मेची–महाकाली अभियानमा छुट्टै सम्पर्क कार्यालय
काठमाडौं । नेकपा (एमाले) ले आगामी २१ फागुनबाट सुरु गर्न लागेको मेची–महाकाली अभियानका लागि छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पर्क कार्यालयको उद्घाटन गरे । १५ दिने अभियानमा सम्पर्क कार्यालय सचिवको भूमिका केन्द्रीय सदस्य ठाकुर गैरेले निर्वाह गर्नेछन् । तराईकेन्द्रित सो अभियानका लागि एमालेले पाँचवटा मातृभाषाका प्रचार अपिलसमेत प्रकाशित गरेको छ ।
अध्यक्ष ओलीले अभियानलाई सफल तुल्याउन सबै पार्टीपंक्तिलाई अपिल गरे । उनले तराईका सबै जिल्लामा घर–घरबाट सडकमा ओर्लिएर राष्ट्रिय एकता, सामाजिक सद्भाव, निर्वाचन र समृद्धिका पक्षमा जनताले साथ दिने विश्वाससमेत व्यक्त गरे । ‘गाउ“, नगर, वडाका हरेकले त्यो अभियानमा सडकमा ओर्लिएर राष्ट्रिय हितका पक्षमा नारा लगाउनेछन्,’ उनले भने ।
अवरोध नगर्न ओलीको चेतावनी
अध्यक्ष ओलीले राष्ट्रिय जागरणका रूपमा सञ्चालन हुन लागेको अभियानलाई कुनै पनि प्रकृतिको बाधा–व्यवधान नगर्न सबै राजनीतिक दल, संंघ÷संस्थालाई अपिल गर्दै अवरोध भए एमालेले जस्ताको तस्तै प्रतिवाद गर्ने चेतावनी पनि दिए । ‘अभियानलाई कसैले भा“जो हाल्ने, असफल पार्ने दुचेष्टा गरे एमाले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्न बाध्य हुनेछ, उनले भने, ‘तर, त्यो स्थितिमा जाने कुराले कसैको हित गर्नेछैन ।’
अभियानको तयारीका लागि एमालेका प्रदेश संगठन कमिटी र जिल्ला कमिटीले विभिन्न योजना बनाइरहेका छन् । झापाको का“कडभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगर हु“दै सुर्खेतमा समापन हुने अभियानमा एमालेले कम्तीमा ३३ ठाउ“मा आयोजना हुने आमभसामार्फत १५ लाख जनतालाई सडकमा उतार्ने योजना बनाएको छ । केन्द्रीय प्रचार विभागले अभियान प्रचारको संयोजन गर्ने तयारी गरिरहेको छ । त्यसक्रममा डकुमेन्ट्री तयार पार्ने, बुलेटिन प्रकाशन गर्नेलगायतका काम गरिने प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply