एमालेले बनायो २० दिनमा २० हजार घर
काठमाडौं । स्वयम्सेवक परिचालन अभियानमार्फत भूकम्पपीडितको राहत, उद्धार र पुनर्निर्माणमा होमिएको नेकपा (एमाले)ले २० दिनमा २० हजार अस्थायी घर निर्माण गरेको छ ।
निर्माण सामग्री बोकेर जेठ १० गतेबाट भूकम्प प्रभावित १६ जिल्लामा स्वयम्सेवकका रूपमा खटिएका एमाले कार्यकर्ताले जेठ महिनाभरिको अवधिमा खुला आकाशमुनि बास बस्न बाध्य २० हजार घरपरिवारलाई ओतको व्यवस्था गरिदिएका हुन् । त्यस्तै, यो अवधिमा ७ सय ५० भन्दा बढी विद्यालयका भवनहरू निर्माण गर्नुका साथै २१ हजारभन्दा बढी भग्नावशेषहरू सफा गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य
थापाले बताउनुभयो । त्यस्तै, एमाले कार्यकर्ताले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा, मठ, मन्दिर, देवल आदि सफा गरेका छन् ।
भूकम्प प्रभावित बस्तीमा पुगेका एमालेका २८ हजार स्वयम्सेवकमध्ये करिब २४ हजार अझै पनि मैदानमै खटिएका र उनीहरू अझै १० दिन भूकम्पपीडितकै बस्तीमा रहने एमालेले जनाएको छ । यसैबीच एमालेले असार ४, ५ र ६ गते तीन दिनसम्म तीन लाख नेता कार्यकर्तालाई भूकम्पपीडित बस्तीमा अनिवार्य श्रममा खटाउने भएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply