ओलीले भनेको असाधारण निर्णय के हो ?
बुधवार डेस्क
२० असार, काठमाडौं । नेकपा एमालेको हिजो दोस्रो दिन बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट आफूहरुले असाधारण निर्णय गर्ने बताए । अध्यक्ष ओलीको यो अभिव्यक्तिपछि ‘के होला त्यो असाधारण निर्णय भनेको ’ भन्ने विषयमा अनेक चर्चा शुरु हुन थालेको छ ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ओलीले पार्टी जीवनकै सन्दर्भमा व्याख्या गर्ने क्रममा सो अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्तिको सिलसिला बुझ्दा, यसबाट दुईटा कुरालाई संकेत गर्न खोजेको प्रष्ट बुझिन्थ्यो । पहिलो, सर्वोच्च अदालतको फैसला आउनु अघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने आफ्ना पार्टीका सांसदहरुले हस्ताक्षर फिर्ता नलिए र फैसलाले संसल पुर्नस्थापित गरेका सबै हस्ताक्षरकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि हटाउने हो । दोस्रो, संसद विघटन पनि सदर भयो, हस्ताक्षर पनि फिर्ता भएको अवस्थामा पुरै पार्टी पंक्तिलाई आक्रमणतरिका निर्वाचनमा परिचालन गर्ने हुनसक्ने बुझिन्छ । ती केन्द्रीय सदस्यले भने, तर यी दुईमध्ये पनि ओलीले पहिलो सम्भावनालाई असाधारण निर्णय भनेर संकेत गर्न खोजेका हुन भन्ने लाग्छ ।
प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएकै दिन पत्रकार सम्मेलन गर्ने र त्यसकोे भोलिपल्ट ११ बजे केन्द्रीय कमिटीको बैठक बसेर त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने जानकारी गराएका थिए ।
केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताएका थिए । ‘हाम्रो पार्टीका विरुद्ध मोर्चा बनाएरै लागेका छन्, तल्लो तहसम्मै पुत्ला दहन भइरहेको छ,’ ओलीले भने, ‘त्यसैले सिटी फुक्ने वित्तिकै आन्दोलनमा दौडि हाल्नुपर्छ तपाइँहरु ’अन योर मार्क, गेट सेट, गो’ अन्तर्गत गेट सेटको अबस्थामा बस्नुस् ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply