरी हामीले जबजको व्याख्या गर्दै यसको कार्यदिशा अगाडि सा¥यौं । दुर्भाग्य, माधव कमरेड हार्नुभयो, ओली कमरेड जित्नुभयो । ओलीजीले हिँड्न खाजेको एकातिर थियो, पार्टी हिँड्न खोजेको अर्कैतिर छ । पार्टी हिँड्नुपर्ने जता थियो, त्यो कुरालाई महाधिवेशनले सदर ग¥यो तर जो मान्छे त्यतातिर जानै हुँदैन भनेर अन्तिमसम्म ढिपी गर्दै थियो, त्यही मान्छेलाई त्यो पल्टनको नेता बनाइदियो । जो यस्तो लडाइँ लड्नै चाहँदैनथ्यो, जो अगाडि बढ्नै चाहँदैनथ्यो, जो मुलुकलाई त्यतातर्फ लैजानै चाहँदैनथ्यो, त्यसैलाई नेता बनाइदिएपछि सम्भवतः यस्तै हुनुपथ्र्यो होला । यसर्थ, महाधिवेशनले एउटा ठूलो गल्ती के ग¥यो भने नेताले नीति नचिन्ने, नीतिले नेता नचिन्ने परिस्थिति बन्यो । यस्तो दुर्घटना योभन्दा अगाडि पनि भएका छन् । २०१४ सालमा यस्तै दुर्घटना भएको थियो । नीति पुष्पलालको पारित भयो, नेता केशरजंग रायमाझी आउनुभयो । २०१७ सालमा राजाले संसद् खाए, केशरजंगले राजको समर्थन गरे । पुष्पलाल त्यही विघटित संसदको पुनःस्थापनाको माग लिएर आन्दोलन गर्न जानुप¥यो । धर्तीका अरू ठाउँमा पनि यस्तो भएको छ ।
दोस्रो, यदि ओलीजी इमानदार हुनुहुन्थ्यो भने महाधिवेशनले नै तिमी जाने दिशा यता हो भनिसकेपछि र त्यसको जिम्मा उहाँलाई नै दिइसकेपछि लोकतान्त्रिक हिसाबले नैतिकरूपमा महाधिवेशनमा निर्वाचनमा भाग नै लिनुहुँदैन थियो । यदि महाधिवेशनमा मैले फरक मत राखे र मैले राखेभन्दा परक मत महाधिवेशनले पारित ग¥यो भने नैतिक रूपमा म त्यो चुनावमा भाग लिन जान हुन्न थियो । तर, नैतिकता र कमरेड ओली कहिल्यै भेट हुने कुरा होइनन् । उहाँ चुनावमा नउठ्नुपथ्र्यो, उठिसकेपछि उहाँ महाधिवेशनले जता भनेको छ, त्यता इमानदारीतापूर्वक जानुपथ्र्यो । उहाँ त्यता नजानुभएको मात्र हैन, सुनुयोजित रूपले महाधिवेशनको दिशालाई बदनाम गर्न, महाधिवेशनमा त्यो दिशामा जानुपर्छ भन्ने नेताहरूविरुद्ध गुटबन्दी गर्न थाल्नुभयो । एक्ल्याउन थाल्नुभयो । यिनै दुई कारणले गर्दा संगठन र सिद्धान्त बिगँ्रदै गयो र हामीले दुख पायौं । राजनीति नभए पनि अराजनीति हुन्छ । विचार नभएपछि विचारहीनता हुन्छ । यसरी यो समस्या आयो ।
अब के गर्ने ?
यी सारा चीज भए पनि फेरि पनि हिँड्ने बाटो भनेको ओलीजीको यो प्रवृत्तिविरुद्ध अन्तरसंघर्ष नै हो । यो सुन्दा धेरैलाई मन पर्दैन । केको अन्तरसंघर्ष ? ओलीजीले त्यत्रो गरिसक्नुभयो, अब पनि अन्तरसंघर्ष ? भन्ने साथीहरू धेरै छन् । तर फेरि पनि हामी आवेगले हैन विवेकले नै जित्नेछौं कमरेड । त्यसैले हाम्रो मूल आन्दोलनको, मूल गतिविधिको चरित्र अन्तरसंघर्ष नै हुनेछ । यसो हो भने के हुन्छ ? नवौं महाधिवेशनका सैद्धान्तिक कार्यदिशा, त्यसको विधि, विधानलाई हामीले स्थापित गरेर जाने हो । त्यो भनेको के हो ? त्यो भनेको यदि अदालतले हाम्रो राजनीतिक हैसियतलाई नेकपा एमाले बनाइदिएको कुरा स्वीकार गरेर जाने भनिसकेपछि २०७५ जेठ २ को अवस्थामा जाने हो । यो एउटै तर्क आफंैमा धेरै बलशाली छ । यो मात्र छाडेको भए अरू जति स्टेटमेन्ट दिएको भए पनि हामी हाथ्र्यौं । तर, हामीले टेकेको यो यस्तो ठाउँ हो, जहाँबाट हामी हार्नै मिल्दैन । त्यसैले हामीले गर्ने भनेको हाम्रा संगठन, जनसंगठनहरूलाई जेठ २ मा ब्युँताउने हो । धेरै ठाउँमा हामीले जितेका छौं । हाम्रा आधिकारिक कमिटीहरू छन् । अब बैठक बस्ने हो, तीनले कार्यक्रम लिएर जाने हो । कार्यक्रम भनेका नवौं महाधिवेशन वरपरका कार्यक्रम हुन् । पार्टीमा अहिले आएको अवस्था हो । ओली कमरेडको चिरफार हो । त्यसमा गोष्ठी, प्रशिक्षण र प्रचारका कार्यक्रमहरू हुनेछन् । ती कमिटी अब तयार भए । हाम्रो समानान्तर हुँदैनन् । हामी समानान्तर गर्दैनौं । समानान्तर ओलीजीहरूको हो । ओलीजी अन्तिमसम्म एक्लो रहँदासम्म समानान्तर गर्नुहुनेछ । तर, हामी एक्ल्याउनेछौं र त्यही ठाउँमा पु¥याइदिनेछौं । तसर्थ, हामी सामानन्तर गर्दैनौं, हामी आधिकारिक हौं । आफू समानान्तर भएको लाज छोप्न ओलीजीले अस्ति अदालतको फैसलापछि बत्ती बाल्नुभएको हो । यो खेलवाडको कुरा होइन, हामी ओली प्रवृत्तिलाई झुकाउँछौं । कमरेड ओली त ओरालो लाग्नुभयो भयो । धर्तीको कुनै शक्तिले उहाँलाई अब उठाउँदैन । डर के मात्र हो भने पार्टी, मुलुक, लोकतन्त्र पनि बर्बाद पार्ने भए भन्ने थियो तर संसद् बच्यो, लोकतन्त्र, संविधान ठीक ठाउँमा आइसके । अब एउटा मात्र कुरा छ, यो पार्टी बचाएर देखायौं भने ओली र ओलीवादको पराजय ग्यारेन्टी छ ।
(सम्बोधनमा आधारित)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply