सुडानका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिएका छन् । केही हप्ताअघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका उनले अहिले पदबाट राजीनामा दिएका हुन् । सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि उनको राजीनामा आएको हो । प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका थिए ।
प्रदर्शनकारीमाथि सेनाले गोली चलाए पछि उनको राजीनामा आएको बीबीसीले जनाएको छ । सेनाको गोली लागेर दुई जनाको ज्यान गएको पुष्टि भएको छ । गएको अक्टोबरदेखि अहिलेसम्म सेनाको गोली लागेर ५६ जनाको ज्यान गइसकेको छ ।
प्रधानमन्त्री ह्यामदकले सुडान अहिले कठिन मोडमा आइपुगेकाले शान्तिको मार्गका लागि आफूले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । देशमा भइरहेको हिंसा रोक्न आफूले सक्दो प्रयास गरे पनि सफल नभएको उनको भनाइ छ ।
गएको अक्टोबर महिनामा सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री ह्यामदक केही समय पछि पुनः प्रधानमन्त्री बनेका थिए । सेनाले अपदस्थ गरे पछि ह्यामदकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरमा विशाल प्रदर्शन भएका थिए । त्यसको केही समय पछि सेनासँग सम्झौता गर्दै उनी फेरि प्रधानमन्त्री बनेका थिए ।
सम्बन्धित समाचार
-
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
-
उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार
-
इमरान खानविरुद्ध अविश्वाश प्रस्तावमा मतदान हुँदै
-
नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त
-
रुसका ४५ कूटनीतिज्ञलाई देश निकाला गर्ने पोल्याण्डको तयारी
-
चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना
-
न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे
-
रुस–युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध निम्तिन्छः बाइडेन
- रुसद्वारा किएभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँच जनाको मृत्यु
-
युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको कब्जामा
-
रुसद्वारा युक्रेनको मोलिटोपोल शहर कब्जा
-
युक्रेनमा सैन्य कारबाही थालेको रुसको घोषणा
Leave a Reply