उद्योगीबीच सर्वसम्मतिको पहल
काठमाडौं । २१ महिनाका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व लिन अहिले तीन जना प्रतिस्पर्धीले तीव्र लबिङ गरिरहेका छन् । पञ्चायतकालीन मुद्दा ब्युँताएर फौजदारी अभियोगमा जेल परेका अध्यक्ष प्रदीपजंग पाण्डेको स्थान लिन गत निर्वाचनमा पाण्डेसँगै प्रतिस्पर्धा गरेर पराजित भाष्करराज राजकर्णिकार, राजकर्णिकारकै टिमबाट निर्वाचितत वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका र केन्द्रीय सदस्य भवानी राणाले दौडधुप गरिरहेका छन् ।
तीन दिनपछि हुने महासंघको अध्यक्ष पदको निर्वाचनमा दाबेदार तीनै जनाले आफूलाई अध्यक्ष बनाउनुपर्ने तर्क र आधारहरू बताउँदै हिँडेका छन् । अध्यक्षका प्रत्यासी राजकर्णिकारले आफूले उठाएका मुद्दा स्थापित भएको हुँदा आफूलाई अध्यक्ष चयन गरिनुपर्ने तर्क गरिरहेका छन् भने वरिष्ठ उपाध्यक्ष मुरारकाले महासंघमा आफू कार्यबाहक अध्यक्ष भएको हुँदा वरिष्ठता र रोलक्रमका आधारमा आफू नै अध्यक्ष बन्नुपर्ने तर्क गरिरहेका छन् । राणाले चाहिँ आफूले महासंघभित्र धेरै वर्ष काम गरिसकेको हुँदा महासंघलाई कसरी चलाउने
भन्ने अनुभव भएको र महासंघको इतिहासमा महिला अध्यक्ष बन्ने अवसर पनि रहेको हुँदा आफूलाई अध्यक्ष बनाउन उचित हुने बताइरहेकी छन् ।
विगतको निर्वाचनमा आफ्नै समूहबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका मुरारकाले अध्यक्ष बन्ने चाहना देखाएपछि राजकर्णिकारलाई आफ्नै समूहबाट नैतिक संकट आइलागेको छ । सुरुमा मुरारकाले अध्यक्षमा नउठ्ने संकेत देखाएपछि राजकर्णिकारले विगतमा भोगेको पराजयमा मल्हमपट्टि लगाउन अध्यक्षमा उठ्न चाहेका थिए । तर, मुरारकाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि राजकर्णिकारलाई संकट परेको हो । आधा कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका मुरारकाले महासंघभित्र पकड जमाइसकेको हुँदा अध्यक्षमा उठ्दा आफूले भन्दा मुरारकाले बढी मत ल्याउने आँकलन पनि राजकर्णिकारले गरेको बताइन्छ ।
केही उद्योगी–व्यवसायीहरूले भने अध्यक्षको कार्यकाल थोरै अवधि भएको हुँदा सहमति गरेरै जानुपर्ने बताइरहेका छन् । तीनै जना भिड्दा एउटै समूहका राजकर्णिकार र मुरारकाको मत विभाजित हुने र त्यसको फाइदा राणाले लिनसक्ने भएको हुँदा कतिपयले राजकर्णिकारलाई पछि हट्न पनि सुझाइरहेका छन् । तर, राजकर्णिकारले भने आफूले उठाएको मुद्दा स्थापित भएको हुँदा बाँकी कार्यकालका लागि आफू नै अध्यक्ष बन्नुपर्ने तर्क गरिरहेका छन् । तर, व्यावसायिक एकताका लागि सहमतिका आधारमा नै अघि बढ्नुपर्ने तर्क गर्नेहरू पनि महासंघभित्र धेरै रहेका छन् । कतिपयले भने महासंघलाई सन्तुलित ढंगले अगाडि बढाउनका लागि अध्यक्षमा मुरारका र वरिष्ठ उपाध्यक्षमा राणालाई ल्याइनुपर्ने पहल पनि थालेका छन् । मुरारका र राणाबीच सहमति भएर अगाडि बढ्दा विगतमा देखिएको समूहगत विभाजनको रेखा पनि पुरिने र महासंघ अझ सुदृढ रूपमा अगाडि बढ्ने भएको हुँदा केही उद्योगी–व्यवसायीहरूले त्यसका निम्ति पहल थालिरहेको बताइन्छ ।
तर, अध्यक्षका प्रत्यासी राणा पनि आफ्नो अवस्था सुदृढ रहेको हुँदा प्रतिस्पर्धाबाट पछाडि नहट्ने मनस्थितिमा छन् । राणाको पक्षमा जिल्ला तहमा चुनावी लहर सिर्जना भएको बताइन्छ । उनको पक्षमा ५५ जति जिल्लाका अध्यक्षहरूको समर्थन रहेको बताइन्छ । राणाको जिल्ला तथा नगर संघहरूमा विगतदेखि नै राम्रो पकड रहँदै आएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply