संविधानको भाका साउनमा सर्यो
काठमाडौं । जेठ २५ मा १६ बुँदे सहमति गर्दा प्रमुख चार राजनीतिक दलबीच असार मसन्तभित्र संविधान जारी गर्ने भद्र सहमति भए पनि उक्त मितिमा संविधान नआउने पक्का भएको छ । अब असार सकिन एक हप्ता बाँकी छ तर प्रारम्भिक मस्यौदामा सर्वसाधारणले सुझाव राख्न १५ दिनको समय पाउने गरी पठाउने तयारी संविधानसभा सचिवालयले अघि बढाएको छ ।
आज संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । जसका कारण आज संविधानसभाको बैठक प्रभावित हुने भएको छ । नत्र आजै मस्यौदामाथिको छलफल सकिने थियो । पछिल्लो समयमा दलका शीर्ष नेताहरूसँग सभामुख सुवासचन्द्र नेम्वाङले गरेको छलफलमा साउन १५ भित्र संविधान ल्याउने गरी तालिका बनाउने विषयमा कुराकानी भएको छ । तर, त्यो छोटो बाटोबाट जाँदा पनि साउन १५ ल्याउन पनि असम्भव बताइन्छ । साउन १५ को लक्ष्य राख्दा साउन भरिमा ल्याउन सकिन्छ भन्ने दलहरूको बुझाइ रहेको बताइन्छ ।
गत मंगलबारदेखि संविधानसभामा ‘मस्यौदालाई राजपत्रमा प्रकाशित गरियोस् भन्ने प्रस्तावमाथि चलेको छलफल हिजो सकिएको छ । यसको अनुमोदनसँगै संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई बढीमा १५ दिनभित्र जनताको रायसहित प्रतिवेदन बुझाउने निर्देशन दिने गरी गृहकार्य भइरहेको बुझिएको छ ।
समितिले संविधानसभाको निर्देशनपछि जनताको राय संकलन कार्यतालिकासहितको कार्ययोजना अनुमोदनका लागि सभामा पेस गर्नुपर्छ । जिल्ला सदरमुकामहरूसहित देशका २ सय ४० निर्वाचन क्षेत्रमा एकैदिन एक कार्यक्रम गरी सर्वसाधारणको सुझाव समितिले लिनेछ । सर्वसाधारणले हुलाक र विद्युतीय माध्यममार्फत पनि सुझाव दिन सक्नेछन् ।
सर्वसाधारणको सुझावसहितको प्रतिवेदनका आधारमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आवश्यक निर्णय गरेपछि संविधान मस्यौदा समितिले संविधान विधेयक तयार गर्ने व्यवस्था नियमावलीमा छ । उक्त विधेयकमा सभासद्ले संशोधन प्रस्ताव दर्ता गराई सभामा दफावार छलफल गरेपछि संविधान विधेयक पारित गर्ने प्रक्रिया सुरु हुन्छ । यसो गर्दा पनि साउनभरिको समय लाग्ने स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply