सबै आफ्नै घरमा फर्किएको हो, लज्जित हुनुपर्ने कारण छैन
युवराज ज्ञवाली, उपाध्यक्ष,नेकपा एमाले सर्वोच्चको पछिल्लो निर्णयपछि तपाईं पनि एमालेको उपाध्यक्षकै रूपमा पुनःस्थापित हुनुभएको छ, यसमा खुसी हुनुभएको छ कि बेखुसी ?
नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुपर्ने मुलुकको आवश्यकता थियो । वामहरू एकताबद्ध भएकाले नै कम्युनिस्टहरूको बहुमतको सरकार चलि नै रहेको छ । यो एकता टुट्दाखेरि स्वतः कम्युनिस्ट पार्टीको एकल बहुमत पनि टुट्न जान्छ । यसले गर्दा नायाँ खालका समस्या र जटिलताहरू यसै पनि उत्पन्न भइसक्यो । यो पार्टी पूर्ववत्जस्तै दुईवटा पार्टीका रूपमा बन्नुपर्छ भनेर सर्वोच्च अदालतले जुन निर्णय गरिदियो, यसकै कारण यो पार्टी दुईवटा बन्न पुगेको अवस्था हो । एउटा पार्टी फुटेर दुईवटा भइसकेपछि कम्युनिस्ट पार्टीको बहुमत स्वतः गुम्ने अवस्था देखा प¥यो । नेकपा माओवादी केन्द्रले समर्थन गरिरहने हो भने यो सरकार कायम रहने भयो । अन्यथा यो सरकार ढल्ने र नयाँ सरकार बन्ने स्थिति उत्पन्न हुन्छ । त्यसो भएकाले कम्युनिस्ट पार्टीको एकल सरकार बनिरहेको अवस्थामा यसमा टुटफुट आउने अवस्थाले दुःख लागेको छ ।
अब आफ्नै घर एमालेमा फर्कंदा, उपाध्यक्ष पाउँदा त खुसी पनि लाग्नुपर्ने होइन र ?
सर्वोच्चले यस्तो निर्णय गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्नु हाम्रो बाध्यता हो । सर्वोच्चको फैसला नै त्यही भएकाले अब यसलाई अन्यथा रूपमा लिनु पनि हुँदैन । सर्वोच्चले केवल नाम मात्रै कसको हो भनेर छुट्याउनुपर्नेमा उसले त्योभन्दा अगाडि बढेर राजनीतिक निर्णय ग¥यो र एकीकृत भइरहेको पार्टीलाई पनि उसले अलगअलग गरिदिने जुन खालको निर्णय गरेको छ, यो गम्भीर गल्ती हो । उसले यो राजनीतिक रूपको निर्णय गरेको छ । बेठीक काम गरेको छ । गल्ती निर्णय गरेको छ । यसको हामी आलोचना गर्छौं । यसलाई हामी सहज रूपमा गरेका छैनौं । यो अदालतले गर्ने काम होइन । तर यो बेठीक निर्णय भए पनि अदालतको फैसला भएकाले स्विकार गर्छौं । अब अर्को पार्टी नेकपा एमालेमा आउनुपर्ने, सो पार्टीलाई पुनःस्थापित गर्नुपर्ने जुन अवस्था उत्पन्न भएको छ, त्यसलाई पनि स्वीकार गरेर अहिलेको अवस्थामा जानुपर्ने बाध्यात्मक अवस्था छ । त्यसो भएकाले हामी एमाले नै रहने अवस्था हो । एमाले भनेको कसैको घरमा कोही जाने कुरा होइन । एमाले हामीले नै निर्माण गरेको पार्टी हो । दशकौं लगाएर हाम्रो रगत पसिना बगेको छ । अहिले हामीसित भएका नेताहरू कमरेड झलनाथ खनाल, माधव नेपाललगायतले एमाले निर्माण गर्नमा सबैभन्दा धेरै मेहनत गरेका नेताहरू हुनुहुन्छ । झलनाथ खनाल तत्कालीन मालेको महासचिव भएर आठ वर्ष पार्टी सञ्चालन र निर्माण गर्नुभएको नेता हो । त्यसपछि नवौं महाधिवेशनमा अध्यक्ष हुनुभयो र पार्टी सञ्चालन गर्नुभयो । कमरेड माधवकुमार नेपालले १५ वर्ष एमालेको महासचिव भएर पार्टी निर्माण गर्नुभयो । उहाँहरूकै समयमा निकै अनुशासित, सशक्त, देशव्यापाी रूपमा संगठनको व्यापक सञ्जाल थियो । यो कुरा दुनियाँभर र अरू सबै राजनीतिक पार्टीले स्विकारेको अवस्था थियो । अहिले पछिल्लोपटक आएर केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । अहिले पार्टीको नवौं महाधिवेशनबाट पारित गरेको जुन विधान छ, राजनीतिक प्रतिवेदन छ, त्यसैको आधामा पार्टी सञ्चालन गर्ने हो । नयाँ परिवेश र परिस्थितिअनुसार हामीले राजनीतिक व्याख्या विश्लेषण गर्ने हो । विधान र नयाँ प्रतिवेदन हामीले व्यापक छलफल गरेर पास गरेका हौं । त्यो विधानको आधारमा अब हामी पार्टी निर्माण र सञ्चालन गर्छौं । एमाले हामीले सञ्चालन गरिरहे पनि हामी फेरि एकीकरणको बाटोमा जानुपर्छ । अहिले माओवादी केन्द्र र एमाले अलगअलग पार्टी भएर बस्नुको औचित्यता छैन । त्यसो भएर हामी फेरि कसरी एकीकरणको दिशामा जाने र बरु उन्नत स्तरको एकता कसरी कायम गर्ने भन्नेतिर सोच्नुपर्छ । पहिलेको एकता अलि हतपतमा भयो । पहिले एकता गर्दा बनाएका विधान, निर्माण गरेको राजनीतिक प्रतिवेदन, त्यति व्यवस्थित छैन । त्यसलाई अझ व्यवीसथत र राम्रो बनाएर अझ उन्नत स्तरको ढंगले हामीले पार्टी एकीकरण गर्नुपर्छ । त्यसका लागि केही समय लाग्ला । हामी एमालेभित्रै रहेर पनि यसको छलफल गर्छौं । एकीकरणको आवश्यकताबारे हामीले सबै कुराकानी गरेर त्यही किसिमको वातावरण निर्माण गर्न हामी भूमिका खेल्छौं । त्यसरी नै हामी जाने हो ।
अदालतको फैसलामा पुनरालोकनका लागि जाने भन्नुभएको छ, त्यसबाट एकताको पक्षमा निर्णय होला भनेर विस्वस्त हुनुहुन्छ त ?
हाम्रो अधिकार भएको हुनाले र यसप्रति चित्त नबुझेको हुनाले पुनरावलोकनामा हामी जानुपर्छ । त्यसबाट के निर्णय आउँछ त्यो प्रतिक्षको विषय हो । त्यसबारेमा पनि अदालतले सोच्ने कुरा हो । के हुन्छ भन्ने कुरा हामी हेर्छौं । तर, यतिबेला अदालतको निर्णय मानेर हामी पूर्वमाओवादी आफ्नो ढंगले र हामी नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्नुपर्ने स्थिति छ । एमाले हुँदाखेरि पनि अहिले नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षकै रूपमा केपी ओली स्वयं प्रधानमन्त्री हुनुहुन्छ । अर्को अध्यक्ष प्रचण्डजी हुनुहुन्छ । माधव नेपाललाई हामीले अध्यक्ष बनाएर बेग्लै ढंगले जसरी जान खोजिरहेका थियौं, अदालतले त्यसलाई अस्वीकार गरिदियो । नेकपाका एक अध्यक्ष कमरेड केपी ओली पनि एमाले हुने स्थिति बन्यो । हामी पनि एमाले हुने स्थिति बन्यो । एकीकृत पार्टीमा म स्थायी कमिटीको सदस्य थिएँ । अब एमाले भएपछि म नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष भएकाले म उपाध्यक्ष स्वतः भए । यसरी उपाध्यक्ष भएकाहरू उपाध्यक्ष हुने, उपमहासचिव भएकाहरू उपमहासचिव नै हुने, सचिव भएकाहरू सचिवमा नै फर्कने तथा एवंरितले जो स्थायी कमिटीमा थिए, पोलिटब्युरोमा थिए र केन्द्रीय कमिटीमा थिए, ती सबै साथी आफ्नो ठाँउमा फर्कने र विभिन्न जिल्लामा पनि जिल्ला अधिवेशनबाट आएका सचिव, उपाध्यक्ष र अध्यक्षहरू त्यही रूपमा फर्कने अवस्था छ । अधिवेशनबाट आएकै जिल्ला कमिटीहरू अब चल्नेछ । केन्द्रमा महाधिवेशनबाट निर्वाचित सबै कमिटी चल्नेछन् । बाँकी थपघट केही गर्नुपरे हामी कमिटीका बैठकमा बसेर विधानबमोजिम हामीले थपघट गर्न सक्छौं । तर, विधि र विधानमा भने टेकेरै गर्नुपर्ने हुन्छ ।
हिजोका दिनमा त विधिपद्धति लत्याइयो र त्यसमा टिक्नै सकिएन भनेर आजित भएर अलग्गै हुनुभयो, अहिले त्यही मिसिन जाँदा हिजोका तुषहरू तुरुन्तै मेटिएर स्थिति सहज होला त ?
अहिलेको नेपालको राजनीति त्यती सहज र सरल देखिँदैन । त्यस्तै पार्टी सञ्चालन गर्ने कुरामा पनि त्यति सहजता छैन । तर पनि परिस्थिति जस्तो छ, त्यो परिस्थितिलाई सामना गर्नुबाहेक हामीसँग विकल्प छैन । चाहे त्यो पार्टी सञ्चालन गर्ने कुरामा होस्, चाहे मुलुकको राजनीति सञ्चालन गर्ने कुरामा होस् । यावत् कुराहरूमा असहजता अवश्य छन् । अन्तरविरोधहरू अवश्य पनि छन् । तर यसका बाबजुद पनि ती सबै चिजको सामना गर्ने, त्यसलाई ठीकसँग सञ्चालन गर्ने, त्यसमा हामीले आफ्नो भूमिका निर्वाह गर्ने हो । पार्टीभित्रका जुनसुकै किसिमका गलत विचार र प्रवृत्तिविरुद्ध हामी निरन्तर संघर्ष गर्दै आएका छौं । धेरै लामो समयदेखि संघर्ष गर्दै आएका हौं । फेरि पनि हामी गलत र बेठीक कुराविरुद्ध संघर्ष गर्छौं । सकारात्मक कुराहरूलाई मिलेर अघि बढाउँछौं । त्यसरी नै पार्टी चलाउने हो । निरन्तरको संघर्षपछि कुुनै न कुनै सकारात्मक परिणाम आउँछ नै । ढिलो चाँडोको कुरा मात्र हो । त्यो ढंगले हामी नेकपा एमाले सञ्चालन गर्छाैं । फेरि हामी एकीकरणकै दिशामा जान त्यहाँभित्र हामी छलफल गर्छौं, बहस गर्छाैं ।
प्रधानमन्त्री ओलीका वरिपरि रहेका सल्लाहकार तथा जिम्मेवार नेताहरूले नामै किटेर माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावलजस्ताले राजनीतिक सन्न्यास लिए हुन्छ भनेर सार्वजिक अभिव्यक्ति दिएका छन्, यसमा के टिप्पणी छ ?
जुन मान्छेको चेतना, दृष्टिकोण, विचार जुन स्तरमा छ, त्यो स्तरअनुसार उसले आफ्ना अभिव्यक्तिहरू दिने हो । जुन मान्छेको विवेकको स्तर जे छ, जुन मान्छेको सभ्यता, संस्कृति जस्तो छ, त्योअनुसार हरेक मान्छेले आफ्ना अभिव्यक्तिहरू दिन्छन् । दिने गरेका छन् । त्यो दुनियाँलाई थाहा छ । समाजले थाहा पाउँछन् । पार्टीभित्रका नेता–कार्यकर्ताले थाहा पाउँछन् । त्यसो भएको हुनाले कसैका अभिव्यक्तिप्रति व्यक्तिगत रूपमा मेरो टीकाटिप्पणी छैन । हरेकले आफूलाई सभ्य, शिक्षित र राम्रो देखाउन चाहन्छ । तर, त्यसअनुसारको प्रस्तुतीकरण मिलाउन सकेन भने आफ्नो हैसियत जे हो, त्यहीअनुसार उनीहरूले अभिव्यक्ति दिन्छन् । त्यसमा मेरो भन्नु केही पनि छैन । तर, सकेसम्म हरेक व्यक्तिले विनम्रता साथ प्रस्तुत हुने, सभ्य ढंगले प्रस्तुत हुने, एउटा सचेत नागरिकको हैसियतले प्रस्तुत हुने तरिका सिक्नुपर्छ । त्यो त व्यक्तिको आफ्नो चेतनामा भर पर्ने कुरा हो ।
अब केपी ओली नेतृत्वको सरकारको भविष्य के देख्नुहुन्छ ?
अहिले पनि वुद्धि पु¥याउन सक्ने हो भने कम्युनिस्ट पार्टीहरूकै एकल सरकार बनाउन सकिन्छ । अहिले पनि संसद्मा वामपन्थीहरूकै बहुमत छ । त्यो बहुमतलाई नेतृत्वले कुशलता र बुद्धिमता, उसको क्षमतामा भर पर्छ । नेतृत्व कुशल, योग्य, क्षमतावान्, दूरदर्शी छ भने यो परिस्थितिलाई उसले ठीक ढंगले सञ्चालन गर्न जान्नुपर्छ । होइन जतासुकै लथालिंग, भद्रगोल पार्ने हो भने अहिले वामपन्थीको बहुमत हुँदाहुँदै अरू कुनै दलको नेतृत्वमा सरकार बन्ने अवस्था आउन सक्छ । अहिले नेकपा माओवादी केन्द्रले फिर्ता लिनेबित्तिकै यो सरकार अल्पमतमा परिहाल्छ । त्यसो भएपछि उसले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यो नगरेर मिलेरै जाऔं, केपी ओलीको विकल्पमा अर्को व्यक्तिको नेतृत्वमा सरकार बनाऔं भनेर जाने हो भने पनि एकदमै ठूलो सम्भावना छ । त्यसमा खासगरी केपी ओली र कमरेड प्रचण्डले के गर्नुहुन्छ, त्यसमा भर पर्छ ।
देशभरिका नेता–कार्यकर्तालाई पछिल्लो विकसित परिस्थितिबारे के सन्देश छ ?
देशभरिका नेता–कार्यकर्तालाई हामी अत्यन्तै घुम्तीपूर्ण बाटोबाट अघि बढेका छौं । सरल रेखाबाट सहजै अघि बढ्न चाहन्छौं । तर परिस्थिति त्यस्तो हुँदैन । जीवन त्यस्तो हुँदैन । अनेकौं घुम्ती र मोडहरू पार गर्दै हामी यहाँसम्म आएका हौं भने आगामी दिन पनि त्यस्तै छ । तसर्थ हामी परिस्थितिअनुसार मोडिन सक्नुपर्छ । आवश्यक परे पछाडि हट्न पनि तयार हुनुपर्छ । कहिले अगाडि र कहिले पछाडि गर्दै अन्तिममा अगाडि नै बढ्ने हो । अहिले जसरी एमाले भएर हामी सबै आएका छौं, कोही कसैको घरमा जाने होइन । कोही कसैकोमा विलीन हुने पनि होइन । हामीले धेरै दुःख र मेहनत गरेर त्यो पार्टी निर्माण गरेका हौं । त्यसमा हरेक नेता र कार्यकर्ताको महŒवपूर्ण भूमिका छ । त्यसो भएकाले एमाले नै हुनुपरेकोमा दुःखी हुनुपर्दैन । लज्जित हुनुपर्ने कुनै कारण छैन । आफ्नो घरमा हामी फर्किएको हो । हिजो हामीले बनाएको घर हामीले छोडेर हिँड्यौं, ताला लागेको थियो । त्यसमा फोहोरहरू जम्मा भएको होला, फेरि मिलेर सफा गर्ने, त्यहाँ गएर बस्ने हो । त्यहाँ काम गर्दा पनि कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने कुरामा ध्यान दिनैपर्छ । आगामी निर्वाचनमा दुई कम्युनिस्ट पार्टी एकीकरण हुन नसक्ने हो भने हामी साह्रै कमजोर हुन्छौं । राम्रो परिणाम ल्याउने हो भने दुई पार्टी फेरि पनि मिल्नु आवश्यक छ । त्यो कुरालाई ध्यानमा राखेर सकारात्मक सोचका साथ काम ग¥यौं भने हामी सबैको प्रगति हुन्छ । यही आग्रह गर्न चाहन्छु ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply