असुरक्षित भन्दा के फाइदा ?
काठमाडौं । भूकम्पपछि विदेशी पर्यटकहरू आउने क्रम स्वात्तै घटेपछि अहिले नेपालको पर्यटन तथा होटल व्यवसायमा आश्रित रहने व्यवसायीहरू ठूलो मर्कामा परेका छन् । पर्यटन क्षेत्रले भोग्नुपरेको यस्तो अवस्थापछि सरकार र पर्यटन व्यवसायीहरूसमेत नेपाल सुरक्षित रहेको प्रचार गर्न व्यस्त छन् । तर, पर्यटन क्षेत्रमा संलग्न दुई व्यवसायीहरू भने बढी बाठो हुन खोज्दा पर्यटन व्यवसायीहरूकै आक्रोशको सिकार बन्न पुगेका छन् ।
आफैं व्यवसायी रहेको पर्यटन क्षेत्रप्रति नै भ्रम फैल्याउने ती पर्यटन व्यवसायीहरू हुन्– नेपाल ट्ेरकिङ एजेन्ट एसोसियसनका अध्यक्ष रमेश धमला र नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा । नेपालमा भूकम्प आएपछि विदेशी पर्यटकहरूमा नेपालका सबै ठाउँ असुरक्षित रहेको प्रचार व्यापक रूपमा भयो । तर, एउटा विदेशी संस्था नियमतो फाउन्डेसनले भने मौसममा पर्यटकहरूको बढी चाप हुने अन्नपूर्ण पदमार्ग भने सुरक्षित भएको हुँदा उक्त क्षेत्रमा घुम्न सकिने प्रतिवेदन सार्वजनिक गर्यो । विदेशबाट आएका भूगर्भविद्हरूले अन्नपूर्ण क्षेत्रमा पुगेर अध्ययन गरेको आधारमा उक्त क्षेत्र सुरक्षित रहेको बताएका थिए । र, सरकारले पनि विदेशी वैज्ञानिकहरूले निकालेको तथ्यलाई आधार मान्दै अन्नपूर्ण क्षेत्रमा घुम्न सकिने कुरा सार्वजनिक गरेको थियो ।
तर, आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा विगतमा महिनौंसम्म नेपाल पर्यटन बोर्डलाई ठप्प पार्न भूमिका खेलेका धमला र पर्वतारोहण संघको नाममा नेपालका हिमचुलीहरूलाई आउने रोयल्टी जथाभावी खर्च गरेका शेर्पाले भने एउटा विदेशी टेलिभिजन
च्यानलमा भूगर्भविद्हरूले गरेको अध्ययनलाई चुनौती दिँदै भ्रम छर्न खोजेका थिए । उनीहरूले अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको सरकारको भनाइप्रति खण्डन गर्दै ‘सरोकारवाला त हामी पनि हौं, तर हामीलाई सहभागी नगराई त्यस्तो रिपोर्ट आएको हुँदा हामीलाई मान्य छैन’ भनेर सिधै लल्कारेका थिए । धमला र शेर्पाले पर्यटन क्षेत्रलाई घाटा पुग्नेगरी भ्रमात्मक कुरा सार्वजनिक गरेको हुँदा पर्यटन विभागले उनीहरूलाई स्पष्टीकरण सोधेको छ । विभागका निमित्त महानिर्देशक रमेश अधिकारीले हिजो बुधबारलाई भने–‘उहाँहरूको भनाइले भ्रम छरेको हुँदा कसरी त्यस्तो बोली आयो भनेर हामीले स्पष्टीकरण सोधेका हौं ।’ विभागका महानिर्देशक तुलसी गौतम भने धमला र शेर्पालाई स्पष्टीकरण सोधेर हिजै इटालीतर्फ लागेका छन् ।
सरकारले नै सुरक्षित भनेको अन्नपूर्ण क्षेत्रबारे अनावश्यक भ्रम फैलाएका धमला र शेर्पाले सरकारसँग रिस फेर्नका लागि त्यस्तो बोलेका बताइन्छ । पर्वतारोहण शुल्कको नाममा बर्सेनि करोडौं रकम उठाएर आफूखुसी खर्च गरिरहेका शेर्पाले केही समयपहिले सरकारले संघले उक्त रकम उठाउन नपाउने निर्णय गरेपछि एमालेले नेतृत्व गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीप्रति उनी रुष्ट थिए । नेपालको पर्यटन क्षेत्रबारे भ्रामक कुरा फैलाउने टानका अध्यक्ष धमलाले पनि विगतमा सुवास निरौला पर्यटन बोर्डको कार्यकारी निर्देशक हुँदा रकममा भागबन्डा नमिलेर उपद्रो मच्चाएका थिए । नेपाली कांग्रेसको खाँटी कार्यकर्तासमेत रहेका धमलाले राजनीतिक पूर्वाग्रहकै आधारमा एमालेको भागमा परेको पर्यटन मन्त्रालयले सार्वजनिक गरेकोभन्दा विपरीत र भ्रामक कुरा अन्तर्राष्ट्रिय मिडियालाई बताएको थाहा भएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply