एमालेमा अब केन्द्रीय, स्थायी कमिटी र सचिवालय गरी तीन तह मात्र
प्रदेश र जिल्ला कमिटीमा ५० को आधार संख्या, निर्वाचन क्षेत्रबाट ४ र १५ जनाको अतिरिक्त प्रतिनिधित्व१७ असोज, काठमाडौं । नेकपा एमाले खारेजीमा परेको तत्कालीन नेकपाको जस्तै पार्टी संरचना बनाउने भएको छ । उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले समूहबाट आएका सुझावहरुको आइतवार जवाफ दिने क्रममा यस्तो जानकारी गराएका छन् ।
तीन दिनदेखि जारी विधान महाधिवेशनका क्रममा आएका सुझावहरुका अनुसार एमालेले केन्द्रीय कमिटीमा तीन वटा मात्रै लेयर राख्ने निर्णय लिएको हो ।
अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ । त्यसपछि स्थायी कमिटी र सचिवालय तीन वटा तह हुनेछ, पौडेलले भने, पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरोको आवश्यकता हुँदैन भनिएको हो । उनको जवाफ दिने क्रममा पार्टीलाई सहज रुपमा चलाउनका लागि यस्तो गरिएको बताए । पौडेलले नेताहरुलाई माथिल्लो तहसम्म पुग्ने बाटो खोल्न स्थायी कमिटीको आकार विस्तार गरेर ४५ सदस्यीय बनाइने बताए ।
४५ सदस्यीय स्थायी कमिटी मुख्य नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने थलो हुनेछ, केन्द्रीय तहमा पोलिटब्युरो रहने छैन । अब एमालेमा पदाधिकारी रहेको सचिवालय हुनेछ ।
प्रदेश र जिल्ला कमिटीमा ५० को आधार संख्या, निर्वाचन क्षेत्रबाट ४ र १५ जनाको अतिरिक्त प्रतिनिधित्व
एमालेले प्रदेश र जिल्ला कमिटीको संख्या निर्वाचन क्षेत्रको प्रतिनिधित्वको आधारमा निर्धारण गर्ने भएको छ । त्यसका लागि ५० आधार संख्या हुने मापदण्ड तय गरिएको छ । विधान महाधिवेशनमा संगठन विभाग प्रमुख विष्णु पौडेलले नयाँ व्यवस्थाबारे जानकारी दिएका हुन् ।
उनका अनुसार अब प्रदेश कमिटीको ५० जना आधार संख्या हुन्छ ।
त्यसपछि प्रत्येक निर्वाचन क्षेत्रअनुसार ५ जनाको दरले प्रदेश कमिटीमा रहने छन् । त्यस्तै, जिल्ला कमिटीमा शुरुको आधार संख्या ५० हुनेछ । त्यस बाहेक जिल्ला कमिटीमा प्रत्येक प्रदेश सभाको निर्वाचन क्षेत्रबाट १५ / १५ जना थप प्रतिनिधिहरू रहने छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply