एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
पाच जनसंगठनमा पनि नया अनुहारकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने उद्देश्यले नवौं महाधिवेशनबाट पारित पार्टी विधानलाई लत्याएपछि एमालेभित्र पार्टी र जनसंगठन दुवैतिर तीव्र गतिमा पुनर्गठन प्रक्रिया अगाडि बढाइएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको विचार समूहको गत ४ र ५ चैतमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षबमोजिम एमालेले देशभर कमिटी पुनर्गठन र बिस्तार गर्ने प्रक्रियालाई तीव्रता दिएको हो । यसक्रममा अहिलेसम्म नौ प्रदेश कमिटी र ६७ ओटा जिल्ला कमिटी पुनर्गठन भएका छन् । साबिक कमिटीमा प्रमुख पदमा रहेकाहरूलाई कायमै राखेर पुनर्गठन प्रक्रिया अगाडि बढाइएको स्थायी समिति सदस्य वेदुराम भुसालले जानकारी दिए ।
जसअनुसार प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, वाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला संयोजक तोकिएका छन् । उनीहरूकै नेतृत्वमा प्रदेश कमिटीहरू पुनर्गठन भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क समन्वय कमिटीमा बेदुराम भुसाल, उपत्यका प्रदेश विशेष कमिटीको संयोजकमा विजय पौडेलले जिम्मेवारी पाएका छन् ।
त्यस्तै, प्रदेश १ का जिल्लाहरूमा ताप्लेजुङ–बलबहादुर साम्सोहाङ, तेह्रथुम–लक्ष्मण तिवारी, खोटाङ–बबी चाम्लिङ, संखुवासभा–हेमराज घिमिरे, उदयपुर–ईश्वमणि राउत र सुनसरीमा रमेश बस्नेत अध्यक्ष रहेका पुरानै कमिटी विस्तार गरिएको छ । बा“की जिल्लाहरू पा“चथरमा कमल जवेगु, भोजपुरमा शरण राई, ओखलढुंगामा हर्कबोल राई, धनकुटामा अर्जुन राई, मोरङमा चन्द्रवीर राई र विराटनगर महानगरपालिकामा पारुल क्षेत्रीको अध्यक्षतामा जिल्ला एवं महानगर कमिटी पुनर्गठन गरिएको छ ।
प्रदेश २ का जिल्लाहरूमा सप्तरी–गोविन्द न्यौपाने, सिराहा– प्रमोद यादव, धनुषा–रामचन्द्र पण्डित, सर्लाही–रेवती पन्त, रौतहट–कमल यादव र बारा–सुन्दर विश्वकर्मा अध्यक्ष रहेको पुरानै कमिटी कायम गरिएको छ । पर्सामा भने बालगोपाल थापाको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गरिएको छ । त्यस्तै, वाग्मती प्रदेशको मकवानपुर–मुनु सिग्देल, नुवाकोट–नारायण खतिवडा, काभ्रे–टोकबहादुर वाइबा, सिन्धुपाल्चोक–झंक नेपाल र रामेछाप–शान्तिप्रसाद पौडेल अध्यक्ष रहेको पुरानै कमिटी विस्तार गरिएको छ । त्यस्तै, बा“की जिल्लाहरू चितवन–तेजेन्द्र खड्का, धादिङ–शिवराज कँडेल, रसुवा–पेम्बा तामाङ्ग, दोलखा–भीम दाहाल, सिन्धुली–सूर्य पाख्रिन, ललितपुर–हरिकृष्ण थापा, भक्तपुर–रजन केसी र काठमाडौंमा वसन्त मानन्धरको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गरिएको छ ।
गण्डकी प्रदेशको गोरखामा यादव बस्नेत, तनहु–शंकरनारायण श्रेष्ठ, लम्जुङ–रामबाबु अधिकारी, स्याङ्जा–रामचन्द्र भट्टराई, कास्की–धनराज आचार्य, नवलपरासी पूर्व–धनञ्जय शर्मा, पर्वत–भक्त कु“वर, म्याग्दी–बालकृष्ण सुवेदी र पोखरा महानगरपालिकामा मुक्तिनाथ पौडेलको अध्यक्षतामा जिल्ला तथा महानगर कमिटी पुनर्गठन गरिएको छ भने बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष रहेको कमिटीलाई निरन्तरता दिइएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशको अर्घाखा“चीमा रामबहादुर चौहान, गुल्मी–सोमनाथ सापकोटा, रूपन्देही–राजु गुरुङ, परासी–शिवलाल कँडेल, प्युठान–भोजविक्रम बुढा, पूर्वी रुकुम–भिउमान घर्ती र बर्दियामा प्रेमप्रसाद पोखरेलको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गरिएको छ भने दाङमा टीकाराम खड्का, रोल्पामा हरिप्रसाद घर्ती र बाँकेमा अशोक कोइराला अध्यक्ष रहेको पुरानै कमिटी विस्तार गरिएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा धु्रव शाही, जुम्ला–तीर्थ बहादुर बुढा, मुगुमा–धर्मबहादुर शाही, हुम्ला–दलबहादुर रावल, जाजरकोट–करवीर शाही र रुकुम पश्चिममा विमल पुन अध्यक्ष रहेको पुरानै कमिटी कायम गरिएको छ । सुदूरपश्चिम प्रदेशका कञ्चनपुरमा तारा लामा, कैलाली–दीर्घ सोडारी, डडेल्धुरा–तारा जोशी, डोटी–चक्र मल्ल, अछाम–शेरबहादुर कुँवर र बझाङ–दिलबहादुर सिंह अध्यक्ष रहेको पुरानै कमिटी कायम छन् भने बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावलको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गरिएको छ ।
यसबीचमै एमालेले जनसंगठनका राष्ट्रिय भेला र कमिटी पुनर्गठनलाई पनि तीव्रता दिएको छ । अखिल नेपाल महिला संघको राष्ट्रिय भेलाले जयन्ती राईको अध्यक्षतामा ३ सय ८० सदस्यीय, युवा संघ नेपालको राष्ट्रिय भेलाले नरेश शाहीको अध्यक्षतामा ५ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ ।
त्यस्तै, अनेरास्ववियुको राष्ट्रिय भेलाले सुदेश पराजुलीको अध्यक्षतामा ५ सय १ सदस्यीय, नेपाल खेलकुद महासंघको राष्ट्रिय कमिटीमा थपघट गरी पुरुषोत्तम पौडेलको अध्यक्षतामा २ सय ५ सदस्यीय केन्द्रीय कमिटी कायम गरिएको छ । उता, उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलाले गणेश विश्वकर्माको अध्यक्षतामा २ सय ७१ सदस्यीय केन्द्रीय कमिटी निर्माण भएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय विभाग र भूगोलको कामलाई निष्क्रिय बनाएपछि माधव–झलनाथको विचार समूहले १ सय ४ जना केन्द्रीय सदस्यलाई केन्द्रीय विभाग, भूगोलका इन्चार्जमा खटाउनेगरी गृहकार्य अगाडि बढाएको छ । जिल्लाको कामलाई अझ व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाउने कामलाई पनि अगाडि बढाइएको छ । वाग्मती प्रदेश कमिटीले १३ वटै जिल्लामा केन्द्रीय सदस्य सोसरहको हैसियतमा जिम्मेवारीविहीन नेताहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply