खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
![खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु](https://ebudhabar.com/wp-content/uploads/2023/09/Airstrike-Sudan1693744934.jpg)
१८ भदौ,काठमाडौं । सुडानको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको छ । हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि पनि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् ।
दक्षिणी खार्तूममा भएको हवाई बमबारीमा परी मृत्यु हुनेको संख्या २० पुगेको छिमेकीको प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समिति धेरै स्वयम्सेवक समूहहरू मध्ये एक हो र यसले प्रजातन्त्र समर्थक प्रदर्शनहरूलाई समर्थन गर्दछ । अहिले सेना र अर्धसैनिक लडाकुहरू बीचको क्रसफायरमा स्वयमंसेवक समूहहरूले फसेका परिवारहरूलाई सहयोग प्रदान गर्छन् ।
यसअघि जारी गरिएको एक वक्तव्यमा उनीहरूले मृतकमा दुई जना बालबालिका पनि रहेको र थप मृत्युको रेकर्ड नभएको जानकारी दिएका थिए । बम विस्फोटमा उनीहरू गम्भीर रूपमा जलेका वा टुक्रा–टुक्रा भएका कारण उनीहरूको शरीरलाई तत्काल अस्पताल लैजान नसकिएको र परिचय खुल्न पनि नसकेको जनाइएको थियो ।
सशस्त्र द्वन्द्वस्थल र घटनाको तथ्याङ्क सङ्कलन कार्यक्रमका अनुसार अप्रिल १५ मा नियमित सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजबीच युद्ध सुरु भएयता करिब पाँच हजार व्यक्तिको मृत्यु भइसकेको छ । सुडानी सशस्त्र बलले आकाशलाई नियन्त्रण गरेको छ र नियमित हवाई आक्रमण गरिरहेको छ भने आरएसएफ लडाकुहरूले राजधानीका सडकहरूमा प्रभुत्व जमाएका छन् ।
पश्चिमी मुलुकहरूले पश्चिमी डार्फर क्षेत्रमा जातीयताका आधारमा अर्धसैनिक बल र सहयोगी मिलिसियाको हत्या गरेको आरोप लगाउँदै आएका छन् र अन्तर्राष्ट्रिय फौजदारी अदालतले कथित युद्ध अपराधको नयाँ अनुसन्धान सुरु गरेको छ ।
सेनामाथि जुलाई ८ मा भएको हवाई हमलामा करिब दुई दर्जन सर्वसाधारणको ज्यान जानेगरी भएको दुव्र्यवहारको आरोप पनि लागेको छ । सुडानका चार करोड ८० लाख जनसंख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ र ६० लाख मानिस ‘अनिकालबाट एक कदम टाढा’ रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । असुरक्षा, लुटपाट र नोकरशाही अवरोधका बावजुद अन्तरराष्ट्रिय निकायले लाखौं खाँचोमा परेकाहरूलाई सहयोग गर्न सफल भएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण करिब ३८ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख मानिस सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् । ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ का अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख मानिस रहेका छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसङ्ख्याको आधाभन्दा बढी संख्या हो ।
सुडानका ४ करोड ८० लाख जनसंख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ र ६० लाख मानिस चरम अनिकालको सङ्घारमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । असुरक्षा, लुटपाट र नोकरशाही अवरोधका बावजुद विश्व निकायले लाखौं खाँचोमा परेकाहरूलाई सहयोग गर्न सफल भएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण करिब ३८ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख मानिस सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख मानिस रहेका छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसङ्ख्याको आधाभन्दा बढी हो ।
सम्बन्धित समाचार
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply