दक्षिण अफ्रिकाको संसद् भवनमा भीषण आगलागी

१८ पुस, काठमाडौं । दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । संसद् भवनमाथिको आकाश धुँवाले ढाकेको र छानामा आगोको मुस्लो देखिएको भिडियोहरु स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् ।
आगो नियन्त्रणका लागि दर्जनौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । के कारणले आगलागी भनेर स्पष्ट हुन सकेको छैन । सांसद नजिक शान्ति नोबेल पुरस्कार विजेता डेसमन्ड टुटुलाई अन्त्येष्टी गरेको केही घण्टापछि आगालागी सुरु भएको हो ।
आगो नियन्त्रण बाहिर छ र भवनको भित्ताहरु चर्किएको जानकारी आएको छ सहरको आपत्कालीन सेवाका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएका छन् । आगलागी भवनको तेस्रो तल्लामा रहेको कार्यालयबाट लाग्न सुरु भएको र भवनमा फैलिएको हो । संसद् भवनमा तीन वटा सेक्सन रहेका छन् । सबैभन्दा पुरानो भवनमा सन् १८८४ मा निर्माण भएको थियो । नयाँ सेक्सनको भवन ८० को दशकमा निर्माण भएको हो ।
दक्षिण अफ्रिकामा राज्यका तीन अंगका राजधानी फरक फरक ठाउँमा छन् । कार्यापालिका प्रिटोरिया, व्यवस्थापिकाको केप टाउन र न्यायपालिको ब्लामफोन्टेनमा रहेको छ । तर सबैभन्दा ठूलो शहर भने जोहानेसबर्ग हो ।
सम्बन्धित समाचार
-
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
-
उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार
-
इमरान खानविरुद्ध अविश्वाश प्रस्तावमा मतदान हुँदै
-
नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त
-
रुसका ४५ कूटनीतिज्ञलाई देश निकाला गर्ने पोल्याण्डको तयारी
-
चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना
-
न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे
-
रुस–युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध निम्तिन्छः बाइडेन
- रुसद्वारा किएभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँच जनाको मृत्यु
-
युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको कब्जामा
-
रुसद्वारा युक्रेनको मोलिटोपोल शहर कब्जा
-
युक्रेनमा सैन्य कारबाही थालेको रुसको घोषणा
Leave a Reply