केपी कमरेडलाई सिंहाशनमा राखेर बेइज्जत गरिएको छ
बिरोध खतिवडा नेता, नेकपा० तपाईको पार्टी नेकपा अहिले चरम विवादमा छ, अहिले पनि फुटको संघारमै छ कि विभाजनको संभावना टरेको हो ?
हो, उत्कर्षमा पुगेको हो । तर अहिले त्यो पुरानो कुरा भयो । विवाद भएपनि अहिले क्रमश ट्र्याकमा आउने संभावना छ । विवाद भएकोे कुरा पनि सत्य हो ।
० पार्टीभित्रको यो विवादलाई कसरी हेरिरहनुभएको छ ?
त्यसमा केही कारणहरु थिए । मुलत छलफलको कमी, पार्टी र सरकारबीच समन्वयको कमी, नियमित बैठकहरु नहुने लगायतका स्थितिहरु थिए । त्यो चिजलाई सुधार गरेर जाने क्रममा पार्टीलाई लानुपर्छ भन्ने ढंगमा कुराहरु भइरहेका छन् । हिजो अस्तिकै छलफलहरुले दुरीलाई केही घटाएको भन्ने सम्मका कुराहरु आएका छन् । मलाई लाग्छ सकारात्मक ढंगले हरेक कुरा टुङ्गिएला ।
अलिकति बैठकहरुको कमि, अलिकति सरसल्लाहको कमि , अलिकति नेताहरुको एक आपसमा विश्वासको कमि, अनि एक अर्कामा शंका गर्ने एक किसिमको प्रवृति अनि सरकार र पार्टीबीचको समन्वयको कमी यि र यस्ता कयौं चिजहरुको कारणले दुरी बढायो । पार्टी एकतापछि जुन ढंगबाट गहन छलफल लगायतका कुराहरु हुन पथ्र्यो, बाँकी कामहरुलाई टुङ्ग्याउनु पथ्र्यो, सबै पक्षमा अलिकति उदाशिनताका कारणले क्रमश सानो सानो
गर्दै असन्तुष्टीहरु जम्मा हुँदै गएर ठुलो आकार लियो र विष्फोट भयो । यसको कारण भनेको यही नै हो । तर जे कारण भएपनि यसलाई सुधार्ने बाटो पनि यही नै हो ।
० तपाइले सरकार र पार्टीबीच समन्वय मात्र भन्नुभयो तर सरकार त नितान्त एकपक्षिय ढंगले चलेको पार्टीका नेताहरुले नै प्रधानमन्त्रीको राजिनामा मागेको, पार्टी अध्यक्षबाट पनि छोड्नुपर्छ भनेको लगायतका धेरै कुराहरु छ नी त ?
कहिलेकाँही आवेश र उत्तेजनामा पनि कयौं कुराहरु हुन्छन् । पार्टी बैठक असार १० गतेदेखि १३ सम्म नियमित नै चलेको थियो । १४ र १५ खाली थियो, १६ गते फेरी बैठक थियो । १४ गते प्रधानमन्त्रीले भारतसंग गाँसिएर भारतको र नेपालको आफ्नै पार्टीका नेताहरुको गलत ढंगको आलोचना गर्नुभयो । तयो आलोचनापछि बाँकी मान्छेहरु उत्तेजनामा आएर दुबै पदको राजिनामा मागे । जबकी त्यो एजेन्डामा थिएन । सातवटा स्थायी समितिको एजेन्डामा सरकारको समिक्षा, एमसीसी, लिम्पीयाधुराका नक्सा प्रकाशन लगायत अन्य समस्याका कुराहरु थिए । त त्यो अभिव्यक्तिपछि यो त अति नै भयो भन्ने ढंगबाट पार्टीका अन्य नेतृत्व अलि उत्तेजित भएर दुइवटै पदबाट राजिनामा मागे । प्रधानमन्त्रीले दुबै पोसटबाट राजिनामा दिन्न भने । अहिलेको शक्ति शन्तुलनमा एउटा पक्षलाई पुर्ण रुपमा बाहिर पारेर थप पार्टी अगाडि बढ्न सक्ने स्थिति रहँदैन । त्यसले गर्दा दुइपद मध्ये एक पद उहाँले जिम्मेवारी सम्हालेर अर्को एउटा पद अर्को अध्यक्षले सम्हालेर पार्टी एकता प्रक्रियालाई पनि छिटो टुङ्ग्याउनु प¥यो । तीन महिनामा टुङ्ग्याउने भनेको तिन वर्ष हुन लागिसक्यो । त्यसपछि सरकार सञ्चालनमा पनि पार्टी र सरकार बीचको समन्वय हुने गरी अगाडि लाने बढ्नुप¥यो । फर्मुला यत्ति हो पार्टी एकताको लागि । यहाँ एकता भन्दा पनि मनैदेखिको एकता चाहिएको छ । बाहिर लिपपोत गरेर, रंगरोगन गरेर, क्रिम पाउडर लगाएर गरेको कुनै अर्थ छैन । यो अहिले चलेको छलफलमा जरैदेखिका समस्याहरुलाई हामीले पहिल्याएर टुङ्ग्याउन सक्यौं भने फेरी आँउदो दिन सुखद हुन्छ । अन्यथा तत्काल देखिएको समस्या टार्ने अलि फेरी केही समय पछि त्यही चिज बल्झिने काम भयो भने अहिले जत जनतामा निराशा छाएको छ, यसैगरी बल्झियो भने त्यो भन्दा बढी झन निराशा छाँउछ । बरु यो दुइ पाँचदिन ढिलो चाँडो के हुन्छ, उपचार जरैदेखि हुनुप¥यो ।
० यहाँ जत्तिको युवा नेताहरुले पार्टी नेताहरुलाई सही ट्रयाकमा ल्याउनका लागि यो अन्तरद्धन्दमा अलिकति हस्तक्षेपकारी भुमिका निर्वाह गर्न किन सक्नुभएन ?
बाहिरबाट हेर्दा त्यस्तो देखिएको होला तर हामी लागिरहेकै छौं । नत्र भने सुरुवातका दिनहरुमा जुन ढंगले क्लाइमेक्समा अगाडि गएको थियो । पार्टी लगभग फुटि नै सकेको थियो भनेर बुझ्नुस् । युवा नेताहरुले नै दुबै अध्यक्ष कहाँ दौडधुप गर्ने, संवादलाई फेरी सुरु गराउने, उत्तेजनालाई कम गराउने ढंगबाट प्रयत्न गरेकै भएर नै अहिलेसम्म विभिन्न बेलामा संवाद टुट्दै–हुँदै गरेका छन् । युवा नेताहरुकै हश्तक्षेपको कारणले नै हो ।
० मंसिरमा महाधिवेशनको कुरा पनि आयो, फेरी चैतको पनि कुरा छ, के संभव छ त ?
यो संभव नै छैन । मंसीरमा त असंभव नै हो । पार्टी एकताको प्रक्रिया टुङ्गिएको छैन, सदस्यता टुङ्गिएको छैन कसरी हुन्छ ? एकछिनलाई टार्न यस्ता कुरा काम लाग्छ । तिन महिना टार्न यस्ता कुरा काम लाग्थ्यो । समस्या ज्युँ का त्युँ हुन्थ्यो । अहिले साउन भैसक्यो । चार महिना आराम गर्ने अनि मंसिरमा भ्याइएन भनेर सारेर फेरी चैतमा पु¥याउने ? त्यो हुने संभावनाको कुरै थिएन । बरु चैतमा चाँही ग¥यो भने पनि म धन्यवाद दिन्छु । मेरो तर्फबाट भन्नुहुन्छ भने चैतमा पनि अधिवेशन हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन । किनभने महाधिवेशन गर्ने पट्टीको लगभग नियत नै देखिँदैन । चैतको अधिवेशन कुनै पनि बहानामा नटारियोस् । मंसिरमा त संभवै छैन । यो त कुराको लागि कुरै हो ।
० महाधिवेशन अघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछोड्ने अडान लिइरहेको सन्दर्भमा निकास निस्कीहाल्ला भन्ने लाग्छ ?
आफ्नो पोजिशनका लागि भन्नु स्वभाविक हो । त्यो उहााको कुरा हो । तर अन्तिममा वार्ताबाट सम्झौतामा जे पुग्छ, त्यही नै अन्तिम सत्य हुने हो । त्यसले गर्दा कुन अध्यक्ष वा कुन समुहले के भने भन्ने कुरा एक अर्काका बार्गेनिङका कुरा हुन् । सबै पत्ता, सबै कार्ड एकैचोटी खोलेपछि त सिद्धिगो नी त । फेरी मानव स्वभाव नै हो धेरै भन्दा धेरै ठाँउमा बस्ने, पावर सकभर आफुमै केन्द्रित गर्ने । समस्या भनेको दुई अध्यक्ष्मा पनि छ , दुइ अध्यक्षसंग गाँसिएका मान्छेमा पनि छ । अन्य नेताहरु भन्दा मुनीका आ आफ्ना इन्ट्रेसले उचाल्ने पछार्नेका पनि स्वार्थहरु छन् । यहाँ सबैजना आ आफ्नो ढंगले शुद्ध मनले नै गरिरहेका छन् भन्ने पनि छैन । गलत ब्रिफीङ पनि भएका छन् । एक अर्का मा शंका सिर्जना गरिदिने कुरा पनि भएका छन् । त्यसमाथी हाम्रो केपी कमरेडलाई सिंहाशनमा राखेर अरुहरुले प्रधानमन्त्रीको बेइज्जत गर्ने काम पनि गरेका छन् ।
० प्रधानमन्त्रीले दुइपद मध्ये एक छोड्नु पर्छ भन्ने नै हो नी तपाँइको भनाई ?
त्यो हुँदा राम्रो हुन्छ भन्ने हो । के कारणले हट्ने वा आरोप वा अनक अनेक भन्दा पनि अहिलेको दुइवटा पार्टीको गहन एकताको यत्रो समस्या छ । काम सम्पन्न गर्न बाँकी छ । फरक फरक पार्टी एमाले वा माओवादी हुँदा आ आफैं भित्र अलग अलग थुप्रै समस्या थिए । अब एकिकरण भएको छ । मन बुझ्न सकेको छै । मन माझिएको छैन । अझै पनि सामुहिक भावना र अन्तरघुलन छैन । उस्तै पर्दा आ आफ्नै मोर्चा र गुटमा छलफलहरु हुन्छन् । हिजोको पार्टीको स्थिती अनुसार भेटघाट र छलmलहरु हुन्छन् । यस्तो स्थितिमा धेरै कामहरु बाँकी छ । महाधिवेश गर्ने जस्तो जटिल काम बाँकी छ । यस्तो काम गर्न स्वस्थ मानिसलाई त गाह्रो पर्छ भने उहाँहरुमा त केही समस्याहरु पनि छ । यस्ता अनेको चिजले गर्दाखेरी आरोपित गरेर दण्डित गरेर भन्दा पनि समझदारीमा एक पद कायम गर्दा राम्रो हुन्छ ।
० तर माधव नेपाल, प्रचण्ड र केपी ओलीका ३ अलग अलग समुहमा नेकपा विभक्त भएकोमा माधव र प्रचण्ड एक ठाँउमा आँउदा मात्र यस्तो समिकरण बनेको र केपी र प्रचण्डले आपसमा सहमति गरेर समाधान गरे भने माधव नेपाल हेरेको हेरेइ हुन्छन् भन्छन् नी ?
अहिले पार्टीमा त्रिशक्ती शन्तुलन छ भन्ने प्रष्ट छ । जो देश, दुनिया र पार्टी सबैले बुझेकै कुरा हो । प्रचण्ड र माधवजी एक ठाँउमा हुँदा केपीजी कर्नरमा पर्नुभयो । तर केपीजी कर्नरमा पर्दा पनि उहाँ पनि एउटा शक्ति हो । तसर्थ उहाँलाई पुरै आउट गरेर पार्टी चल्दैन भन्ने कारणले नै समझदारी खोज्ने प्रयास हुँदैछ । नत्र निर्णय गर्दै अगाडि बढ्दै गरेको भए कुनै समस्या नै हुँदैनथ्यो नी । केपी र प्रचण्ड मिल्ने अनि माधव नेपाललाई कर्नरमा पार्ने भन्नेकुरा भयो भने फेरी यही खाले समस्या आइपर्छ । कसैले कसैलाई इन्कार गरेर पार्टी चल्दैन । सबैको मननमा के दिव्यज्ञान आउनुप¥यो भने हामी तिनथरीको स्थित र शक्ती शन्तुलनलाई ससम्मान व्यवस्थापन गर्नुसक्यो भने पार्टी राम्ररी अघि बढ्छ । अन्यथा छिनछिनमा नयाँ समिकरण बन्ने, तिन तिन महिनामा को अल्पमतमा र को बहुमत हुने भनेर वर्षौ सम्म यही झगडा गरेर बसेर एक एक जना मान्छे जम्मा गर्दै बहुमत पु¥याउने खेलमा दौडिरहने हो भने कहिले हामीले पार्टीका काम गर्ने । कहिले सरकारका काम गर्ने । यो धन्दामा लाग्नै हुन्न । तसर्थ जरैबाट समस्या समाधान गर्नुपर्छ ।
० मन्त्रीमण्डल पुर्नगठनको पनि चर्चा छ, मन्त्री बन्ने लविङमा पनि हुनुहोला, हैन ?
चाकडी–चाप्लुसी गर्ने बानी बेहोरा मसंग छैन । नेपालको संविधान र कानुनले जनताले दिनसक्ने अन्तिम पोष्ट भनेको सांसद हो । त्यहाँ जनताले मलाई बारम्बार पु¥याएकै छन् । राम्रो मतले अनुमोदित गरेका छन् । त्यहाँ पुगेपछि हाम्रो दलिय पद्धतीाम मन्त्रीमा कसलाई लाने भन्ने कुरा पार्टी नेताहरुको कुरा हो । अहिलेसम्म पार्टीले विभिन्न साथीहरुलाई लगेको छ । म भन्दा जुनियरलााइ पनि लगेको छ । म भन्दा धेरै जुनियरलाई पनि लगेको छ । राम्रालाई पनि लगेको छ । नराम्रालाई पनि लगेको छ । ठिकलाई पनि लगेका छन् बेठिकलााई पनि लगेका छन् । भ्रष्टाचारी पनि पुगेका छन् । इमान्दार पनि पुगेका छन् । क्रमश हुनेक्रममा योग्यतम साथीहरु सबैको पालो सिद्धिएपछि पार्टीले मुल्याङ्कन गर्दै हाम्रो पनि पालो आउला ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply