१२ भाद्र २०७८, शनिबार ०२:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बाढीपीडितलाई भारतले दियो आठ करोडको राहत

भदौं १२, काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतले नेपालका बाढी, पहिरो प्रभावितहरुलाई आठ करोड रुपैंया बराबरको राहत सामाग्री प्रदान गरेको छ ।
नेपालका लागि मिशन उप–प्रमुख नामग्या खम्पाले भारत सरकारको तर्फबाट तीे राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरे ।
नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेको दुतावाबाट जारी विज्ञप्तीमा जनाइएको छ । ती राहत सामाग्री पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने बताइएको छ ।
सम्बन्धित समाचार
-
चीनले ताइवान नजिक गर्यो २ मिसाइल प्रक्षेपण
-
ताइवान मुद्दामा नेपालले चीनलाई निरन्तर समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत
-
फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प
-
दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री
-
अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित
-
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
-
श्रीलंकाका राष्ट्रपतिले छोडे देश
-
श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास
-
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
-
टेक्सासमा लरीभित्र भेटियो ४२ जनाको शव
-
अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प, २५० जनाको मृत्यु
-
भारत गौरव पर्यटक रेल बिहीबार जनकपुरधाम आउने
Leave a Reply