एमाले पार्टी कुनै व्यक्तिको बपौति होइन
विरोध खतिवडा, केन्द्रीय सदस्य एवं सांसद नेकपा(एमाले)
अब समानान्तर गतिविधी अघि बढाउँदै हुनुहुन्छ, पार्टी फुटको दिशामा गएको हो ?
हाम्रो बटम लाइन भनेको पुर्नस्थापना पछिको सम्पुर्ण कमिटीहरु ब्युतनुपर्छ भन्ने हो । एमाले ब्युतिएपछि त एमालेका विधन अनुसारका सबै कमिटीहरु व्युतनुप¥यो नी । केन्द्रीय कमिटी र त्यसका दुइवटा पद चाँही व्युतने अनि अरु सबै पद जाने भन्ने हुँदैन । यो एमाले माधव नेपाल वा केपी ओली कसैले व्युताएको होइन, अदालतले व्युताएको हो । केपी, माधव र म समेतले त एमाले भंग गरेर नेकपा बनाएको हो । एमालेको छातामुनी हामी सबै बसेर फेरी पुरानो संगठन र पार्टी व्युताँउ भन्न खोजिएको हो । तर त्यसलाई २८ गतेको बैठकले ढोका बन्द गर्ने काम भयो । उक्त बैठकमा हामीलाई खबरै नगरिकन ढोका बन्द गरे । बन्दमात्र गरेनन् सम्पुर्ण विधान विपरितका निर्णय भए ।
विधान विपरित के त्यस्ता काम भए ?
आयोजक कमिटी बनाउने निर्णय भयो । तर विधानले केन्द्रीय कमिटी नै आयोजक कमिटी हो भन्छ । केन्द्रीय कमिटीले नै अधिवेशन गर्नेछ भनेर लेखिएको छ । त्यहाँ ७० वर्षको उमेरहद लेखिएको छ, त्यो व्यवस्था पनि हटाइयो । त्यससंगै थुप्रै मान्छे मनोनित गर्ने काम गरियो । त्यसैगरी पदिय जिम्मेवारीहरु आफु दुइजनाको कायम राखेर अरुहटाइयो । २ जनाको चाँही पुर्नस्थापित भएको भनेर कायम गरियो । विष्णु पौडेललाई हटाएर इश्वर पोखरेललाई ल्याइयो । पुर्नस्थापित हो भने त अरु उपाध्यक्षहरु पनि पुर्नस्थापित हुनुपथ्र्यो । यो ढंगबाट सम्पुर्ण गम्भिर खालका निर्णयहरु गरेर संगै हिँडने बाटोमा छेकबार लगाइयो । पुर्नस्थापित हुँदा २८ गते अघिको अवस्था कायम हुनुपर्छ भन्ने कुरा छ तर त्यसलाई कार्यान्वयन गर्ने लक्षण देखिएको छैन । त्यसैले पार्टी विभाजन गर्ने कार्यमा उतैपट्टीका साथीहरु बढी लागेको देखिन्छ ।
अध्यक्ष ओलीले वैशाख ६ गतेका लागि बोलाएको बैठकबारे सुचना छ की छैन ? तपाँइ सहभागी हुनुहुन्छ की हुनुहुन्न ?
जिन्दगीमा झुटो बोल्न हुन्न । सो बैठकको जानकारी छ । तर २८ गतेको बैठकले गरेका गम्भिर निर्णयहरु नसच्चीएसम्म हामी त्यहाँ सहभागी हुनुको औचित्य हुँदैन । सुचना दिएको कुरालाई इन्कार गर्न हुँदैन पुर्नस्थापना पछिको पहिलो बैठकले नै धेरै कुरा बिगारिसकेको हुनाले त्यसमै सुधार नभइकन अरु बैठकमा जाने भँन्ने कुरा आँउदैन । २०७५ जेठ ३ गते भन्दा अघिको स्थितिबाट यो बेलाको माइन्युट पल्टाएर त्यही आधारमा बैठक बस्नुपर्छ । त्यो केन्द्रीय कमिटीले महाधिवेशनको पनि निर्णय गर्न सकिन्छ । ठिक छ, यही भनेकै गतेमा गर्ने तर एकपक्षीय होइन सल्लाहमा गर्ने काम गरौं ।
माओवादी त्यागेर आउनेहरुलाई ठाँउ दिनका लागि कमिटी विस्तार गरिएको भन्छन् नी त ?
हुन्छ, माओवादीबाट आएका साथीहरुलाई समेट्नै पर्छ । काँग्रेसबाट आएकाहरुलाई त हामीले माला लगाएर स्वागत गर्छौ भने माओवादीबाट आएका यस्ता वरिष्ठ नेताहरुलाई स्वागत नगर्ने भन्ने त कुरै भएन । तर हरेक कुरा विधि सम्मत हुनुप¥यो । पार्टीको निर्णय पनि कमिटीको बैठकबाट हुनपर्छ, त्यसमा पनि सम्पुर्णलाई खबर गरिनुपर्छ । खबर नगरिकन एक पक्षीय ढंगबाट कमिटीको निर्णय गर्ने अनि पछिल्ला बैठकमा आएर त्यो कमिटीको निर्णय मानेर हिँड् भनेर भन्ने कुरा एकता गर्ने मनशाय भन्दा पनि कुनै एउटा पक्षलाई लखेट्ने, इन्कार गर्ने, पेल्ने, खेल्ने, दुराषययुक्त नियत भएको हुनाले २८ गतेको बैठकको निर्णय स्थगन र पुर्नस्थापित जेठ ३ अगाडिको कमिटी र त्यसमा पनि अध्यक्ष र महासचिव मात्र होइन केन्द्रीय कमिटीका सबै, प्रदेश, जिल्ला कमिटी जुन जुन कमिटीहरु निर्वाचनबाट आएका छन्, ति सबैलाई यथास्थिथिमा ल्याइनिुपर्छ । मरेका , पार्टी छोडेका वा अन्य हिसावले रिक्त रहेकाहरुको हकमा बैठकले नै निर्णय गर्नुपर्छ । विधिसम्मत ढंगले निर्णय गरेर अघि बढ्ने, एमालेलाई मजवुद बनाउने, आँउदो दिनमा हाम्रा प्रतिद्धन्दी पार्टीहरुसंग प्रतिश्पर्धा गर्न योग्य बनाउने हो भने गम्भिर भएर सोच्नुपर्छ । होइन, पार्टी भड्खालोमा नै जाओस्, जोजोले जहाँ खानुपर्ने हो, खाइहालियो, पाउनुपर्ने पद पाइहालियो, माथि सम्म जानुपर्ने नेतृत्वहरु जहाँसुकै जाउन् भनेर भन्ने र आफ्नो स्वार्थ मात्र हेर्ने हो भने जे गर्दा पनि भयो ।
समस्याको समाधान बैठक तथा छलफलहरुबाट नै निस्कनुपर्ने ठाँउमा बैठकमा नजाने, समानान्तर गतिविधी गर्दै हिँड्ने, सर्कुलर जारी गर्ने भएपछि एकताको संभावना टरेको होइन र पाँइहरुकै कारणबाट ?
तपाँइको प्रश्न नै गलत छ । हामीले समाननन्तर गतिविधी गरेकै छैनौं । ढोका भित्र छिर्न दिइएन । खबरै नगरेपछि छिर्ने कुरा पनि भएन । नेकपा एमाले बनाउन हाम्रा पनि रगत पसिना बगेका छन् । ठुला नेताको हामी भन्दा दुइ चार वर्ष बढी रगत पसिना वग्यो होला, हाम्रो पनि थोरै कम बगेकै होला । पार्टी संगठन निर्णण गर्न संगठन यत्रो बनाउन सबै आ आफ्नो ठाँउमा खटेका छौं । हामी सबै जना जेल परेका छौं । तसर्थ यो एमाले पार्टी कुनै व्यक्तिको बपौति होइन । कसैले जन्माएको पनि होइन । हामीले त अध्यक्ष केपी ओली, माधव नेपाल र म सहित अथवा म जस्ता सबै केन्द्रीय सदस्य भएर नेकपा एमालेलाई त लोप गराएको हो । सर्वोच्चले व्युझाइदिएका कारणले हामी फेरी वाध्य भएर यहाँ फर्किएका हौं । त्यसकारण यसमा कसैले बढी घमण्ड गर्न पनि जरुरी छैन । अदालतको फैसला भएपछि हाम्रो पुरानै पार्टीलाई मजवुद बनाउने भनिसकेपछि पनि सबैलाई मिलाएर जाने मनशाय छ । त्यो मनशायमा चारैतिरबाट ताल्चा लागेपछि दुर्घटना भए पनि होस् भन्ने मनशायले सडकको लागि बीचमा बनाइएको खाल्डोले समस्या पारेको जस्तै छ । खाल्डो नदेखाउने तर जसरी पनि गाडी लिएर आइजो भनेर भन्दा कसरी मिलेर जाने भनेर संभावना दिनुपयो ।
अध्यक्ष ओलीले आत्मालोचना गएर आएमा ठाँउ दिने भन्नुभएको छ नी ? तपाँइहरु आत्मालोचना गर्न तयार हुनुहुन्छ ?
त्यसमा कुनै समस्या नै छैन । आत्मालोचना त दुबैथरीले गर्नु पर्ने छ । उहाँले पनि २८ गतेको बैठकमा खबर नगर्नु मेरो गल्ती थियो भन्नुप¥यो । नेकपा एमाले पुर्नस्थापित हुनु भनेको एमालेको विधान पुर्नस्थापित भएको हो । विधान पुर्नस्थापित भनेको एमालेको सम्पुर्ण कमिटीहरु पुर्नस्थापित भएको हो । कुनै अमुक व्यक्ति र संस्था पुर्नस्थापित भएको तर तर अरु चाँही पुर्नस्थापित नभएको होइन । यो दुइवटा गल्ती सच्याँउछु भनेर एक पक्षले भन्नुप¥यो भने अर्को पक्षले त्यो गल्ती सच्याएको हुनाले हामी खुसीका साथ आँउछौं, गल्ती गरेको हुनाले नआएको हो, यसमा हाम्रो पनि केही त्रुटी भएको भए गल्ती स्वीकार्छौं भन्नुप¥यो । सुरुवात जसले पहिले गल्ती ग¥यो सच्याउने ससरुवात त्यहीबाट हुनुप¥यो । मान्छेहरु नेकपा एकिकृत भएको बेलाको गफ पनि गर्छन् तर नेकपा भन्ने चिज त इतिहासको गर्भमा गैसक्यो । दरवारको ढोका अगाडि बसेर कसले कसलाई के के भन्यो ? भृकुटी मण्डपको मञ्चबाट कसले कसलाई के के भन्यो ? पाटीसंग सल्लाह नगरी पुस ५ गते संसद भंग जस्तो गम्भिर चिज गरेपछि दुइवटा चिरा भयो । दुइवटा चिरामा कोही कता लागे, कोही कता । पार्टी एकता केपी कमरेड र प्रचण्डले एकदम माया प्रिती परेर कसैलाई थाहा नदिइकन २४ घण्टा अगाडि हामी दुइजनाको विवाह हुँदैछ, हामी दुबैले एमाले र माओवादी दुबैको घर छोड्दैछौं, अनि नेकपाको घर बनाएर हामी बस्दैछौं भनेर उहाँहरुले २४ घण्टा अगाडि सुचना गरेपछि हामीले साथ दिएको हो । सर्वोच्चले नेकपालाई फुटाइदियो । फुटाँउदा पनि साथीहरुले खुसी मनाउनुउनुभयो । आफुले एकता गरेको र आफ्नो नेतृत्वमा बनेको पाटी फुट्दा दिपावली मनाउनुभयो । यो त अजिव अजिव छ ।
यो सबै बुझ्दा यसको रहस्य र भित्रि कुरा के पाउनु भएको छ त ?
जो जो जहा जहाँ आफुहरु पोस्टमा बसे, आफु झुक्न प¥यो भने बरु पार्टी नै टुटोस्, तर जिन्दगीमा झुक्ने गल्ती गरिँदैन भनेर नेताहरु घमण्डका साथ हिँडीरहनु भएको छ । त्यसले गर्दा आँउदो दिन कसैका लागि पनि सुखद छैन । दुर्घटनायुक्त छ । २–४ सय भोट कसले बढी ल्याउला वा घटी ल्याउला थाहा छैन तर नतिजा सम्पुर्ण काँग्रेसको पोल्टामा हाल्ने खेल हो यो । त्यो खेलमा को को लागिरहेका छन्, तपाँइ पत्रकारहरुले पनि बाहिरबाट हेरिरहनु भएको छ । कसैले कसैलाई आफु सुरक्षित छु भनेर महशुस नगरे हुन्छ । सर्पले भ्यागुतो खान्छ, भ्यागुताले बिच्छी खान्छ , बिच्छीले सर्प मार्छ । अब आउने चुनावमा माओवादी, माधव नेपाल समुह र केपी ओली समुह गरी यि तिन समुह सर्प, बिच्छी र भ्यागुता जस्ता हुन्छन् भने उनीहरुले एक अर्कालाई नासेर, खाएर ध्वस्त हुन्छन् । नखाउन्जेल म चाँही मजवुत छु भन्ने घमण्ड छ । कसैलाई पैसाको घमण्ड छ, कसैलाई पदको घमण्ड छ, कसैलाई इतिहासको घमण्ड छ, कसैलाई हिजो अस्ति समर्थन गरिरहेका जनताले अहिले पनि गर्छन् भन्ने भ्रम छ । ति सबै भ्रम आँउदो चुनावमा चङ्गा चेट हुन्छ ।
अध्यक्ष केपी ओलीले माधव नेपाल लगायत ४ नेतालाई निलम्वन गरिदिएपछि अब कसरी अघि बढ्ने सोच छ ?
पहिलेबाटै गल्ती भयो । नेकपा एमाले व्युझियो भनेपछि सबै ब्युझिनुपथ्र्यो । केन्द्र ब्युझिने जिल्लाहरु मर्ने भन्ने हुन्छ । अध्यक्ष र महासचिव व्युझने अबरु सबै मर्ने भन्ने हुन्छ । त्यस्ता वाहीयात तर्क नि हुन्छन् । एउटा पक्षलाई नबोलाइकन बैठक राखेर दोस्रो गल्ती भयो । राजनीति गर्ने मान्छे कहिल्यै सुतेर बस्दैन । राणाकाल र पञ्चायतमा पनि विचार र दलगत स्वतन्त्रताको लागि लडेकै हो । तर यो विन्दुमा आएर विचारको स्वतन्त्रता नहुने, एक व्यत्तिःको निर्णय मान्नुपर्ने, आदेश तामेल गर्नुपर्ने, पुरानो शव्दमा भन्ने हो भने दाश भएर बस्नुपर्ने, जे जे निर्णय ग¥यो स्विकृती दिनुपर्ने, पार्टीसंग कुनै सर सल्लाह नहुने, मन्त्री हुनलाई योग्यता हुनलाई ७० करोडको क्षमता हुनैपर्ने अनि त्यस्तो ठाँउमा गएर बस्नुको अर्थ बस्नु, मर्नु वा राजनीति छोड्नु एकै हो नी । तसर्थ राजनीति गर्ने प्राणीले राजनीति गर्छ, एमालेलाई बलियो बनाउँछ । मुल पार्टी यही हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply