मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन: वामदेव गौतम
बुधबार डेस्क
१८ अषाढ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने बताएका छन् । आज वालुवाटारमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले भने–‘मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’
‘हिजो केन्द्रीय कमिटीको निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ’ बैठकमा गौतमले भने, ‘ एमाले आधा–आधा विभाजित छ । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न । सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं ।’
आफूले आजसम्म मित्रघात नगरेको उल्लेख गर्दै उनले भने,‘ मैले जे भनिरहेको छु, यो हाम्रो हितमा छ, व्यक्तिगत रूपमा ओलीका पक्षमा छ ।’
उपाध्यक्ष गौतमले पार्टीबाट राजीनामा नदिई देउवाका पक्षमा हस्ताक्षर गर्नु गलत भएको उल्लेख गर्दै भने ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply