एक दिन बिराएर किन कोटेश्वर दौडिहाल्छन् प्रचण्ड ?
बुधबार डेस्क
१९ साउन, काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद नमिल्दा सो पार्टीका नेता तथा कार्यकर्ता धेरै चिन्तित छन् । आम नेता कार्यकर्ताको चाहाना जसरी हुन्छ एमाले एकढिक्का होस् भन्ने नै छ । कार्यकर्ताको त्यहि दवावका कारण पनि सो पार्टीको विघटित कार्यदलका सदस्यहरु पार्टी मिलाउन अहोरात्र औपचारिक–अनौपचारिक भेटघाट तथा छलफलमा छन् ।
तर, जब जब एमाले विवाद सामाधान हुने अपेक्षासहितका बजार हल्ला चल्न शुरु हुन्छ, त्यसपछि सबैभन्दा धेरै छटपटी माओवादी केन्द का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुरु हुन्छ । र, दौडिदै पुगिहाल्छन्–एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर ।
सर्वोच्च अदालतले संसद पुर्नस्थापना तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले वरिष्ठ नेता नेपालले अब आफू सो गठबन्धमा नरहने बताएका थिए । तर, सोही गठबन्धनका नेता प्रचण्डसँगको बारम्बारको भेटघाट र संवादलाई झन् तीब्र बनाएको देखिन्छ ।
साउन ५ गते यता १४ दिनको अवधीमा प्रचण्ड सात दिन नेपाललाई भेट्न कोटेश्वर पुगिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्वन्धमा छलफल गर्न भन्दै साउन ५ मा उनी नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
एमालेको दशौं केन्द्रिय कमिटी बैठकमा साउन ६ मा अध्यक्ष ओलीले पार्टी विवाद समाधान गरेर आए वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताए भने ७ गतेको बैठकलाई सम्बोधन गर्दै ‘वरिष्ठ नेता नेपाल एमालेमा आए, विगतका सबै गल्ती भुलेर आममाफी दिने’ बताए ।
त्यसको काउन्टरमा नेपालले ओलीलाई व्यग्य गर्दै ‘आममाफी दिने महाराज’ भने । त्यसपछि त के चाहियो ? आगोमा ध्यू थप्न ९ गते नै प्रचण्ड पुगिहाले नेपाल निवास कोटेश्वर । र, ओलीलाई महाराजधिराज भनेकोमा नेपाललाई धन्यवाद दिएर फर्किए ।
त्यसको ३ दिन पनि बित्न नपाउँदै साउन १२ मा फेरी प्रचण्ड विहान उज्यालो हुन नपाउँदै नेपाल निवास पुगिहाले । ७ नवज्दै कोटेश्वर पुगेका उनी ८ः१५ मा निस्किएका थिए । यसको पछाडीको कारण थियो, एमाले मिल्ने डर । किनभने, त्यसको अघिल्लो दिन ११ साउनमा बसेको एमालेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले ओली र नेपाल दुई नेतालाई वान टु वान वार्तामा बसेर एकता प्रकृया टुंगो लगाउन आग्रह गरेको थियो ।
त्यसको दुई दिन नवित्दै फेरी १४ साउनमा प्रचण्डले कोटेश्वर पुगेर नेता नेपाललाई भेटेका थिए । सो भेटमा दुई नेताबीच सरकारमा सहभागिता र मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी भएको थियो ।
१६ साउनमा पार्टीको काठमाडौ जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोही मात्र भनेनन्, अब उनका लागि एमालेमा ठाऊँ छैन भन्ने फर्मान जारी गरे । फेरी के चाहियो, ध्यू थप्ने प्रचण्डको दौड शुरु भइहाल्यो । १७ साउनमा उनी फेरी कोटेश्वर पुगिहाले ।
त्यसको दुई दिन नवित्दै आज १९ साउन मा पुन प्रचण्डले कोटेश्वर पुगेर नेपाललाई भेटेका छन् । उमालेको विघटित कार्यदलका सदस्यहरुको हिजोको बैठकले आज ओली र नेपाललाई भेट गराउने समाचार सार्वजानिक हुनासाथ प्रचण्ड विहानै कोटेश्वर पुगेका हुन् ।
प्रचण्डको यी सबै दौडहरु हेर्दा, उनी जसरी हुन्छ एमालेलाई कुनै हालतमा एकढिक्का हुन नदिन ‘कसम’ नै खाएर लागेको देखिन्छ । तर, एमालेमा यत्रो त्याग गरेका नेताले लाखौं कार्यकर्ताको एकताको भावनामा ठेस पुर्याउने गल्ती गर्लान् भन्ने कल्पना गर्न सकिन्न ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply