२० पुष २०७८, मंगलवार ०२:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओमिक्रोनबाट दक्षिण कोरियामा पहिलोपल्ट दुई जनाको मृत्यु

२० पुस, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दक्षिण कोरियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ । राजधानी सोलबाट तीन सय ३० किलोमिटर टाढा ग्वान्जौमा सङ्क्रमितको ज्यान गएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।
दक्षिण कोरियाका सरकारी अधिकारीहरूले दुई जनाको ज्यान गएको पुष्टि गरी सङ्क्रमणबारे थप चिन्ता व्यक्त गरेका समाचार संस्था सिन्ह्वाले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पनि महामारीको रूप लिन सक्ने स्वास्थ्य अधिकारीहरुको भनाइ छ । ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो ।
दक्षिण अफ्रिकाले गएको नोभेम्बर २४ मा नयाँ भेरियन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो । लगत्तै विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’का रूपमा घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
-
चीनले ताइवान नजिक गर्यो २ मिसाइल प्रक्षेपण
-
ताइवान मुद्दामा नेपालले चीनलाई निरन्तर समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत
-
फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प
-
दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री
-
अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित
-
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
-
श्रीलंकाका राष्ट्रपतिले छोडे देश
-
श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास
-
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
-
टेक्सासमा लरीभित्र भेटियो ४२ जनाको शव
-
अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प, २५० जनाको मृत्यु
-
भारत गौरव पर्यटक रेल बिहीबार जनकपुरधाम आउने
Leave a Reply