लद्दाखको खुर्पानी दुवई निर्यात

लद्दाख, भारत । २ वर्षअघि अर्थात अगष्ट ५, २०१९ मा आर्टिकल ३७० अन्र्तगत जम्मू र काश्मिरबाट अलग गराइएपछि भारत केन्द्र शासित क्षेत्र लदाख बिस्तारै समृिद्धतर्फ लम्केको छ । कृषि उत्पादनलाई लद्दाखले तीव्र बनाएको छ ।
पहिलो पटक व्यावसायिकरुपमा खुर्पानी (खुवानी/एप्रिकोट) दुवईका लागि निर्यात गरेको छ । लद्दाखको राजधानी लेहबाट दुवई निर्यातका लागि खुर्पानी मुम्बई ढुवानी भएको जनाइएको छ ।
भारतको कृषि तथा खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले दुवईका आयातकर्ताहरुसँगको सहकार्यमा लद्दाखको खुर्पानीको निर्यात मूल्य श्रृंखला कायम गर्न लागिरहेको बताईएको छ । यसको ढुवानी प्राधिकरणमा सूचिकृत मुम्बइका निर्यातकर्ताहरुले गरिरहेको यहाँको उद्योग तथा वाणिज्य मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
खुर्पानीको दुवई ढुवानीका क्रममा केहि ताजा नमूनाकारुपमा अगष्ट महिनामै लेहबाटै हवाईमार्ग बाट दुवई पठाइएको थियो । लद्दाखमा धेरै प्रकारका खुर्पानी उत्पादन गरिएको छ । ती मध्ये पनि चार–पाँच थरिको निर्यात सम्भावना हेरेर व्यावसायिक खेती गरिएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
चीनले ताइवान नजिक गर्यो २ मिसाइल प्रक्षेपण
-
ताइवान मुद्दामा नेपालले चीनलाई निरन्तर समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत
-
फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प
-
दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री
-
अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित
-
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
-
श्रीलंकाका राष्ट्रपतिले छोडे देश
-
श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास
-
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
-
टेक्सासमा लरीभित्र भेटियो ४२ जनाको शव
-
अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प, २५० जनाको मृत्यु
-
भारत गौरव पर्यटक रेल बिहीबार जनकपुरधाम आउने
Leave a Reply