माओवादीबाट सरकारमा हरिबोलले नेतृत्व गर्ने, अरु को–को ?
बुधबार डेस्क
१९ साउन, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारमा माओवादी केन्द्रका तर्फबाट स्थायी कमिटी सदस्य हरिवोल गजुरेलले नेतृत्व गर्ने सहमति बनिसकेको बुझिएको छ । सरकारमा कसले नेतृत्व गर्ने र को को मन्त्री बन्ने भन्ने विषय टुंगो लगाउन माओवादीलाई निकै सकस परेको थियो ।
गत हप्ता एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सबै सांसद मन्त्रीको आकांक्षी भएको भन्दै मन्त्री छान्ने विषयले आफूलाई निकै सकसमा पारेको सार्वजानिक अभिव्यक्ति दिएका थिए ।
सत्ता गठवन्धन दलहरुवीच कुन दलले कुन मन्त्रायल लिने भन्ने टुंगो लागिनसके पनि माओवादीले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम भने करिव टुंगो लगाएको बुझिएको छ ।
बिश्वस्त स्रोतका अनुसार माओवादीले गजुरेललाई उपप्रधानमन्त्रीसहित पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने गरि पठाउने छ । सम्भवत उनलाई उपप्रधानमन्त्रीसहित कृषी मन्त्रीको जिम्मेवारी दिइने छ ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले पनि सरकारको नेतृत्व गर्ने तीव्र आकांक्षा राखेका थिए ।
त्यस्तै, माओवादीबाट सुदन किराँती, महेश्वरजंग गहतराज , शशी श्रेष्ठ, हरि प्रसाद अधिकारी र अन्जना विसंखे मन्त्री बन्ने बुझिएको छ । यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply