प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु पर्दैन : गृहमन्त्री
२ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताए ।
उनले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताए । गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराए । गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएको थियो ।
गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यस पटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताका हितमा काम गर्न निर्देशन दिए । उनले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव दिएका छन् । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी अधिकारीलाई उनले सधैँ पीडितको पक्षमा उभिन आग्रह गरे ।
कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्दै कानुनको पालनामा दृढ रहन मन्त्री लामिछानेले निर्देशन दिए । मन्त्री लामिछानेले सङ्गठनमा क्षमता भएकालाई उचित अवसर दिने तर कुनै राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको स्पष्ट पारे । उनले शान्ति सुरक्षा कायम, अपराध, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन सरूवा भएका डिआइजीसँग आग्रह गरे ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply